अक्सिजन बिनै हिमाल चढ्दै पूर्णिमा श्रेष्ठ, नेपाल लाइफले गर्यो सहकार्य

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हिमाल आरोहरणम गर्न लागेकी ओरोही पूर्णिमा श्रेष्ठसँग सहकार्य गर्ने निर्णय गरेको छ । सो सम्बन्धमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठबीच सम्झौतामा हस्ताक्षर भएको छ । यसअघि सगरमाथासहित नेपालको ८००० मिटर भन्दा माथि उचाईमा रहेका ७ ओटा हिमालहरु चढी सकेकी श्रेष्ठले बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जाँदै छिन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गर्नु गरे । र, ओरोही पूर्णिमा श्रेष्ठले आफ्नो हिमाल आरोहणमा जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा गर्ववान्वित र हौसला मिलेकोे बताइन् । गोर्खाको मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो । उनी पेशाले फोटो पत्रकारसमेत हुन् ।

निर्जीवन बीमा कम्पनीले उठाए साढे ४ अर्ब प्रिमियम, सबैभन्दा बढी आरबीसीएलको

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले एक महिनामै करिब साढे ४ अर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिका अनुसार कम्पनीहरुले साउनमा मात्रै ४ अर्ब ४७ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएका हुन् । १९ कम्पनीहरुले साउन महिनामा मात्रै २ लाख २१ हजार ६४२ वटा बीमालेखबाट सो मात्राको प्रिमियम संकलन गरेका हुन् । जसमध्ये, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी (आरबीसीएल) ले ८४ करोड २८ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । कम्पनीले ३ हजार ११२ वटा बीमालेख बिक्री गरेको हो । शिखर इन्स्योरेन्स बढी बीमालेख संकलन गर्नेको दोश्रोमा परेको छ । कम्पनीले साउनमा मात्रै २० हजार ९१७ वटा बीमालेख बिक्री गरी ३५ करोड ५२ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । सगरमाथाले ३२ करोड ६२ लाख र सिद्धार्थ इन्स्योरेन्सले ३० करोड ६२ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । यी दुईले एक महिनामा क्रमशः १८ हजार ८३५ र १७ हजार ८८२ वटा बीमा पोलिसी बिक्री गरेका हुन् । यता सबैभन्दा कम बीमाशुल्क संकलन गर्नेमा प्रभु इन्स्योरेन्स छ । इन्स्योरेन्सले एक महिनामा १० हजार ५७४ वटा बीमालेख बिक्री गरी १० करोड ३४ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।

९ वटा पोलिसीमध्ये सावधिक जीवन बीमामा आकर्षण बढ्दो, एक महिनामै उठ्यो पौने ३ अर्ब प्रिमियम

काठमाडौं । जीवन बीमा गर्ने अधिकांश बीमितहरु सावधिक जीवन बीमामा आकर्षित भएका छन् । बीमा समितिका अनुसार कम्पनीहरुले ल्याएका ९ वटा बीमालेखमध्ये सावधिक जीवन बीमामा उनीहरुको आकर्षण बढी रहेको पाइएको हो । एक महिनाको अवधिमा मात्रै कम्पनीहरुले विभिन्न बीमालेखमार्फत १५ अर्ब ५ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छन् । जसमध्ये सावधिक जीवन बीमाबाट सबैभन्दा बढी अर्थात ५ अर्ब ४३ करोड रुपैयाँ बराबरको प्रिमियम उठेको छ । विभिन्न ७ वटा प्रदेशबाट संकलन भएको उक्त बीमाशुल्कमध्ये पनि बागमतीबाट सबैभन्दा बढी छ भने कर्णालीबाट सबैभन्दा कम रहेको छ । एक महिनामा मात्रै बागमतीबाट २ अर्ब ७३ करोड रुपैयाँ बराबरको प्रिमियम सावधिक जीवन बीमाबाट उठेको छ । त्यस्तै, सोही बीमालेख अन्तर्गत कर्णालीबाट २१ करोड ०२ लाख रुपैयाँ बराबरको प्रिमियम उठेको छ । यससँगै सावधिक जीवन बीमा पश्चात सबैभन्दा बढी बिक्री हुने बीमालेखमा अग्रिम भुक्तानी सावधिक जीवन बीमा रहेको छ । जसबाट ४ अर्ब ६ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । यो बीमालेख बिक्रीबाटै साउन महिनामा मात्रै बागमतीबाट सबैभन्दा बढी र सूदूरपश्चिमबाट सबैभन्दा कम बीमाशुल्क संकलन भएको छ । साथै, रुपान्तरित सावधिक जीवन बीमालेख अन्तर्गत एक महिनामै २ अर्ब २४ करोड रुपैयाँ बराबरको प्रिमियम उठेको छ । ७ वटै प्रदेशबाट उठेको उक्त रकममध्ये सबैभन्दा बढी बागमती प्रदेशबाट रहेको छ भने सबैभन्दा कम सूदुरपश्चिमबाट रहेको छ । त्यसैगरी, कम्पनीहरुले बालबच्चा सम्बन्धी सावधिक जीवन बीमालेख बिक्रीमार्फत २ अर्ब २२ करोड रुपैयाँ संकलन गरेका छन् । जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशबाट र कम कर्णालीबाट उठेको छ । यता आजीवन जीवन बीमालेखबाट ५५ करोड ८५ लाख, बैदेशिक रोजगार म्यादि जीवन बीमाबाट २४ करोड ५४ लाख, लघु जीवन बीमाबाट १५ करोड २६ लाख, म्यादि जीवन बीमालेखबाट ८ करोड ४४ लाख र एकल बीमाशुल्क जीवन बीमालेखबाट ५ करोड रुपैयाँ उठेको छ । समितिका अनुसार कम्पनीहरुले एक महिनामा लघु जीवन बीमा व्यवसायबाट १५ करोड २६ लाख रुपैयाँ संकलन भएको छ । जसमध्ये सबैभन्दा बढी बागमती जीवन बीमाबाट सर्वाधिक उठेको छ । उक्त प्रदेशबाट मात्रै १० करोड ४९ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन भएको छ । सबैभन्दा कम भने मधेश प्रदेशबाट रहेको छ । समीक्षा अवधिमा मधेश प्रदेशबाट २५ लाख ८५ हजार रुपैयाँ मात्रै प्रिमियम उठेको छ । जीवन बीमा कम्पनीहरुको साउन महिनाको तथ्यांक हेर्दा लघु जीवन बीमा ग्रामिण भेगमाभन्दा बढी शहरमा केन्द्रित भएको देखिन्छ । अन्य प्रदेशमा भन्दा बागमतीमा ६८ प्रतिशत बढी लघु जीवन बीमालेखबाट प्रिमियम संकलन हुनुले कम्पनीहरु सहर केन्द्रित भएको बुझिन्छ । समग्रमा प्रदेश १ बाट २ अर्ब २ करोड, मधेशबाट १ अर्ब ३७ लाख, बागमतीबाट ६ अर्ब ५१ करोड, गण्डकीबाट १ अर्ब ५९ करोड, लुम्बिनीबाट २ अर्ब ११ करोड, कर्णालीबाट ६८ करोड ९२ लाख र सुदुरपश्चिम प्रदेशबाट ७५ करोड ३७ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन भएको समितिले जानकारी गराएको छ ।