महालक्ष्मी लाईफ इन्स्योरेन्सले कर्मचारीलाई दियो सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम दिएको छ । शनिबार आयोजित उक्त तालिम धनगढीमा सम्पन्न भएको हो । प्रदेश कार्यालय अन्तर्गत ७ वटा शाखा र उपशाखामा कार्यरत २० जना भन्दा बढी कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम प्रदान गरिएको थियो । गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले सेतो धन कसरी बनाइन्छ, शुद्धीकरण गर्ने क्षेत्रहरू कुन(कुन हुन, नियन्त्रणका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने, दण्ड जरीवाना कति छ आदि विषयमा विस्तृत जानकारी दिएको हो । कम्पनीका सहायक महाप्रबन्धक तथा मानव संसाधन विभाग प्रमुख सपना खरेलले प्रदान गरेको तालिममा नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थी, एजेन्सी विभाग प्रमुख सिताराम धिमाल र क्षेत्रिय प्रमुख हर्क बहादुर बोहराको पनि उपस्थिति थियो ।
घातक रोग लागेमा कसरी उपचार गर्ने भन्ने चिन्ता छ ? यस्ता छन् विकल्प
काठमाडौं । बीमा कम्पनीहरुले बिमितको स्वास्थलाई लक्षित गरेर विभिन्न किसिमका बीमा योजनाहरु संचालन गरिरहेका छन् । यसमध्ये केही योजनाहरुबाट बिमितले अस्वस्थ भएको बेलामा उपचार खर्च पाउँन सक्छन् । जति ठूलो रोग लाग्यो, खर्च पनि उतिनै धेरै हुने गर्छ । रोग लाग्नुपूर्व बीमा गराएमा रोग लागेको अवस्थामा बिमितको आर्थिक तनाव कम गर्न बीमाले मद्दत गर्छ । हाल जीवन बीमा कम्पनीहरुले घातक रोग (क्रिटीकल इलनेस पोलिसी) शीर्षकमा बीमा पोलिसी बिक्री गर्दै आएका छन् । घातक रोग बीमा पोलिसीलाई राइडर अन्तरगतको बीमा पनि भनिन्छ । ‘राइडर भन्नाले जीवन बीमा गर्दा अन्य सेवा सुविधाहरु समेत थपिनु भन्ने बुझिन्छ, पछिल्लो समय बिमितहरु माझ बीमाको आवश्यकता थपिदै गएकाले यस्ता योजना बढ्दै गएको हो,’ सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका जेनेरल म्यानेजर शिवराम तिमल्सिनाले बिकास न्युजसँग भने । यी हुन् घातक रोग क्यान्सर, किड्नी फेलर, बोन म्यारो ट्रान्सप्लान्ट, हर्ट अट्याक, कोरोनरी आर्टरी बाइपास ग्राफ्ट, पर्मानेन्ट प्यारालाईसीस अफ लिम्ब्स, ब्रेन ट्युमर, पर्मानेन्ट न्यूरोलोजिकल स्ट्रोक, हाइपर टेन्सन, ग्राफ्ट सर्जरी, कोमा, मल्टीपल स्लेरोसीस, सिक्कल सेल एनिमीया । सिटीजन लाइफ सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘क्रिटीकल इलनेस राइडर’ शीर्षकको बीमा योजना संचालन गरिरहेको छ । समयको परिवर्तसँगै मानिसको जीवनशैली समेत परिवर्तन हँुदै जान्छ । सोही परिवर्तनको क्रममा मानिसले नसोचेका रोगहरु लाग्ने गर्छ । त्यस्ता रोगहरु लागेको अवस्थामा बिमितलाई आर्थिक सुरक्षण दिनु कम्पनीको मुख्य उद्देश्य हो । कम्पनीमा घातक रोगको बीमांक रकम ५० हजार रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म छ । उक्त बीमा योजनामा १८ वर्षदेखि ५५ वर्ष उमेर समूहका व्यक्तिले बीमा गर्न सक्छन् । घातक रोगको बीमा गर्दा सिटिजन लाइफमा ५ वर्षदेखि २५ वर्षको अवधि तोकिएको छ । आईएमई लाइफ आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले २१ घातक रोगको बीमा योजना संचालन गर्दैआएको छ । कम्पनीमा बिमांक रकम ५० लाख रुपैयाँसम्म छ । ज्योति लाईफ ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले ‘क्रिटीकल इलनेस’ शीर्षकको बीमा पोलिसी संचालन गर्दैआएको छ । कम्पनीले एउटा प्याकेजमा ३५ वटा तथा अर्को प्याकेजमा १८ वटा घातक रोगको बीमा योजना संचालन गरिरहेको छ । ज्योति लाइफमा घातक रोग बीमा योजनाको बिमांक रकम ५० लाख रुपैयाँसम्मको छ । बीमा अवधि ५ वर्षदेखि २० बर्षसम्मको छ । १८ वर्षदेखि ५५ वर्ष उमेर समूहले यो बीमा योजनामा सहभागी हुन् सक्छन् । प्रभु लाईफ प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले १६ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिहरुका लागि घातक रोगको बीमा योजना संचालन गरिहेको छ । कम्पनीमा बीमा गर्ने बिमितले तोकिएका ११ किसिमका रोग लागेमा आर्थिक सुरक्षा प्राप्त गर्न सक्छन् । प्राइम लाईफ प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ‘सप्लीमेन्ट्री राइडर’ शीर्षकको बीमा योजना संचालनमा छ । उक्त बीमा योजनाको बिमांक रकम २५ लाख रुपैयाँसम्म छ । रिलायवल लाईफ रिलायवल लाइफले ‘क्रिटीकल इलनेस बेनिफीट’ शीर्षकको बीमा योजना संचालन गरिरहेको छ । यो योजनाको बिमांक रकम ५० हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म छ । उक्त योजनामा १८ वर्षदेखि ६५ वर्ष उमेर समूहका व्यक्तिले बीमा गर्न पाउँछन् । सो बीमा योजना भने ५ देखि २० वर्षसम्मलाई तोकिएको छ । कम्पनीले तोकिएका १५ किसिमका घातक रोगको बीमा गर्छ । रिलायन्स लाईफ रिलायन्स लाईफ इन्स्योरेन्सले ‘रिलायन्स टर्म प्लान’ शीर्षकको बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले सो योजना अनुसार १८ घातक रोगको बीमा गराउँदै आएको छ । यो योजनाको बिमांक रकम ५० लाख रुपैयाँसम्म छ । सानिमा लाईफ सानिमा लाईफले ‘सानिमा क्रिटीकल इलनेस’ शीर्षकको बीमा योजना संचालन गरिरहेको छ । यो योजनाको बिमांक रकम ५० लाख रुपैयाँसम्म छ । उक्त बीमा योजनामा कम्पनीले तोकिएका ११ घातक रोगको बीमा गर्ने जनाएको छ । सन नेपाल लाईफ सन नेपाल लाईफ इन्स्योरेन्सले दैनिक ५ रुपैयाँभन्दा कममा घातक रोगको बीमा गर्न सकिने योजना संचालन गरिरहेको छ । उक्त बीमाको अवधि ५ वर्ष छ । कम्पनीले तोकिएका १८ रोगमा बीमा गराउँछ भने यो योजनाको बिमांक रकम ५० हजार रुपैयाँसम्म छ ।
वित्तीय सुधारमा लम्कीँदै बीमा समिति, जोखिममा आधारीत पुँजी सम्बन्धि निर्देशिका जारी
काठमाडौं । बीमा समितिले जोखिममा आधारीत पूँजी सम्बन्धि निर्देशिका जारी गरेको छ । समितिले बीमा कम्पनीहरुमा स्वस्थ प्रतिस्पर्धाको विकास गर्ने उदेश्यका साथ उक्त निर्देशिका जारी गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा बजारमा रहेका केही सामान्य समस्याहरु हामीले समाधान गर्न खोजेको बताए । हाम्रो उदेश्य बीमा कम्पनीहरुलाई कारबाही मात्र गर्ने भन्दापनि बीमा बजार तथा कम्पनीको अवस्था सुधारमा लाग्ने उनको भनाइ छ । निर्देशिका अनुसार बीमा कम्पनीहरुले आफ्नो जोखिमको मापन गर्नुपर्नेछ । यसरी कम्पनीहरुले जोखिमको मापन गर्नुको कारण आफ्नो तथा बिमितको उदेश्यमा पुग्न सहज होस भन्ने हो । बीमा कम्पनीमा अनुशासन तथा सुशासन ढंगबाट चलाउनु पर्ने, बीमा कम्पनीहरुले जोखिमको पहिचान गर्नुपर्ने सोही अनुसार पोलिसीको अवस्था निश्चित गर्नुपर्ने तथा बोर्ड तथा उच्च तहबाट जोखिम व्यवस्थापनमा कदम चाल्नुपर्नेछ । यस कारण आवश्यक छ जोखिम नियन्त्रण बीमा कम्पनीहरुरको मुख्य काम नै जोखिम बहन गर्ने भएकाले कम्पनीले जोखिम नियन्त्रणमा ध्यान दिनु पर्ने निर्देशिकामा उल्लेख छ । बीमा कम्पनीहरुले धारण गर्ने जोखिम क्षमताको प्रभाव सम्पूर्ण आर्थिक क्षेत्रमा पर्छ । जोखिम बहन गर्ने सकारात्मक संस्कारबाट नै जोखिम व्यवस्थापनमा मद्धत पुग्ने निर्देशिकामा उल्लेख छ । जोखिमको पर्याप्त नियन्त्रण गर्नु पर्ने, बीमा व्यवसायको विवेकपूर्ण आचरण हुनुपर्ने, वित्तीय जानकारीहरुको सन्दर्भमा रिर्पोट विश्वसनीयता खुलाउनु पर्ने लगायत विषय निर्देशिकामा समेटिएका छन् समितिले रिक्स म्यानेजमेन्ट फ्रेमवर्क समेत तयार गरेको छ । सो फ्रेम वर्कमा आइडेन्टीफाइ रिक्स, एनालाइसीस रिक्स, इभ्यालुयट रिक्स तथा ट्रिट रिक्स शिर्षक रहेका छन् । सो फ्रेम वर्क अनुसार बीमा कम्पनीहरुले आफ्नो जोखिम पहिचान गर्ने, त्यसकोलागि आवश्यक अनुमान गर्ने तथा जोखिमको समाधान तर्फ काम गर्छन् । जोखिम मापनलाई शुन्यदेखि ४ भागमा विभाजन गरिएको छ । अति न्यून जोखिम, न्यून जोखिम, मध्यम जोखिम, उच्च जोखिम तथा अत्याधिक जोखिम शिर्षकमा मापन गर्न मिल्ने जनाइएको छ । यस्तै, निर्देशिकामा डाटा इन्टीग्रीटी एवम् साइबर रिक्स, स्टार्टटेजिक रिक्स, लिगल रिक्सहरु समेटीएका छन् । बीमा समितिले आगामीमा दिनमा बीमाको पहुँच वृद्धिमा मात्रै नभई आफूहरु बीमाको गुणस्तरमा समेत केन्द्रित रहने बताएको छ । यस्तो छ पूर्णपाठ: [pdf id=198072]