गुराँस लाइफ इन्स्योरेन्सले असार १४ गतेदेखि हकप्रद निष्काशन गर्दै

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आगामी असार १४ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । परिस्थिति सहज भएसँगै कम्पनीले पुनः अर्को सुचना जारी उक्त दिनदेखि साउन ४ गतेसम्म १ बराबर १ को अनुपातमा हकप्रदको बिक्री खुल्ला गर्ने भएको हो । कम्पनीले २०७६ चैत २० गतेदेखि १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । तर काेभिड-१९ नियन्त्रणकाे लागि लकडाउन भएसँगै स्थिगित भएकाले कम्पनीले नयाँ सूचना मार्फत जानकारी गराएको छ । कम्पनीले फागुन २२ गतेभन्दा अघिल्लो दिनसम्म सेयरधनी दर्ता पुस्तिकामा कायम रहेका सेयरधनीहरुका लागि प्रति साधारण सेयर कम्पनीले १०० रुपैयाँ अंकित दरका ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेकाे हाे । उक्त सेयरकाे लागि  फागुन २२ गतेभन्दा अघिल्लो दिनसम्म सेयरधनी दर्ता पुस्तिकामा कायम रहेका सेयरधनीहरुले असार १४ गतेदेखि साउन ४ गते बैंकिङ्ग समयभित्र आवेदन दिन सक्ने छन् । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

बीमा कम्पनीले कोषको रकम वाणिज्य बैंकमा राख्न समितिकाे निर्देशन

काठमाडाैं । बीमा कम्पनीहरुले टेक्निकल रिभर्ज कोषको रकम अब सिधैं क बर्गका बाणिज्य बैंकमा राख्न बीमा समितिले निर्देशन दिएकाे छ । आइतबार एक सूचना जारी गर्दै कोरोना भाइरसको कारण पूर्व स्वीकृति दिन नसकिएकोले सिधैं वाणिज्य बैंकमा मुद्दति निक्षेपमा राख्न निर्देशन दिएकाे हाे । समितिले कोरोना भाइरसका कारण बीमकहरुबाट माग भएको लगानी स्वीकृत गर्न व्यवहारिक कठिनाई भएको हुँदा यस्ताे व्यवस्था गरिएकाे हाे । ‘बीमकको लगानी सम्बन्धी निर्देशिका २०७५ मा कूल टेक्निकल रिजर्भलाई आधार मानी सोको सीमाभित्र लगानी गर्नुपर्ने व्यवस्था भएको र निर्देशिकामा तोकिएको सीमाभन्दा बढि भएकोमा समितिको पूर्व स्वीकृति लिई मात्र लगानी गर्न सकिने व्यवस्था रहेकोले विश्वभरि फैलिएको कोरोना भाइरसका कारण बीमकहरुबाट माग भएको लगानी स्वीकृत गर्न व्यवहारिक कठिनाई भएको हुँदा बीमकहरुलाई नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क बर्गका बैंकहरुको मुद्दति निक्षेपमा बीमकको आफ्नै निर्णय अनुसार लगानी गर्न दिई सो रकमलाई सोल्भेन्सी प्रयोजनार्थ गणना योग्य सम्पत्तिमा समावेश हुने गरी गर्न निर्देशिन दिने निर्णय भएकोले सोही बमोजिम गर्नु गराउनु हुन जानकारी गराइन्छ,’ विज्ञप्तीमा भनिएकाे छ ।

१० अर्ब लगानीमा अर्को बीमा कम्पनी खुल्दै, अर्थमन्त्री पनि नयाँ कम्पनीको पक्षमा

काठमाडौं । १० अर्ब रुपैयाँ लगानीमा नयाँ बीमा कम्पनी खुल्ने भएको छ । नयाँ कम्पनीको नाम अन्नपूर्ण रिइन्स्योरेन्स लिमिटेड प्रस्ताव गरिएको छ । १० अर्ब रुपैयाँमा प्रवद्र्धकको लगानी ७ अर्ब ५० करोड र सर्बसाधारणको लगानी २ अर्ब ५० करोड राख्ने प्रस्ताव गरिएको छ । जहाँ प्रवद्र्धकको हिस्सा ७५ प्रतिशत र सर्बसाधारणको हिस्सा २५ प्रतिशत हुनेछ । नयाँ कम्पनीमा नेपाल सरकारले १ अर्ब, जीवन र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब, बीमा कम्पनीका प्रवद्र्धकहरुले १ अर्ब, बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब व्यवसायिक घरानाले २ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव गरिएको छ । नयाँ कम्पनी खोल्न डा. उपेन्द्र महत्तो, उनका भाई डा. बीरेन्द्र महत्तो, शंकर ग्रुपका कार्यकारी अध्यक्ष शाहिल अग्रवाल लगायत व्यक्तिहरु सक्रिय रहेका छन् भने कानुनी प्रक्रियाको काम शंकर ल र्फमले गरिरहेको छ । ‘अहिले पुँजी जुटाउन प्रतिवद्धता लिईरहेका छौं । प्रस्तावित लगानीकर्ता उत्साहित पाएका छौं । पहिला कम्पनी दर्ता गरेर लाइसेन्सको लागि बीमा समितिमा जान्छौं’ स्रोतले भन्यो । ‘नयाँ कम्पनी खुल्ने तयारी भएको हामीले अनौपचारिक रुपमा सुनेका छौं । औपचारिक रुपमा निवेदन आएको छैन’ बीमा समिति सम्बद्ध स्रोतले भन्यो । सरकारले भौगोलिक र क्षेत्रगत हिसावले बीमा सेवा विस्तार गर्न चाहेको, अर्थतन्त्रको विस्तार, व्यवसायिक गतिविधिको विस्तारसँगै बीमा सेवाको विस्तार हुँदै गएको, पुनर्बीमाको लागि ९५ प्रतिशत निर्भरता विदेशी कम्पनीमा रहेकोले नयाँ पुनर्बीमाको सम्भावना रहेको प्रस्तावित व्यवसायिक योजनामा उल्लेख गरिएको छ । प्रस्तावमा लगानीकर्तालाई राम्रो प्रतिफल दिन सकिने उल्लेख गरिएको छ । सरकार नयाँ कम्पनीको पक्षमा स्रोतमा अनुसार अर्थमन्त्रालय नयाँ पुर्नबीमा कम्पनी खोल्ने पक्षमा रहेको छ । गत जेठ १ गते बीमा समितिको ५२ औं वार्षिकउत्सवको भच्र्युअल कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्रीले पुनर्बीमा सेवा विस्तारको लागि नयाँ कम्पनी पनि खोल्न सकिने बताएका थिए । साेही दिन उनले नेपाल पुर्नबीमा कम्पनीले सेवा विस्तार गर्न नसके नयाँ कम्पनी खाेलेर जाने पनि बीमा समितिलाई निर्देशन दिएका थिए । भिडियो हेर्नुहोस् । Yubraj Khatiwada बीमा समितिको ५२औं वार्षिकोत्सवको अवसरमा यसो भनेका थिए अर्थमन्त्रीले Gepostet von Bikashnews.com am Freitag, 19. Juni 2020 यसअघि बीमा समितिले तयार गरेको पुर्नबीमा पोलिसीको प्रस्तावलाई पनि अर्थमन्त्रालयले संशोधन गर्न निर्देशन दिएको थियाे । ‘हामीले पुर्नबीमा पोलिसी बनाएर अर्थमन्त्रालयलाई पठाएका थियौं । त्यसमा नयाँ पुर्नबीमा कम्पनी आएको अवस्थामा उसका गतिविधिलाई पनि सम्बोधन गर्ने खालको बनाउनु भन्ने निर्देशन आयो । हामीले निर्देशन अनुसार परिमार्जन गरेर स्वीकृतिको लागि मन्त्रालयमा पठाएका छौं’ बीमा समिति सम्बद्ध स्रोतले भन्यो ।