सन नेपालले गर्यो २६ लाख ३४ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी
काठमाडौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत बिमितको २६ लाख ३४ हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले ५ जना मृत बिमितको रकम भुक्तानी गरेको हो । मृत्युवरण गर्ने बिमितहरु मध्येमा महिलाको भन्दा पुरुषको संख्या धेरै देखीएको छ । १ जना महिला बिमितले मृत्युवरण गर्दा ४ जना पुरुष बिमितले मृत्युवरण गरेका छन् । मृत्युवरण गर्ने बिमितहरु कैलाली, रुकुम, रुपन्देही, महोत्तरी र कञ्चनपुरका रहेका छन् । मृत्युवरण गर्ने बिमितहरु व्यापार व्यसायदेखी शिक्षण पेशामा आवद्ध रहेको थिए । ३ जना बिमितले व्यापार व्यवसाय गर्दै आएका थिए भने १ जना शिक्षण पेशामा आवद्ध रहेका थिए । सन नेपाल लाईफका प्रमुख कार्यकारी अधिकृत (सिईओ) राजकुमार अर्यालले आफूहरुले ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राख्दै आएपनि देशैभर नै सेवा प्रदान गर्दै आएको बताए । सन नेपाल लाइफका प्रडक्टहरु कम्पनीले धनलक्ष्मी जीवन बीमा, सामूहिक म्यादी जीवन बीमा, बाल समृद्ध जीवन बीमा, धनाधन्य जीवन बीमा, नविकरण म्यादी जीवन बीमा, भाग्योदय जीवन बीमा, नबिन आजिवन जीवन बीमा, सनलाईफ इन्डोमेन्ट एन्स्योरेन्स प्लान, सार्थक आजीवन जीवन बीमा शीर्षकमा बीमा गराउँदै आएको छ । साथै, सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले दैनिक ५ रुपैयाँ बीमा शुल्क तिरेर बीमा गर्न मिल्ने पोलिसी बजारमा ल्याएको छ । सो बीमा मार्फत बिमितले १८ घातक रोगहरुमा ५ लाख रुपैयाँ उपचार खर्च पाउने छन् । त्यस्तै, ५ लाख बिमाङ्कको ५ वर्षे म्यादी जीवन बीमा दैनिक ५ रुपैयाँ बीमा शुल्कमै गर्न मिल्ने व्यवस्था कम्पनीले ल्याएको छ । बीमा अवधि भित्र करारमा उल्लेखित १८ किसिमका घातक रोग लागेकोे निरुपण भएमा बीमाङ्क रकम बराबर अधिकतम ५० लाख रुपैयाँसम्म बीमा गर्न सकिने जनाएको छ । दैनिक ५ रुपैयाँ भनिएको बीमा शुल्कमा बिमितको उमेर समूहले केही थपघट हुने कम्पनीले जनाएको छ । सन नेपाल लाइफका शाखा सञ्जालहरु सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २० वटा शाखाहरुबाट बीमा सेवा प्रदान गर्दै आएको छ । इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरे अनुसार देशको विभिन्न स्थानबाट बीमा सेवा प्रदान गर्दै आएको छ । लगनखेल, धनगढी, डडेलधुरा, सुर्खेत, नेपालगञ्ज, दाङ, बुटवल, पोखरा, सूर्यविनायक, नारायणगढ, बनेपा, काठमाडौ, वीरञ्ंज, लाहान, जनकपुर, धरान, बसन्तपुर, ईटहरी, दमक, बिर्तामोडबाट जीवन बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।
नेपाल इन्स्योरेन्स कम्पनीले साढे ७ प्रतिशत बोनस दिने, सेयर मूल्य निरन्तर घट्यो
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कर प्रयोजनको लागि ४० लाख २२ हजार नगद लाभांश दिने भएको छ । बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ५५ लाख रुपैयाँ हुनेछ । कम्पनीले बोनस सेयर घोषणा गरेको दिन सेयर मूल्य भने घटेको छ । गत विहीबार प्रतिकित्ता ३५५ रुपैयाँमा कारोबार बन्द भएको यस कम्पनीको सेयर आईतबार ३५३ रुपैयाँमा बन्द भएको छ । दुई वर्षअघि यो कम्पनीको सेयर प्रतिकित्ता १५०० भन्दा माथि गएको थियो । पछिल्लो समय समग्र बीमा बजारको सेयर मूल्य घट्दै गएको छ ।
ज्योति लाइफको ‘ज्योति केयर्स’ बजारमा, थपियो बिमितले पाउने सुविधा
काठमाडौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ‘ज्योति केयर्स’ नामक प्रडक्ट बजारमा ल्याएको छ । शुक्रबार कम्पनीका अध्यक्ष नन्दकिशोर शर्माले उक्त प्रडक्टको औपचारिक शुभारम्भ गरेका हुन् । ज्योति लाइफका बिमितहरुले अबदेखी घातक रोग लाग्दा अस्पतालबाट वित्तीय छुट प्राप्त गर्न सक्ने छन् । कार्यक्रममा बोल्दै कम्पनी सञ्चालक समिति अध्यक्ष शर्माले भने-‘जीवन बीमा सेवामूलक क्षेत्र भएकाले हामीले बिमितको हितमा काम गर्नु पर्छ भन्ने लक्ष्य राखेका छौँ, सोही उद्देश्यका साथ ‘ज्योति केयसर्’ कार्ड बजारमा आएको हो ।’ उनले आफूहरुले सहकार्य गर्दै आएका संस्थाहरुमा थप वृद्धी गर्ने र सो कार्यपनि बिमितिको हितमै केन्द्रीत हुनेमा जोड दिए । कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत प्रकाशबिक्रम खत्रीले भने-‘हामी सञ्चालनमा आएको २ वर्षपनि पुगेको छैन, तर हामीले बजार ल्याएका कतिपय प्रडक्टहरु पहिलो नै बनेका छन् ।’ उनले आगामी दिनमा समेत त्यस्ता नौला प्रडक्टहरु ल्याएर बिमित हितमा काम गर्ने बताए । के हो त ज्योति केयर्स ? ‘ज्योति केयर्स’ सुविधा ५ लाख रुपैयाँ वा सो भन्दा बढीको बीमाङ्क बराबर सावधिक जीवन बीमा गर्ने सबै बिमितलाई उपलब्ध हुन्छ । बिमितलाई ५ प्रतिशतदेखी ३० प्रतिशत सम्म नगद छुट हुने व्यवस्था छ । साथै, बिमितले ईमेलको माध्यमबाट ज्योति केयरको बारेमा सूचना आदान–प्रदान गर्न सक्ने कार्यक्रममा बताइयो । हाल ७ वटै प्रदेशका कार्यालयहरुमा ‘ज्योति केयर्स’ को कार्ड तथा चिठ्ठी पुगिसकेको कम्पनीले जनाएको छ । कम्पनीले कार्ड पाउने बिमित तथा सबै सरोकारबालाहरुले यो सेवा प्राप्त गर्ने जनाएको छ । कम्पनीले आफ्नो स्थापनाको २० महिनामा १ सय ५ भन्दा बढी शाखा सञ्जाल बिस्तार गरेको जनाएको छ ।