ज्योति लाईफ इन्स्याेरेन्सले युआरएसबाट पायाे आईएसओ गुणस्तर चिन्ह

काठमाडौं । ज्याेती लाईफ इन्स्याेरेन्स कम्पनीले यूनाईटेड रजिष्टार अफ सिष्टमस् (यूआरएस) बाट आइएसओ ९००१:२०१५  गुणस्तार चिन्ह  पाएकाे छ । यूआरएसले कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएका निरिक्षण सम्पन्न गरी इन्स्याेरेन्सलाई आईएसओ ९००१:२०१५ मान्यता प्रदान गरेको हाे । उक्त मापन कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र कम्पनीले ग्राहकहरुमा पुर्याउँदै आएको सेवा सुविधाको गुणस्तरको आधारमा गरिएको थियो । ज्योति लाईफले ई.सं. २०२० अगष्ट ५ मा आधिकारीक गुणस्तार चिन्ह प्रमाण पत्र प्राप्त गरेको थियो । ज्योति लाईफले आफ्नो स्थापना कालदेखि नै प्रविधि मैत्री सेवा प्रवाह गर्दै आएको र यस गुणस्तर प्रमाण चिन्ह प्राप्त गरे पश्चात आफ्नो कार्यविधि र प्रविधि संरचना थप सुध्रिद गर्दै ग्राहक सेवा सुविधा थप सवल पार्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए ।

नेशनल लाइफ इन्स्योरेन्सले साढे १७ प्रतिशत लाभांश दिने, चुक्ता पुँजी ३ अर्ब १५ कराेड नाघ्ने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १७.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । साउन ३० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले नगद र बोनस सेयर गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैठकले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत (४६ करोड २३ लाख ९३ हजार रुपैयाँ) नगद लाभांश र २.५ प्रतिशत (७ करोड ७० लाख रुपैयाँ) बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।  २.५ प्रतिशत बाेनस पश्चात कम्पनीकाे चुक्ता पुँजी ३ अर्ब १५ कराेड रूपैयाँ पुग्ने छ । सञ्चालक समितिको उक्त निर्णयलाई बीमा समितिले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेसँगै सेयरधनीले आर्थिक वर्ष २०७५/७६ को लागि सो मात्राको लाभांश पाउने छन् । प्रस्तावित बोनस सेयरमा लाग्ने कर रकमका लाग ०.१३ प्रतिशतका दरले ४० लाख ५६ हजार ८८ रुपैयाँ नगद लाभांशबाट समायोजन गर्ने इन्स्योरेन्सले जनाएको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा ८१७ प्रतिशतले बढ्यो, बीमा शुल्क ८६ करोड रुपैयाँ बढी

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद नाफा ८१७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७५/७६ मा ८७ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले २०७६/७७मा ८ करोड रुपैयाँ आर्जन गर्न सफल भएको हो । कम्पनीको खुद नाफासँगै बीमा शुल्कमा पनि वृद्धि भएको छ । गत वर्षको असार मसान्तसम्ममा कम्पनीले ८६ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छ । अघिल्लो आवको सोही अवधिमा इन्स्योरेन्सले २५ करोड १३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । इन्स्योरेन्सले सार्वजनिक गरेको गत आवको असारमसान्तको वित्तीय विवरणअनुसार कम्पनीको व्यवस्थापन खर्च ८ करोड ७७ लाख रुपैयाँबाट बढेर २७ करोड २५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कूल लगानी ४० प्रतिशतले बढेर २ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ भएको यस कम्पनीको जीवन बीमा कोषमा ८१ करोड ६ लाख रुपैयाँ बढी छ । जुन अघिल्लो वर्षमा २५ करोड १९ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, जगेडा कोषमा ६८५ प्रतिशतले बढेर ८ करोड २५ लाख रुपैयाँ सञ्चित रहेको छ । समीक्षा अवधिमा कम्पनीले १२ हजार ४ सय ३६ वटा बीमालेख कायम गरेको छ भने ५ जनाको मृत्यु दावी भुक्तानी गरेको छ ।