१८ प्रकारका घातक रोग बिरुद्ध ‘सूर्या लाइफ केयर’ पुरक करार सार्वजनिक

काठमाडौँ । सूर्या लाइफइन्स्योरेन्स कम्पनीले क्यान्सर, हृदयघात, मृगौला फेल सहित १८ प्रकारका घातक रोगहरु विरुद्ध सुरक्षा प्रदान गर्न “सूर्या लाइफ केयर” पुरक करार सार्वजनिक गरेको छ । यो ऐच्छिक सुविधाबाट वीमितले क्यान्सर, हृदयघात, स्ट्रोक,कोर्नरी आर्टरी बाइपास सर्जरी,हर्ट–भल्भ सर्जरी, मृगौला फेल लगायत १८ घातक रोगहरु मध्ये कुनै एक रोगबाट पिडित भएको प्रमाणित भएमा पुरक करारको शर्तहरुको अधिनमा रही मूल बीमाङ्कको आधारमा एकमुष्ठ रु ५० लाख सम्म भुक्तानी गरिने बताइएको छ । भविष्यमा आइपर्ने सम्भावित घातक रोगहरुबाट हुने आर्थिक भारबाट सुरक्षित हुने उत्तम उपाय नै सूर्या लाइफ केयर एैच्छिक सुविधा रहेको छ । ग्राहकले बीमालेख खरिद गर्ने समयमावाबीमितले बीमा बार्षिकोत्सबमा मूल बीमाङ्क बराबरको यो सुविधा लिन सक्नेछ । विषेशताहरुः – न्युनतमबीमाशुल्कमा १८ घातक रोगहरुको रक्षावरण । – बीमित जीवित छँदै दाबी गर्न सकिने । – रक्षावरण गरिएको रोगहरु मध्ये कुनै एकको पहिचान भएमा, दाबी रकम पाउने । – रु. ५० लाख सम्मको एकमुष्ठ रकम भुक्तानी गरिने । – १६ वर्ष देखि ६० वर्ष सम्मको बीमितले लिन सकिने । – ३५ वर्ष सम्मको बीमाअवधिवा ६५ वर्षसम्म घातक रोगहरुको जोखिम वहन हुने ।

राष्ट्रिय बीमा कम्पनी र मुक्तिनाथबीच ब्यवसाय आदान प्रदान गर्ने सम्झौता

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच असार २२ गते एक आपसका ब्यवसाय आदान प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार कम्पनीले बैंक सम्बन्धी कार्य गर्नको लागि मुक्तिनाथ विकास बैंकलाई प्राथमिकता दिने तथा बैंकले आफ्नो सम्पत्ति तथा दायित्वको बीमा गर्दा राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई प्राथमिकता दिने बताइएको छ । सम्झौतामा बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्याल तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका छन् ।

प्रभु लाईफ इन्स्योरेन्सले गर्यो ५३ लाख ८० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

काठमाडौ । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७४/७५ र २०७५/७६ मा ५३ लाख ८० हजार रुपैयाँ बराबरको मृत्यु दाबी रकम भुक्तानी गरेको छ । इन्स्योरेन्स कम्पनीले उक्त गत आव र चालु आवमा ९ जना मृत बिमितको दाबी रकम भुक्तान गरेको हो । कम्पनीको हकवालाले पाउने भुक्तानी रकम भने ७१ लाख ५० हजार रुपैयाँ मध्ये ५३ लाख ८० हजार भुक्तान गरेको बीमा समितिको चैत्र मसान्तसम्मको तथ्याङ्कमा उल्लेख छ । मृत्यु भएका बिमितहरु काठमाडौ उपत्यका सहित पर्सा, अछाम, भक्तपूर, काठमाडौ, उदयपुर, प्यूठान, रुपन्देही र सुर्खेत जिल्लाका छन् । ती बिमितहरु मध्ये पुरुषको संख्या ४ जना र महिलाको संख्या ५ छ । मृत्युवरण गरेका बिमित मध्ये १ जना सुरक्षाकर्मी पेशामा अन्य सबैले व्यापार व्यवसाय संचालन गर्दै आएका थिए । यस्ता छन् प्रडक्टहरु : प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले विभिन्न प्रडक्टहरु मार्फत बिमितलाई सेवा प्रदान गर्दै आएको छ । कम्पनीले वैभव जीवन बीमा, शुभ गृह जीवन बीमा, अमूल्य जीवन बीमा, समृद्ध जीवन बीमा, श्रीवृद्धी जीवन बीमा, जीवन किरण, जीवन उन्नती र जीवन स्पर्श नामका बीमा प्रडक्ट बजारमा ल्याएको छ । सोही प्रडक्ट मार्फत मनि ब्याक प्लान, चाइल्ड इन्डोमेन्ट प्लान तथा टर्म प्लान लगायतका बीमा सेवा प्रदान गर्दै आएको छ ।