एमडीआरटीको वार्षिक बैठकका लागि रिलायन्स लाइफका अभिकर्ता अमेरिका प्रस्थान

काठमाडौं ।  मिलिनियम डलर राउण्ड टेवल २०२२ को वार्षिक सभामा भाग लिन रिलायन्स लाइफ इन्स्योरेन्सका लिडर रिलायन्स नमिता न्यौपाने र कमल दाहाल अमेरिकाको बोस्टनतर्फ प्रस्थान गरेका छन् । यसपटकको एमडीआरटी कार्यक्रममा अमेरिका जान लागेका नेपालका ३ जना अभिकर्ताहरुमध्ये २ जना अभिकर्ता रिलायन्स लाइफ इन्स्योरेन्सको रहेको कम्पनीले जनाएको छ । बिमा क्षेत्रमा लागेको केही वर्षमै एकपछि अर्को सफलता प्राप्त गर्दै आएका अभिकर्ता लिडरद्वयलाई इन्स्योरेन्सले केन्द्रिय कार्यालयमा एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले समग्र देश एवं उत्कृष्ट बिमा क्षेत्रको प्रतिनिधित्व गर्दै संसारभरिका उत्कृष्ट बिमा मध्यस्थकर्ताहरुको माझ उपस्थिति जनाउन गइरहेकोमा गर्व गर्दै सो कार्यक्रम तथा भ्रमण क्रममा सिकेका कुरालाई देशमा कार्यरत अन्य बिमा माझ प्रस्तुत गरेर बिमाक्षेत्रको बिकासमा योगदान दिन अनुरोध गरे ।

नेपाल लाइफको लिडरसिप एक्सिलेन्स अवार्ड सम्पन्न, २०५ जना अभिकर्ता सम्मानित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा तीन दिने लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले भदौ ५, ६ र ७ गते कार्यक्रम गरेको थियाे । कार्यक्रमको उद्घाटन नेपाल लाइफका प्रमुख कार्याकारी अधिकृत प्रवीण रमण पराजुलीले गरेका थिए । सिइओ पराजुलीले विगतका दिनमा कम्पनीले हासिल गरेका उपलब्धीका विषयमा समिक्षा र चालु आर्थिक वर्षमा कम्पनीले लिने रणनीतिका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा पराजुलीले चाल आ.व. फाल्कन इयर २०७९/८० को र कम्पनीको कर्पोरेट भिडियोहरुको अनावरण गरेका थिए । कार्यक्रममा नेपाल लाइफले विशिष्ट योगदान पुर्याएका दुई जना अभिकर्तालाई जनही एक लाख सहित विशेष सम्मान गरिएको थियो । नेपाल लाइफको प्रतिनिधित्व गर्दै अमेरिकाको वोष्टनमा सम्पन्न एमडिआरटी सम्मेलनमा सहभागी जयसरा शर्मा पंगेनी र लमही शाखाका अभिकर्ता युवराज धितालले सर्वोच्च शिखर सगरमाथा चढी नेपाल लाइफको झण्डा फहराएकोमा सम्मान गरिएको कम्पनीले जनाएको छ । कम्पनीले विगत तीन आर्थिक वर्षमै एजेन्सी म्यानेजर र अभिकर्ता क्याटागोरीमा सबैभन्दा उत्कृष्ट रहेका प्रत्येक वर्ष ५० मा पर्नेहरुलाई चयन गरी सम्मेलनमा उपस्थित गराएको थियो । यसरी सहभागी हुने २०५ जना अभिकर्ताहरुलाई कम्पनीले सिल्ड तथा प्रमाणपत्र सहित सम्मान गरेको थियो । उक्त सम्मानितहरु मध्ये प्रत्येक वर्ष पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने अभिकर्ताहरुलाई क्रमश: २ लाख ५१ हजार, एक लाख ३५ हजार र ७५ हजार नगद पुरस्कार प्रदान गरिएको थियाे ।  कार्यक्रममा बैंकर अनिल केशरी शाहले आफ्नो ३२ वर्षे बैंकिङ अनुभवकाे बारेमा सुनाएका थिए । कोभिड-१९ का कारण विगत तीन आर्थिक वर्षदेखि कम्पनीकाे अभिकर्ताहरुको सम्मेलन हुन सकिरहेको थिएन ।

मुक्तिनाथ विकास बैंकमा खाता खोल्दा १ लाखसम्मको बीमा, स्पामा पनि छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकमा खाता खोल्ने नारीहरुले १ लाख रुपैयाँसम्मको बीमा सेवा पाइने छ । बैंकले ‘मुक्तिनाथ तीज विशेष अफर’ योजना अन्तर्गत उक्त सेवा दिन लागेको हो । यो योजना अन्तर्गत भदौ २०७९ भित्र मुक्तिनाथ विकास बैंकमा ‘मुक्तिनाथ महिला पेवा बचत खाता’ खोल्ने नारीले १ लाख रुपैयाँसम्मको चिकित्सा सम्बन्धी बीमा पाउने छन् । साथै, निःशुल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (पहिलो वर्षको लागि), निःशुल्क मोबाइल बैंकिङ्ग (पहिलो वर्षको लागि) र ट्रानक्विलिटी स्पाको विभिन्न सेवामा ५० प्रतिशतसम्म छुट पाउने छन् । यो छुट २०७९ भदौसम्मको लागि मात्र हुने छ । यो योजनामा शर्तहरु लागु हुने भएकाले थप जानकारीका लगि बैंकको नजिकैको शाखामा सम्पर्क गर्न समेत कम्पनीले आग्रह गरेको छ । साथै, यो योजनाले नारीहरुलाई फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले हाल डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवगर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएमबाट निः शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।