रिलायन्स लाइफ इन्स्योरेन्सको नयाँ बीमा योजनाः बीमालेख अवधिभर सुरक्षा, २२५ प्रतिशतसम्म बोनस भुक्तानी
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ‘लिमिटेड इन्डोमेन्ट’ बीमा योजना सार्वजनिक गरेको छ । सो बीमा योजना अन्तर्गत बिमितले सिमित वर्षको लागि बीमा शुल्क भुक्तानी गरी बीमालेख अवधिभर सुरक्षा पाउन सक्नेछन् । यस योजनाको अर्को विशेषता भनेको यदी बीमा अवधिमा बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमा जारी र बीमा दावीको समयावधि हेरी बीमाङ्क रकमको अधिकतम २२५ प्रतिशतसम्म र आर्जित बोनस भुक्तानी गर्ने हो । यो योजनामा बीमा अवधि समाप्ति पश्चात् बीमाङ्क रकम र आर्जित बोनस(सिम्पल रिभाइजिओनरी प्लस टर्मिनल, यदि) भुक्तानी गरिनेछ । यो योजना १६ देखि ६५ वर्ष उमेरकाले लिन सक्नेछन् । यो योजना अन्तर्गत न्यूनतम बीमाङ्क रकम ५० हजार रुपैयाँ कायम गरिएको छ भने अधिकतम बीमाङ्क रकम कम्पनीको नियम बमोजिम हुनेछ । यस योजनामा बीमा अवधि न्युनतम १० वर्ष र अधिकतम २५ वर्ष रहेको छ । यो योजनाको बीमा शुल्क भुक्तानी अवधि ८, १२, १६ र २० वर्ष रहेको छ । यो योजनासंगै बिमितले थप न्यूनतम शुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहा जस्ता अतिरिक्त सुविधाहरु पनि लिन सक्नेछन् ।
अधिकतम मूल्यमा भयो सानिमा जनरल इन्स्योरेन्सको पहिलो कारोबार, खरिद बिक्रीको अर्डर शून्य
काठमाडौं । दोश्रो बजारमा सानिमा जनरल इन्स्योरेन्स कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३११ रुपैयाँमा भएको छ । जुन नेप्सेले तोकेको मूल्यको अधिकतम मूल्य हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता न्युनतम १०३.७३ रुपैयाँदेखि अधिकतम ३११.१९ रुपैयाँ तोकेको थियो । बुधबार नेप्सेको स्पेसल प्रिओपन सेसन (बिहान १०ः३० देखि १०ः४५) मा कम्पनीको पहिलो कारोबार भएको हो । साे अवधिमा कम्पनीकाे २० कित्ता सेयर प्रतिकित्ता ३११ रूपैयाँकाे दरमा काराेबार भएकाे छ । त्यसपछिकाे बजारमा कम्पनीकाे सेयर मूल्य १२ रूपैयाँले बढेर बढेर प्रतिकित्ता ३२३ रूपैयाँ पुगेकाे छ । जुन प्रतिशतकाे आधारमा ३.८६ प्रतिशतले बढी हाे । याे समाचार तयार पार्दासम्म कम्पनीकाे सेयर किनबेचकाे लागि कसैले पनि अर्डर गरेका छैनन् । कम्पनीको सेयर गत मंगलबार(कार्तिक १८ गते) नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीको अंकित मूल्य एक सय रुपैयाँ कायम भएको एक करोड कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो ।
ज्योति लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क शतप्रतिशत र नाफा ९१ प्रतिशतले बढ्यो
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खुद बीमाशुल्क करिब शतप्रतिशत अर्थात ९८.७९ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्ष २०७६/७७ को असोज मसान्तसम्म २६ करोड ४२ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको कम्पनीले चालु आवको सोहि अवधिसम्म ५२ करोड ५३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन रकमका आधारमा २६ करोड १० लाख रुपैयाँले बढी हो । त्यस्तै, कम्पनीको खुद बीमाशुल्कसंगै खुद नाफामा वृद्धि भएको छ । यस अवधिमा कम्पनीले खुद नाफा ९१.८७ प्रतिशतले बढाएर ७ करोड २२ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ३ करोड ७६ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सले कूल ७८ लाख ४६ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । कम्पनीले लगानी कर्जा तथा अन्यबाट ३ करोड ८३ लाख रुपैयाँ र बीमालेख धितोमा ३७ करोड १० लाख रुपैयाँ लगानी गरी सो मात्राको ब्याज आम्दानी गरेको हो । एक अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ४६ करोड ५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, जीवन बीमा कोषमा २ अर्ब २५ करोड रुपैयाँ र महाविपत्ती कोषमा ५ करोड ११ लाख रुपैयाँ सञ्चित रहेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी १८.७६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३३.२३ रुपैयाँ रहेको छ । इन्स्योरेन्सले हालसम्ममा ६६ हजार ११३ वटा बीमालेख जारी गरी ३ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत असोज मसान्तसम्ममा ४५ वटा दाबी बापत एक करोड ४ लाख ९२ हजार रुपैयाँ भुक्तानी गरेको छ ।