रिलायन्स लाइफको बर्दिवास र हेटौडामा क्षेत्रीय एजेन्सी भेटघाट सम्पन्न
काठमाडौं । रिलायन्स लाईफ इन्सोरेन्सको बर्दिबास र हेटौडामा ‘क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन सम्पन्न भएको छ । कम्पनीले भदौ ८ र ९ गते सम्मेलन सम्पन्न गरेको हो । हरेक वर्ष प्रत्येक क्षेत्रमा गरिँदै आएको एजेन्सी भेलामा कम्पनीको व्यवसायिक प्रयोजनको लागि विभिन्न तालिम दिइएको थियो । उक्त सम्मेलनको प्रमुख अतिथिको रुपमा डेपुटी चिफ एक्जिक्युटिभ अफिसर निराजन कँडेल ज्यूको उपस्थित रहेको थियो । यसका साथै सम्मेलनमा प्रमुख व्यापार अधिकारी सूर्य प्रकाश गुप्ता र सन्दीप कसजु , क्षेत्रीय सहायक प्रबन्धकहरु, तथा रिलायन्स साथीका सो क्षेत्रका सम्पुर्ण सदस्यहरु उपस्थित थिए ।
जनरल इन्स्योरेन्सको सञ्चालकमा ताम्रकार
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा अनिश ताम्रकार नियुक्त भएका छन् । उनी कुमारी बैंकको तर्फबाट इन्स्योरेन्सको उक्त पदमा नियुक्त भएका हुन् । कुमारी बैंक जनरल इन्स्योरेन्सको संस्थापक सेयरधनी हो । यसअघि उक्त बैंकबाट भोलानाथ ढुंगानाले प्रतिनिधित्व गर्दै आएका थिए ।
एशियन लाइफका बीमितलाई ५० प्रतिशतसम्म व्याज छुट
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीका बीमितले व्यतित बीमालेखमा ५० प्रतिशतसम्म व्याज छुट पाउने भएका छन् । इन्स्योरेन्सले विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन ढिला भएका बीमितहरुलाई सो मात्राको छुट दिने भएको हो । यससँगै इन्स्योरेन्सका अनुसार बीमितहरुले अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्ष अघि अर्थात २०७७ भदौ १४ गतेदेखि व्यतित भएका बीमालेखमा ५० प्रतिशत व्याज छुट पाउने भएका हुन् । यो छुट २०७९ भदौ १५ गतेदेखि २०७९ असोज १२ गतेसम्म मात्रै लागू हुने इन्स्योरेन्सले जनाएको छ । साथै, २०८० भदौ १४ गतेभन्दा अगाडि परिपक्व हुने बीमालेखमा भने यो छुट लागू नहुने इन्स्योरेन्सले जनाएको छ । त्यस्तै, यो सुविधा अन्तर्गत एक पटक व्याज छुट लिई सकेका बीमितहरुलाई बीमा अवधिभरी पुनः छुट नदिइने कम्पनीले सूचित गराएको छ ।