एशियन लाईफ इन्स्योरेन्सद्वारा ५९ लाखकाे मृत्यु दाबी भुक्तानी

काठमाडाैं । एशियन लाईफ इन्स्योरेन्सले ५९ लाखकाे मृत्यु दाबी भुक्तानी गरेकाे छ । कम्पनीले मंसिर १८ गते निधन भएका राजु कुमार अधिकारीकाे  मृत्यु दाबी भुक्तानी गरेकाे हाे । कम्पनीकाे बनेपा शाखाले एशियन लाईफ इन्स्योरेन्सको तर्फबाट अधिकारीको परिवारलाई मृत्यु दाबी बिहिबार ५९ लाख २० हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीको सहायक महाप्रबन्धक लोकराज जोशीले कम्पनीको तर्फबाट बीमितको श्रीमती इन्दिरा पुडासैनीलाई बनेपा शाखा कार्यालयमा दाबी रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । कम्पनीकाे अनुसार अधिकारीले २०७५।०६।२१ गते ५० लाखको अग्रिम भुक्तानी सावधिक जीवन बीमा गराएका थिए । निधन भएको बीमितले बीमा शुल्क बापत ३ वर्षको अवधिमा कम्पनीलाई १३ लाख ४२ हजार रुपैयाँ भुक्तानी गरेका थिए ।

ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भोलि, कहाँ र कति बजे ?

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ भोलि (चैत १३ गते) शुक्रबार बाँडफाँड हुँदै छ । उक्त आईपीओको बाँडफाँड भोलि (चैत १३ गते) दिउँसो साढे १२ बजे काठमाडौं ज्ञानेश्वरको शान्ता प्लाजस्थित ज्योति लाइफ इन्स्योरेन्सको कार्यालयमा हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटलले बताएकाे छ । कम्पनीले फागुन २१ गतेदेखि फागुन २६ गतेसम्म कूल ६६ करोड रुपैयाँ बराबरको अर्थात अंकित मूल्य एक सय रुपैयाँको ६६ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । र, बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेकाे थियाे । जसमा अन्तिम दिन अर्थात फागुन २६ गते साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा १८ लाख ४ हजार ३४८ जना आवेदकले ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताको लागि आवेदन दिएका थिए । जुन कम्पनीले सर्वसाधारणमा माग गरेकोभन्दा ६.४० गुणा बढी आवेदन हो । हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ छ । ६६ करोड रुपैयाँ बराबरको आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । सम्बन्धित समाचार ज्योति लाईफ इन्स्योरेन्सको आईपीओमा ऐतिहासिक रेकर्ड, १८ लाख बढीले भरे सेयर

नेपाल लाइफको सीईओमा नियुक्त भएका सन्तोष प्रसाईले पाए समितिको स्वीकृति

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका सन्तोष प्रसाईले बीमा समितिको स्वीकृति पाएका छन् । समितिले उनलाई चैत ११ गते बुधबार नेपाल लाइफ इन्स्योरेन्सको सीईओ पदको लागि स्वीकृति दिएको हो । गत माघ २७ गते मंगलबार बसेको कम्पनीको सञ्चालक समितिले इन्स्योरेन्सको कार्यवाहक सीईओ प्रसाईलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । जसको स्वीकृतिको लागि बीमा समितिमा पठाइएको थियो । करिब डेढ महिनापछि बीमा समितिले कम्पनीको सञ्चालक समितिको उक्त निर्णयलाई स्वीकृत गरेको हो । सीईओमा उनको नियुक्तीसँगै कम्पनीले नयाँ उचाई लिने सञ्चालक समितिको विश्वास रहेको छ । विगत साढे ३ वर्षदेखि नेपाल लाइफसँग आवद्ध रहेका प्रसाईले साउन १ गतेदेखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । यसअघि पनि बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा ७ वर्ष लामो अनुभव सम्हालेका थिए । सम्बन्धित समाचार नेपाल लाइफको सीईओमा सन्तोष प्रसाई नियुक्त, सञ्चालकमा दुई जना निर्वाचित