लाइफ इन्स्योरेन्स कर्पोरेशनको बोनस सेयर सूचीकृत
काडमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनको बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको २० प्रतिशत अर्थात ४४ लाख २२ हजार कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो । यससँगै उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेशनका उत्कृष्ट १६ अभिकर्ता सम्मानित
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनले उत्कृष्ट काम गर्ने १६ जना अभिकर्तालाई सम्मान गरेको छ । इन्स्योरेन्सको चावहिल शाखाले वैशाख १३ गते एक कार्यक्रम आयोजना गरी उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको हो । १६ जनामध्ये पनि अभिकर्ता तीर्थप्रसाद पौडेलले थप उत्कृष्ट काम गरेको चावहिल शाखाका एजेन्सी म्यानेजर पुरुषोत्तम पौडेलले बताए । उनका अनुसार अभिकर्ता पौडेलले हालै मात्रै अर्थात तीन महिनाको अवधिभित्रै ‘एमडीआरटी २०२३’ पनि प्राप्त गरिसकेका छन् । एजेन्सी म्यानेजर पौडेलले आफ्नो टीममा काम गर्नेहरुमध्ये उत्कृष्ट काम गर्नेलाई टोकन अफ लभसहित सम्मान गरेका हुन् । उनले आफ्नो टीममा काम गर्नेहरुमध्ये उत्कृष्ट काम गर्नेलाई ‘टोकन अफ लभ’सहित सम्मान गरेका हुन् । अभिकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले र उनीहरुमा रहेको उत्साहको कमी हुन नदिन यो कार्यक्रम आयोजना गरेको पौडेलले बताए । हाल पौडेलको टीममा एकसयभन्दा बढी अभिकर्ता रहेका छन् । जसमध्ये ४६ जना अभिकर्ताहरु सक्रिय छन् र तीमध्ये १६ जना सम्मानित भएका हुन् । त्यस्तै, अभिकर्ताहरुलाई काम गर्नमा थप उत्प्रेरणा जगाउने किसिमका कार्यक्रममा कम्पनीले जोड दिने पौडेलले बताए । ‘हामीले अहिले टप एजेन्टहरुलाई सम्मान गरेका हौं, अबका दिनमा एक्टिभ एजेन्ट लगायत नयाँ बन्न चाहनेलाई पनि उत्प्रेरित गर्ने किसिमका कार्यक्रमलाई निरन्तरता दिने छौं, जसले गर्दा अभिकर्तामा जोस र जाँगरको कमी नहुने र कम्पनीलाई पनि राम्रो हुने विश्वास छ,’ पौडेलले भने । कार्यक्रममा अथितिको रुपमा मार्केटिङ्ग प्रमुख ममता पौडेल र चावहिल शाखाका शाखा प्रमुख उमेश उप्रेतीको उपस्थिति थियो ।
सबै बीमा कम्पनीले बुझाए पुँजी वृद्धि योजना, अध्ययनमा जुट्यो समिति
काठमाडौं । पुँजी वृद्धि योजना बुझाउन बाँकी रहेका सबै बीमा कम्पनीले पुँजी वृद्धि योजना पेश गरेका छन् । क्यापिटल प्लान पेश गर्न बाँकी रहेका १४ वटा कम्पनीले बैशाख १३ गते भित्रमा बीमा समितिमा आ-आफ्नो पुँजी वृद्धि योजना बुझाएका हुन् । समितिका कार्यकारी निर्देशक राजुरमणका अनुसार उनीहरु सबैले थप दुई दिनभित्रमा पुँजी वृद्धि योजना पेश गरेका छन् । ‘हामीले सबै कम्पनीको पुँजी वृद्धि योजना पाइसकेका छौं,’ विकासन्युजलाई जानकारी दिँदै पौडेलले भने । गत बैंशाख ११ गतेसम्ममा जीवन बीमा ६ र निर्जीवन बीमाका ८ कम्पनीले पुँजी वृद्धि योजना पेश गरेका थिएनन् । जीवन बीमा अन्तर्गतका ६ कम्पनी (राष्ट्रिय बीमा संस्थान, प्राइम, यूनियन लाइफ, ज्योति लाइफ, रिलायबल नेपाल र प्रभु) र निर्जीवन बीमा अन्तर्गतका ८ कम्पनी (दि ओरियन्टल, नेशनल, हिमालयन जनरल, प्रिमियर, प्रभु, एनएलजी, सिद्धार्थ र राष्ट्रिय बीमा कम्पनी)ले आज (बैशाख १३ गते) एकैदिनमा आ आफ्नो क्यापिटल प्लान पेश गरेका छन् । यससँगै पुँजी वृद्धिको योजना बुझाउन आवश्यक रहेका सबै कम्पनीले समितिमा आफ्नो योजना पेश गरिसकेका छन् । समितिका अनुसार अधिकांशले हकप्रद सेयर जारी गर्ने योजनासहितको क्यापिटल प्लान पेश गरेका छन् । यससँगै, कम्पनीहरुले बुझाएको क्यापिटल प्लानमाथि समितिले अध्ययन गरेर मात्रै निर्णय गरिने समितिका कार्यकारी निर्देशक पौडेलले बताए । ‘हामीले कम्पनीहरुको क्यापिटल प्लान पाएका छौं, अब सञ्चालक समितिले यसमाथि छलफल गर्छौं, त्यसपछि मात्रै कसरी पुँजी वृद्धि गर्न दिइने भन्ने निर्णय गर्छौं,’ पौडेलले विकासन्युजसँग भने । समितिले उक्त निर्देशन मार्फत जीवन बीमा कम्पनीलाई न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई न्यूनतम साढे २ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो । उक्त पुँजी वृद्धिको योजना एक महिनाभित्रमै समितिमा पेश गर्नुपर्ने र एक वर्षभित्र अर्थात २०७९ चैत मसान्तभित्रमा कार्यान्वयनमा ल्याउन समितिको निर्देशन थियो । त्यस्तै, जीवन बीमा कम्पनीहरुमध्ये लाइफ इन्स्योरेन्स, नेशनल, एशियन, सूर्या, मेटलाइफ, सानिमा, गुराँस, सिटिजन, महालक्ष्मी, रिलायन्स, सन नेपाल लाइफ र आईएमई लाइफ र निर्जीवन बीमातर्फ शिखर, नेपाल, सगरमाथा, एभरेष्ट, सानिमा जनरल, आईएमई जनरल, प्रुडेन्सियल, नेको, लुम्बिनी जनरल, अजोड, जनरल र यूनाईटेड इन्स्योरेन्सले गत बैशाख ११ भित्रमा पुँजी वृद्धिको योजना पेश गरिसकेका थिए । सम्बन्धित समाचार २४ वटा बीमा कम्पनीले मात्रै बुझाए पुँजी वृद्धि योजना ‘नियामकले खुट्टा कमाउनु हुँदैन, बीमा कम्पनीको संख्या १० भन्दा तल झार्नुपर्छ’ जीवन बीमाको पुँजी वृद्धि : ५ अर्बको पुँजी जुटाउन कसले कति हकप्रद सेयर जारी गर्नुपर्ला ? निर्जीवन बीमा कम्पनीले मात्रै सवा २४ अर्ब बढी पुँजी थप्नुपर्ने, कुनलाई कति दवाव ? (सूचीसहित)