गुराँस लाइफ इन्स्योरेन्सका सञ्चालक तोदीले दिए राजीनामा

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सका सञ्चालक विनय कुमार तोदीले राजीनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाई गत असार ११ गते सञ्चालक पदबाट राजीनामा दिएका हुन् । साथै, उनको राजीनामालाई कम्पनी सञ्चालक समितिले पनि स्वीकृत गरिसकेकोे छ । असार १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालक तोदीको राजीनामा स्वीकृत गरेको हो ।

बीमाशुल्क आर्जनमा शिखरको अग्रता कायमै, सगरमाथालाई पछ्याउँदै नेको (कसको कति ?)

काठमाडौं । निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका निर्जीवन बीमा कम्पनीले गत ११ महिनामा साढे २३ अर्ब रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेका छन् । नियामक निकाय बीमा समितिका अनुसार सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीमध्ये १९ वटाले गत जेठ मसान्तसम्म २३ अर्ब ५२ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका हुन् । समिक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनीबाहेक अन्य १९ वटा कम्पनीले २४ लाख ६४ हजार ९१३ वटा बीमालेख जारी गरी सो मात्राको बीमाशुल्क उठाउन सफल भएका छन् । जसमध्ये शिखर इन्स्योरेन्सकाे अग्रता कायमै रहेकाे छ । यसअघि पनि अन्य निर्जीवन बीमालाई पछि पार्दै अघि बढिरहेकाे शिखर इन्स्योरेन्स याे पटक पनि अग्रस्थानमै रहन सफल भएकाे छ । समितिकाे अनुसार शिखरले समिक्षा अवधिमा सर्वाधिक अर्थात ३ अर्ब ४६ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेकाे छ ।बीमालेखसँगै बीमालेख जारी गर्नेको संख्याको आधारमा पनि कम्पनी अग्रस्थानमा नै रहेको छ । कम्पनीले हालसम्म कूल २ लाख ४१ हजार ६७६ वटा बीमालेख जारी गरेको समितिले जनाएको छ । त्यस्तै, समितिको तथ्यांक अनुसार सर्वाधिक बीमाशुल्क आर्जन गर्नेको दोश्रो र तेश्रोमा क्रमशः सगरमाथा र नेको इन्स्योरेन्स रहेका छन् । जसमध्ये सगरमाथाले २ अर्ब २६ करोड रुपैयाँ र नेकोले २ अर्ब २० करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । तर जारी बीमालेख जारी गर्ने संख्याको आधारमा भने नेकोले सगरमाथालाई उछिनेको छ । त्यस्तै, सर्वाधिक बीमाशुल्क आर्जन गर्नेको चौथो स्थान तथा २ अर्ब रुपैयाँ बढी बीमाशुल्क आर्जन गर्नेमा सिद्धार्थ इन्स्योरेन्स रहेको छ । समिक्षा अवधिमा इन्स्योरेन्सले एक लाख ९८ हजार ८१५ वटा बीमालेख जारी गरी २ अर्ब २ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गर्न सफल भएको छ । कुनकाे कति ? सबैभन्दा कम बीमाशुल्क संकलन गर्नेको सूचीमा सानिमा जनरल इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले पछिल्लो ११ महिना अर्थात गत जेठ मसान्तसम्म ५६ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले ६२ हजार ४३८ वटा बीमालेख जारी गरी सोमात्राको प्रिमियम उठाएको हो । त्यसैगरी, सानिमा जनरलपछि कम बीमालेख संकलन गर्नेमा जनरल इन्स्योरेन्स दोश्रो, नेशलन इन्स्योरेन्स तेश्रो, एभरेष्ट इन्स्योरेन्स चौथो र यूनाईटेड इन्स्योरेन्स पाँचौं स्थानमा रहेका छन् । साथै, बीमालेख जारीको गर्नेको आधारमा पनि शिखर नै पहिलो रहेकाे छ । त्यस्तै, दोश्रोमा नेको, सगरमाथा तेश्रो, एनएलजी चौथो र पाचौं स्थानमा सिद्धार्थ इन्स्योरेन्स रहेका समितिले जनाएकाे छ  । उता राष्ट्रिय बीमा कम्पनीको भने हालसम्म विवरण प्राप्त नभएको बीमा समितिले जानकारी गराएको छ ।

ज्योति लाइफ इन्स्योरेन्समा खुल्यो जागिरको अवसर, असार २५ गतेभित्र आवेदन दिईसक्नु पर्ने

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नेपालभरका विभिन्न शाखा तथा उपशाखा हरुमा विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । ज्योति लाइफले नेपालका विभिन्न प्रदेशमा शाखा प्रमुख, उपशाखा प्रमुख तथा सेल्स एक्जुकेटिभका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । आवेदन दिनको लागि न्यूनतम शैक्षिक योग्यता स्नातक रहेको र २१ वर्ष देखी ४० बर्ष सम्म हुनुपर्ने रहेको । योग्यता पुगेका ईच्छुकव्यक्तिले आबेदन दिन चाहेको पद तथा स्थान प्रष्ट उल्लेख गरि असार २५ गतेभित्र आवेदन दिइसक्नु पर्ने इन्स्योरेन्सले जानकारी गराएको छ । आवेदकहरुको लागि २०७८ असार २५ गतेसम्म ईमेल ठेगाना  वा मेराे जब मार्फत आवेदन दिन पाउने व्यवस्था गराएको छ ।