पुनर्बीमा कम्पनीले सीईओ माग्यो, १० अर्बको कम्पनी हाँक्ने व्यक्ति छान्ने यस्तो छ प्रक्रिया

काठमाडौं । प्रमुख कार्यकारी अधिकृत रिक्त भएको करिब ३ महिनापछि नेपाल पुनर्बीमा कम्पनीले नयाँ प्रमुख कार्यकारी अधिकृतको नियुक्ति प्रक्रिया सुरु गरेको छ । निवर्तमान प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीको कार्यकाल गत असार मसान्तमा सकिएसँगै पुनर्बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत पद रिक्त थियो । हाल दामोदर भण्डारीले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन् । कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै २१ दिनको समय दिएर सो समयभित्र प्रमुख कार्यकारी अधिकृतका लागि योग्य इच्छुक व्यक्तिहरुलाई आवश्यक कागजात र विवरणसहित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिन भनिएको छ । उक्त पदको लागि व्यवस्थापन, अर्थशास्त्र, लेखा, चार्टर्ड एकाउन्टेन्सी, गणित लगायतका विषयमा स्नातकोत्तर हासिल गरी बीमा क्षेत्रमा भए कम्तीमा १२ वर्ष र बैंकिङ क्षेत्रमा भए अधिकृत द्धितीय स्तरमा कम्तीमा १५ वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ । ६५ वर्ष पूरा नभएको व्यक्तिले आवेदन दिनसक्ने समेत जनाइएको छ । अन्य मापदण्डहरु भने बीमा समितिको बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिकाअनुसार हुने कम्पनीले जनाएको छ । इच्छुक उम्मेदवारले बायोडाटा, नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी र ५ हजार शब्दसम्मको व्यवसायिक योजना पेश गर्नुपर्ने भनिएको छ । उक्त व्यवसायिक योजनाको मूल्यांकनमा कम्तीमा ६० प्रतिशत अंक प्राप्त गर्नेहरुमध्ये ५ जनालाई सर्टलिष्टिङ गरी योजनाको प्रस्तुतीकरण गर्न लगाउने र सो प्रस्तुतीकरणका आधारमा अन्तवार्तको लागि छनौट गरिने प्रक्रियासमेत कम्पनीले तय गरेको छ । सो प्रक्रियाका आधारमा छानिने एक जनालाई कम्पनी सञ्चालक समिति बैठकले प्रमुख कार्यकारीको रुपमा नियुक्त गर्नेछ । ८ अर्ब ४० करोड रुपैंया चुक्तापुँजी भएको नेपाल पुनर्बीमा कम्पनी नेपालको पुनर्बीमा व्यवसाय गर्ने एकमात्र कम्पनी हो । कम्पनीले चुक्ता पुँजीको १६ प्रतिशत हुनेगरी सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रक्रिया समेत अघि बढाएको छ । हाल सो कम्पनीमा नेपाल सरकार र विभिन्न बीमा कम्पनीहरुको शेयर लगानी छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेललाई मातृ शोक

काठमाडौ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेललाई मातृ शोक परेको छ । उनकी माता राधादेवीको ८६ वर्षको निधन भएको हो । शनिवार काठमाडौंको मैह्पीमा कार्यकारी निर्देशक पौडेलकी माताको निधन भएको हो । स्वर्गीय माता राधादेवीका २ छोरा र ३ छोरी छन् । बीमा समितिका कार्यकारी निर्देशक पौडेल क्रिया कर्मको लागि चितवनको नारायणघाटमा बसेका छन् । पौडेलकी आमाले अन्तिम संस्कारका लागि चितवनको देवघाट पुर्याउने अनुरोध गरेकी थिइन् । आमाको अन्तिम इच्छा पूरा गर्दै पौडेलका परिवार देवघाट पुगेका हुन् ।

सिटी एक्सप्रेसले मानव सेवा आश्रमलाई १२ सय थान ज्याकेट सहयोग गर्ने, प्रधानमन्त्रीद्वारा सम्मानित

काठमाडौँ । सिटी एक्सप्रेस ग्रुपले मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । भक्तपुर स्थित मानव सेवा आश्रमको १६ औँ आश्रम उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनले सम्मान ग्रहण गरे । समाजको सकरात्मक रुपान्तरण एवम् मानवीय सेवाको कार्यमा मानव सेवा आश्रमले पुर्याउदै आइरहेको योगदानको कदर गर्दै आश्रमलाई सम्मान गरिएको हो । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७००० भन्दा बढी नेपालका एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेस ग्रुप अन्तर्गत मनि ट्रान्सफर, फाउन्डेशन, फाईनान्स, आईटी कम्पनी, टे«िडङ्ग, म्यानेजमेन्ट लगायतथुप्रै कम्पनीहरु आबद्ध छन् ।