अजोड इन्स्योरेन्सको वार्षिक साधारण सभा असार ३० गते, आइपीओ निष्काशन गर्ने प्रस्ताव
काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा असार ३० गते बस्ने भएको छ । सञ्चालक समितिको असार ८ गते बसेको बैठकले साधारण सभाको मिति तय गरेको हो । वल्र्ड ट्रेड सेन्टर पृथ्वी हल चौथो तला, त्रिपुरश्वर काठमाडौँमा दिउँसो ४ बजे साधारण सभा हुने कम्पनीले जनाएको छ । साधारण सभामा सर्वसाधारणका लागि शेयर निष्काशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक समूहबाट सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पेश हुनेछ ।
कम्पनी रजिष्ट्रार र बीमा समितिको कारबाहीमा पर्दै २८ बीमा कम्पनी
काठमाडौं । २८ ओटा बीमा कम्पनीहरु कम्पनी रजिष्ट्रार कार्यालय र बीमा समितिको कारबाहीमा पर्ने भएका छन् । चालु आर्थिक वर्षभित्र अघिल्लो आर्थिक वर्षको साधारणसभा गर्न असफल भएपछि ती कम्पनीहरु दुई नियामकहरुको कारबाहीमा पर्ने निश्चित भएको हो । कारबाहीमा पर्ने कम्पनीहरुको यो सूचीमा केही कम्पनीहरु थपिन पनि सक्छन् । सञ्चालनमा रहेका १९ जीबनबीमा, २० निर्जीवन बीमा र एउटा पुनर्बीमा कम्पनीसमेत गरी ४० ओटा बीमा कम्पनीहरुमध्ये शुक्रबारसम्म बीमा समितिमा १२ ओटाले मात्रै आर्थिक वर्ष २०७र७६ को वित्तीय विवरण अन्तिम स्वीकृतिका लागि पेश गरेका छन् जसमध्ये ८ ओटाको विवरणलाई समितिले स्वीकृत गरेर पठाएका छन् भने बाँकी ४ ओटा कम्पनीहरुको वित्तीय विवरण अझै अध्ययनको क्रममा छन् । समितिले स्वीकृति दिएकामध्ये जीवन बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स, सुर्या लाइफ इन्स्योरेन्स, मेट लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स छन् । त्यस्तै, निर्जीवनतर्फ अजाेड इन्स्याेरेन्स, सानिमा जनरल इन्स्योरेन्स, आईएमई जनरल इन्स्याेरेन्स, सगरमाथा इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स रहेको बीमा समितिले जनाएकाे छ । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोेरेसन (एलआईसी) नेपाल, प्रभु इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको विवरणहरु अध्ययनकै क्रममा समेत रहेको बताइएको छ । त्यसबाहेक नेपाल इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले पनि वित्तीय विवरणलाई अन्तिम रुप दिइसकेका छन् । यसमध्ये नेपाल इन्स्योरेन्सले लाभांश समेत घोषणा गरेको छ भने शिखरले भने यो वर्ष कुनै पनि लाभांश नदिने स्पष्ठ पारेको छ, वित्तीय विवरण तयार गरे पनि उनीहरुले त्यसलाई समितिमा पेश गरेका भने छैनन्, सम्भवतः आजभोलि नै उनीहरु समितिमा जानेछन् । बाँकी १४ जीवनबीमा कम्पनी, ११ निर्जीवन बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनीले समेत हालसम्म त्यस्तो विवरणलाई अन्तिम रुप दिन सकेका छैनन् । यो वर्ष साधारणसभाको सम्भावना टर्दै कम्पनी ऐन २०६३ को प्रावधानअनुसार कुनैपनि पब्लिक कम्पनीले वार्षिक साधारणसभाको लागि कम्तीमा २१ दिन अघि र विशेष साधारणसभाको हकमा कम्तीमा १५ दिनअघि नै सूचना जारी गर्नुपर्ने प्रावधान राखेको छ । यो नियमानुसार असार ३१ गतेसम्म वार्षिक साधारणसभा गर्न ढिलोमा पनि १० गतेसम्म साधारणसभाको सूचना निकाल्नुपर्छ तर त्यसका लागि नियामकबाट वित्तीय विवरण स्वीकृत गराउनुपर्छ । बीमा समिति स्रोत भन्छ, ‘अहिलेसम्म समितिमा पेश नै नभएका कम्पनीहरुको वित्तीय विवरण सो समयभित्र गर्न सकिँदैन ।’ बीमा समितिले बीमा कम्पनीहरुले पेश गरेका वित्तीय विवरणहरुलाई अध्ययन गरेर अन्तिम रुप दिन एक हप्तादेखि १५ दिनसम्म लगाउने गरेको छ । ‘कम्पनीहरुको रिपोर्टलाई समितिले अन्तिम रुप दिएपछि त्यसको शुद्धता र औचित्यताको जिम्मेवारी बीमा समितिमा आउँछ, विवादहरु आएमा समिति नै जवाफदेही बन्नुपर्छ, त्यसैले हतारमा केही गर्न सकिँदैन, समितिले आवश्यक समय लिनसक्छ’ समितिका एक अधिकारीले भने ‘त्यसैले अब अहिलै रिपोर्ट ल्याए पनि १० गतेभित्र स्वीकृति दिनसक्ने सम्भावना छैन ।’ कारबाहीमा समिति ‘लचिलो’, ओसीआर प्रष्ट पहिलोपटक नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस ) प्रणालीलाई आत्मसात गरेका बीमा कम्पनीहरुको वित्तीय विवरण निर्माणमा ढिलाई हुनु स्वाभाविक रहेको भन्दै बीमा समिति बीमा कम्पनीहरुप्रति लचिलो हुने संकेत देखाएको छ । बीमा कम्पनीका समस्याहरुलाई नजिकबाट नियाल्दै सहजीकरण गर्दै आएको समितिले यो वर्ष साधारणसभा गर्न चुकेका कम्पनीहरुलाई कारबाही नगर्ने संकेत गरेको हो । ‘पुँजी पुर्याउने स्पष्ट कार्ययोजना भएका कम्पनीहरुले साधारणसभा ढिलो भयो र असार मसान्तसम्म चुक्ता पुँजी पुगेन भनेर कारबाही गर्ने भन्ने हुँदैन, नियामकको रुपमा बीमा कम्पनीहरुका समस्या समितिले बुझेको छ, त्यसैले उनीहरुलाई ‘नोमिनल’ मात्र कारबाही हुनसक्छ’ समितिका ती अधिकारीले भने । तर कम्पनी रजिष्ट्रार कार्यालय भने समयमा साधारणसभा नगर्ने वा गरेर पनि वित्तीय विवरण नबुझाउने कम्पनीहरुलाई हुने कारबाही र जरिवाना कानूनमै स्पष्ठ रहेकोले सोही अनुसार हुने बताउँछ । सम्बन्धित निकायबाट त्यस्तो जरिवाना छुट गर्ने निर्देशन नआएसम्म प्रचलित व्यवस्थाअनुसार अघि बढ्ने रजिष्ट्रार भुवनहरि अर्याल बताउँछन् । यो वर्षदेखि नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) प्रणालीलाई आत्मसात गरेको बीमा क्षेत्रले पुरानो रिपोर्टिङ प्रणालीलाई प्रतिस्थापन गर्ने क्रममा यो समस्या भोगेका हुन् । ‘त्यसमाथि यसैवर्ष पुँजी वृद्धि गर्ने अन्तिम समय रहेको हुनाले पनि कम्पनीहरुलाई दोहोरो दबाब रह्यो । अपुग पुँजीको व्यवस्थापन कसरी गर्ने भन्ने सन्दर्भमा लामो समय अन्योल हुँदा यसले केही ढिलाइ हुन गएको हो’ एक बीमकले भने ‘बीमा कम्पनीको जेन्युन समस्यालाई नियामकहरुले बुझ्नुपर्छ ।’
प्रतिस्पर्धाले बीमा कम्पनी र बैंकबीच सहकार्य बढायो : शिवनाथ पाण्डे
शिवनाथ पाण्डे, प्रमुख कार्यकारी अधिकृत, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ११ वर्ष पुरानो सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको पहिलो ९ वर्ष निकै असहज देखिन्थ्यो । प्रमुख कार्यकारी अधिकृत सहित उच्च व्यवस्थापन समूहमा अस्तिरता थियो । कम्पनीको व्यवसाय विस्तार सुस्त थियो । लेखापरिक्षण, साधारणसभा जस्ता कार्य नियमित हुन सकेका थिएनन् । कम्पनीले प्रमुख कार्यकारी अधिकृतको रुपमा शिवनाथ पाण्डेले पाएपछि सुधारका संकेतहरु देखिएका छन् । वित्तीय विवरण पछिल्लो समय बढ्दो क्रममा रहेको छ । कम्पनीको चुक्तापुँजी, जगेडा कोषदेखि जीवन बीमा कोषसम्मको सूचाङ्क बढ्दो र सुधारका क्रममा रहेको छ । २०७३ असार मसान्तमा चुक्तापूँजी ५०, जगेडा कोषमा २५ करोड ७२ लाख, जीवन बीमा कोषमा १ अर्ब ६४ करोडसहित २ अर्ब ४२ करोड रुपैयाँको वासलात रहेको यस कम्पनीको चुक्तापुँजी १ अर्ब १३ करोड रुपैयाँ भएको छ । जगेडा कोषमा ४५ करोड ७४ लाख रुपैँया रहेको छ । जीवन बीमा कोषमा ४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । लेखापरीक्षण, साधारणसभा नियमित भएका छन् । एनएफआरएस लागू भएपछि साधारणसभा गर्ने जीवन बीमा कम्पनीमो सूर्या लाइफ दोस्रो कम्पनी हो । प्रस्तुत छ यसै सन्दर्भमा कम्पनीको वर्तमान अवस्था र भावी योजनामा केन्द्रीत भई प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेसँग गरिएको विकास बहस । आर्थिक वर्ष सकिएको ११ महिनापछि साधारणसभा गर्दा पनि दोस्रो बन्दै हुनुहुन्छ । किन यस्तो भयो ? हाम्रो असार ११ गते वार्षिक साधारणसभा हुँदैछ । त्यसका लागि आवश्यक पर्ने वार्षिक प्रतिवेदन, वित्तीय प्रतिवेदन तयार भएका छन् । बीमा समितिले भनेजस्तै एनएफआरएस अनुसार प्रतिवेदनहरू बनाउँदा ठूलो भएको छ । हामीले पहिलेको व्यवस्था अनुसार र हालको व्यवस्थाअनुसार दुवैलाई मर्ज गरेका छौं । समस्टिगत रुपमा भन्दा बीमा समितिबाट स्वीकृति पाएर वार्षिक साधारणसभा गर्ने कम्पनीहरूमा हामी दोस्रोमा पर्छौ । एनएफआरएस अनुसार कम्पनीको वित्तीय प्रतिवेदन तयार गर्दा धेरै कुरा नयाँ भए । के गर्ने कसो गर्ने भन्ने कुराको बीमा क्षेत्रमा निर्देशित गाइडलाईन भएन । यस्तो अवस्थामा हामीले प्रोफेसनल मान्छे हायर गर्यौँ । यसबाट पनि एउटा ग्राउण्ड बन्न मद्दत पुगेको छ । अब यसमा बसेर हामीले हरेक बर्ष एकाउण्टिङ् र अडिट गर्दै जान्छौ । अबका वर्षमा धेरै सजिलो हुनेछ । सूर्या लाइफले बनाएको रिपोर्टमा बीमा समितिको कुनै कैफियत रह्यो ? लिखित रुपमा कैफिय त रहेको छैन । तैपनि सुधारका ठाउँहरु धेरै हुन्छन् र सुधार गर्दै जानुपर्छ पनि । मौखिक रुपमा केही सुधारको कुरा भएका छन् । तपाई चार्टर्ड एकाउन्टेन्ट पनि हुनुहुन्छ । एनएफआरएस अनुसार बनाएको व्यालेन्सिटमा केही परिवर्तन आउँन सक्छ ? हामीले अन्तर्राष्ट्रिय स्तरको फाइनान्स स्टयाण्डर्ड लागू गरेका छौँ । यो फम्र्याटमा चार्टर्ड एकाउन्ट संस्थाले नै केही परिमार्जन गर्न आवश्यक देख्यो वा बीमा समितिले केही परिमार्जन गर्यो भने केही परिवर्तनको गुन्जायस हुन्छ । तर, ठूलो परिवर्तन हुने छैन । पुस मसान्त वा ढिलोमा चैत मसान्तसम्मका कम्पनीले साधारणसभा गरिसक्नुपर्ने हो । तर बीमा कम्पनीहरुले असारमा आएर साधारणसभा गर्दैछन् । यसपालि एनआरएफलाई दोष दिए । अर्कोवर्ष साधारणसभा कहिलेसम्म होला ? पहिले बीमा विजनेशको नेचरलाई पनि बुझ्नुपर्छ । जीवन बीमा कम्पनीले ५ देखि २०/२५ वर्षसम्मको दायित्व बोकेका हुन्छ । बीमाको एक्चुरी नेपालमा छैनन् । हामीले डाटा बाहिर पठाउँदै आएका छौ । उहाँहरूले एक्चुरी भ्यालुयसन गरेपछि हामीलाई रिर्पोट दिनुहुन्छ । त्यही रिपोर्ट स्वीकृतिको लागि बीमा समितिमा बुझाउँछौं । त्यसलाई बीमा समितिले पनि क्रस भेरिफाई गर्छ । बीमा समितिले स्वीकृति गरेपछि मात्र वार्षिक साधारणसभामा लैजाने निर्णय हुन्छ । पुसमा साधारणसभा गर्न नसकेपछि प्रिरिर्टन फाइल पेस गर्नुपर्छ कम्पनी रजिष्ट्रार कार्यालयमा पेस गर्नुपर्छ । कानुनले तोकेको समयमा साधारणसभा नहुँदा जरिवाना तिर्नुपर्छ । त्यो फेरी कम्पनीको खर्चको रुपमा आउँछ । कम्पनीले समयमा काम नगरेर के गरेर बस्छ भन्नु हुन्छ, उफ्रिनु हुन्छ । व्यवस्थापकीय विषयमा हामीलाई जवाफ दिन सजिलो छैन । पुष मसान्तभित्र कुनै पनि कम्पनीले वार्षिक साधारणसभा गर्न सकेका छैनन् । यो वास्तविकतालाई हेरेर कानुनी रुपमा सुधार गर्नुपर्ने कार्य धेरै छन् । यस पटक सूर्या लाइफको साधारण सभाबाट सेयरधनीहरु कतिको खुशी हुनेछन् ? यसपालि करिब १३ प्रतिशत बोनस सेयर प्रस्ताव गरेका छौं । म सीईओ भएर आएपछि तीन आर्थिक वर्षको लेखापरिक्षण र साधारणसभा एकै पटक भएको हो । पहिलोपल्ट ५ प्रतिशत र दोस्रो वर्ष १० प्रतिशत लाभांश दिएका थियौं । यस वर्ष १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि आवश्यक नगद लाभांश दिदैछौं । यो प्रतिफल नराम्रो होइन । भरखरै बामे सर्दै गरेको कम्पनी हो । चुक्ता पुँजी २०० करोड भएपछि भने विजनेश वृद्धिसँगै लाभांश दर मेन्टेन गर्न पनि धेरै चुनौती छन् । चुक्ता पुँजी कसरी २०० करोड बनाउने योजना छ ? चैत्र मसान्तमा १ सय १३ करोड रुपैयाँ छ । बोनस सेयरपछि १२९ करोड जति हुन्छ । त्यसपछि हकप्रद सेयर निष्काशन गर्छौ । असारभित्रै हकप्रद सेयर निष्काशन आह्वान गर्छौ । भदौसम्ममा हकप्रद सेयरको पैसा पनि आईसक्छ । हकप्रद सेयरको पैसा आएपछि हाम्रो सेयर पुँजी २ अर्बभन्दा बढी हुन्छ । असारभित्रै हकप्रद सेयर निष्काशन सार्वजनिक आह्वान गर्न सम्भव छ ? सम्भव छ । ११ गते साधारणसभा गछौं । तत्काल कम्पनी रजिष्ट्रार कार्यालयमा माईनुट दिन्छौ । १५ गते आधारभूत सेयरधनीलाई पैसा हाल्नु अनुरोध गर्छौ । क्रेडिट रेटिङको काम सकिन लागेको छ । पुँजी वृद्धिको टाइमलाइनको चाप सेवनलाई पनि थाहा छ । हामी कुरा गर्छौ । असार ३१ सम्ममा हकप्रद सेयर घोषणा गर्न सकियो भने बीमा समितिले पनि त्यसलाई सहज रुपमा लिन्छ भन्ने हाम्रो विश्वास हो । पुँजी वृद्धिसँगै व्यापार वृद्धि कति गाह्रो देख्नुहुन्छ ? गत वर्ष १४/१५ करोड नाफा गरेर झण्डै १३ प्रतिशत लाभांश दिन सकियो । अर्को वर्ष यति नै लाभांश दिन २५ करोडभन्दा बढी नाफा गर्नुपर्छ । हामीले हाम्रो स्रोतहरु उच्च प्रतिफल दिने क्षेत्रमा लगानी गरेका छौं । साथै, हामीले विजनेशको योजना पनि समय अनुसार परिवर्तन गर्नु पर्ने हुन्छ । नयाँ प्रडक्ट डिजाईन, शाखा विस्तार, नेटवर्क विस्तारमा जोड दिन्छौं । अबको बिजनेश योजना के छन् ? हाम्रो कमजोरी पत्ता लगाउँदै सुधारको प्रयास भएका छन् । यो कम्पनीमा ७÷८ वर्षको अन्तरालमा ७/८ जना नै सीईओहरू फेरिनु भएको अवस्था रहेछ । व्यवस्थापन बलियो किन भएन भन्ने कुरामा समेत केही कारण त पक्कै हुनु पर्ने हो । सबै सिईओमा क्षमता नै नभएको भन्ने पनि त होइन होला । १/२ जनामा केही समस्या होला तर सबैको हकमा त त्यो पक्कै लागू नहोला । हामीले एक सालमा ३ वटा एजीएम गर्यौ । कर्मचारीमा रहेको असन्तुष्टि हटायौ । तलब, सुविधामा समेत वृद्धि गर्यौ । नयाँ कर्मचारी पनि ल्याएका छौं । हुन त केही साथीले छोडेर पनि जानुभयो । व्यक्ति भनेको त आउँने जाने चलिरहन्छ । तर, संस्था भनेको एकनास चलिरहनुपर्छ । त्यस्तै, प्रडक्ट पनि पुरानो हुँदा चल्दैन । हामीले त्यस्ता प्रडक्ट हेरफेरका विषयमा पनि ख्याल गर्दै आएका छौँ । एजेन्टलाई पनि तालिम दिएर अघि बढ्न सहयोग गर्दै आएको छौ । यस्ता कुरामा ध्यान दिएमा बिजनेश आफै आउँछ । अरुलाई हेरेर आत्तिन हुन्न । नयाँ कम्पनीहरु आएको सन्र्दभमा पनि हामी शान्त भएर, स्टेवल भएर बस्यौँ नि । बीमा कम्पनीहरुबीचको प्रतिस्पर्धामा सूर्या लाइफ कहाँ छ ? हाम्रो कम्पनी अहिले यति नम्बरमा छ म भन्दिन । अबको दिनमा यति नम्बरमा पुर्याउँछौं भनेर पनि भन्दिन । त्यसमा म विश्वास पनि गर्दिन । संस्थालाई राम्रो बनाउन सबै कर्मचारी, अभिकर्ताले इमान्दारपूर्वक काम गर्ने हो । हामीले दिने सेवा राम्रो हुनुपर्यो । राम्रा बीमा पोलिसी राम्रा हुनुपर्यो । कम्पनीले पालाना गर्नु पर्ने नियमहरु पालना भएको हुनुपर्यो । सेयरधनीलाई सकेसम्म राम्रो प्रतिफल दिन सकियोस् । धेरै ठूला कुरा गरेर केही पनि हुँदैन । निश्चित विजनेशको टार्गेट लिएर काम गर्छौ । समय सापेक्ष प्रडक्टको सुधार जरुरी हुन्छ । प्रडक्ट बेचेपछि पनि त्यसका बारेमा चलाख हुनुपर्छ । क्लेम, रिन्यू देखि ऋणसम्मको कुरालाई बुझ्न पर्छ । त्यस्तै, हामी पेपरलेस काम गर्ने, खर्च कटौति गर्ने कार्यमा हामीले जोड दिदैछौं । अनलाइनबाटै बीमा पोलिस किन्न सक्ने अवस्था बनाउन सकिन्छ । अहिले नै हामीले टर्म पोसिली अनलाइमा गएका छौं । शाखाहरूको विजनेश कस्तो छ ? सूर्या लाइफले हाल ८३ वटा शाखाबाट सेवा दिइरहेको छ । सबै शाखाको विजनेश एकनास हँदैन । पोखराको शाखा र मनाङको शाखाबाट उस्तै विजनेशन हुन सक्दैन । जीवन बीमा व्यवसाय शाखा विस्तार गरेर मात्र पनि बीमा लेख बिक्री हुँदैन । अभिकर्ता मार्फत काम गर्नुपर्छ । बैकास्योरेन्सको प्रभाव बजारमा कस्तो छ ? व्यक्ति भन्दा संस्थागत अभिकर्ता बढी प्रभावकारी भएको देखिन्छ । प्रतिस्पर्धाले पनि बीमा कम्पनीहरू र बैंकहरुबीच सहकार्य बढेको देखिन्छ । तर एउटा बैंकले सबै बीमा कम्पनीको बीमा पोसिली बेच्ने काम हुन थाल्यो भने त्यसले दुविधा सिर्जना गर्छ ।