ज्योति लाईफकाे बीमा योजना सम्बन्धी एनिमेसन भिडियो सार्वजनिक
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले ग्राहकहरुलाई आफ्ना बीमा योजना सम्बन्धी एनिमेसन भिडियो सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो बीमा योजनाको सरल र विस्तृत जानकारीको लागि उक्त भिडियो सार्वजनिक गरको हो । जुन नेपाली जीवन बीमा उद्योगमा नै नौलो प्रयोगको रुपमा पहिलो पटक हो । ज्योति सुरक्षित भविष्य जीवन बीमा योजना सम्बन्धी उक्त भिडियोमा यसका विशेषता तथा यसले गर्ने रक्षावरण सम्बन्धी सम्पूर्ण जानकारी समावेश गरिएको छ । नेपालमै सर्वाधिक ३५ वटा घातक रोग विरुद्ध ५० लाख रुपैयाँसम्मका आर्थिक सुरक्षा सहितको योजनाको साथ फरक पहिचान बनाएको यस कम्पनीले गरेको उक्त नयाँ प्रयोगले जनतालाई योजनाका महत्व सम्बन्धी सम्पूर्ण जानकरी प्रष्ट गराउने विश्वास लिएको छ । यस किसिमको भिडियोहरुबाट जनताले योजना खरिद गर्नु अघि नै सम्पूर्ण जानकारी प्राप्त गर्ने हुँदा, उपयुक्त योजना खरिद गर्न मद्दत पुग्ने कुरामा कम्पनी विश्वस्त रहेको छ । यसको प्रयोगले आफ्नो कम्पनी र यससँग आवद्ध बजार प्रतिनिधीहरुलाई योजना सम्बन्धी जानकारी दिन सरल र छरितो हुने कुरामा कम्पनीका कार्यकारी प्रमूख प्रकाश विक्रम खत्री विश्वस्त रहेका छन् । साथै, चाँडै नै अरु योजनाहरुको भिडियो सार्वजनिक गर्ने उनले जानकारी गराए । ज्योति सुरक्षित भविष्य जीवन बीमा ज्योति सुरक्षित भविष्य जीवन बीमा Gepostet von Jyoti Life Insurance Company Ltd. am Mittwoch, 17. Juni 2020
नेको इन्स्योरेन्सले नेपाल एसबीआई बैंकका खातावालाहरुको दुर्घटना र स्वास्थ्य बीमा गर्ने
काठमाडौं। नेको इन्स्योरेन्सले नेपाल एसबीआई बैंककाे खातावालाहरुको दुर्घटना बीमा र स्वास्थ्य बीमा गर्ने भएको छ । नेपाली बीमा बजारमा विगत २५ बर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको नेको इन्स्योरेन्सले सेवा विस्तार गर्ने क्रममा नेपाल एसबीआई बैंकसँग खातावालाहरुको दुर्घटना बीमा र स्वास्थ्य बीमा गर्ने संझौता सम्पन्न गरेको हो । संझौतामा नेको इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का तथा नेपाल एसबीआई बैंकको तर्फ बाट बैंकका मुख्य ब्यापार प्रवर्धन अधिकृत छपिराज पन्तले हस्ताक्षर गरेका छन् ।
मोटर बीमाको बीमकलाई लिखित जानकारी दिन समितिको निर्देशन
काठमाडाैं । बीमा समितिले मोटर बीमाको हकमा यसअघि लागू भएको बन्दाबन्दीको अवधिलाई दृष्टिगत गरी बीमकलाई लिखित रुपमा पूर्वसूचना दिन आग्रह गरेको छ । समितिले निर्जीवन बीमा कम्पनीलाई आज मोटर बीमाको दर निर्देशिकाका बारेमा जानकारी दिँदै गत चैत ११ गतेदेखि लागू भएको लकडाउनको घोषणा गरिएको अवस्थालाई दृष्टिगत गरी गत जेठ ६ गते जारी भएको परिपत्रबमोजिम थन्किएको अवधिका बारेमा बीमकलाई पूर्वसूचना दिन भनेको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार सोमबारदेखि लकडाउनको ढाँचा परिवर्तन हुने निर्णय भएकाले ‘मोटर बीमा दरसम्बन्धी निर्देशिका, २०७३’ बमोजिम बीमकलाई पूर्वसूचना दिनुपर्ने व्यवस्था गरिएको हो । समितिले बीमकलार्ई लिखित रुपमा पूर्वसूचना दिई सोहीअनुसार गर्न÷गराउनु हुन निर्देशन दिएको छ ।