ज्योतिलाईफका ग्राहकलाई समर अस्पताल जनकपुरमा विशेष छुट
काठमाडौँ । ज्योतिलाइफ इन्स्योरेन्स र जनकपुर स्थित समर अस्पतालबीचस्वास्थ्य सेवामा साझेदारी गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा ज्योतिलाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले अस्पतालबाट उपलब्ध हुने उच्चस्तरिय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् । सम्झौतापत्रमा ज्योतिलाईफइन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाशबिक्रम खत्री र समर अस्पतालका प्रबन्ध निर्देशक डा. सुजित यादवले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता ज्योतिलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रदेश नं २ का क्षेत्रीय प्रबन्धक दिपेन्द्र यादवले आदान प्रदान गरेका थिए ।
प्रिमियर इन्स्योरेन्सका सेयरधनीलाई ८४ प्रतिशत बोनस सेयर, मर्जरको लागि पनि बाटो खुला
काठमाडौँ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडका सेयरधनीहरुले ८४ प्रतिशत बोनस सेयर पाउने भएका छन् । असार ३१ गते बस्ने पच्चीसौँ वार्षिक साधारण सभाले हालको चुक्ता पूँजी ५८ करोड ४० लाख रुपैयाँको ८४ प्रतिशत अर्थात ४९ करोड ५ लाख ६० हजार रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ । साथै निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्तावपनि साधारण सभामा प्रस्तुत हुने जनाइएको छ । कम्पनी सञ्चालक समितिको असार १० गते बसेको बैठकले साधारण सभा असार ३१ गते काठमाडौँ नक्साल स्थित नक्साल ब्याङ्क्वेटमा बिहान १० बजे गर्ने निर्णय गरेको हो । वार्षिक साधारण सभा प्रयोजनको लागि असार २० गतेदेखि सभा हुने दिनसम्म कम्पनीको सेयर दाखिल खारेज बन्द(बुक क्लोज) हुने जनाएको छ । असार १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार गर्ने सेयरधनीहरु बोनश सेयर तथा साधारण सभा प्रयोजनको लागि योग्य रहने कम्पनीले जनाएको छ ।
ग्लोबल आइएमई र एनएलजी इन्स्योरेन्सबीच संस्थागत अभिकर्ता सम्बन्धी सम्झौता
काठमाडौँ । ग्लोबल आइएमई बैंक लि. र एनएलजी इन्स्योरेन्स कम्पनी लि.बीच संस्थागत अभिकर्ता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा मंगलबार ग्लोबल आईएमई बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र एनएलजी इन्स्योरेन्स कम्पनी लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक लि.का १३७वटै शाखाहरु मार्फत एनएलजी इन्स्योरेन्स कम्पनी लि.कोनिर्जीवनबीमा योजनाहरु खरिद गर्नुका साथै निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एवम् भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।