सभाले पारित गर्यो सूर्या लाइफ र ज्योति लाइफ मर्जरमा जाने प्रस्ताव

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स र ज्योति लाइफ इन्सयोरेन्स मर्जरमा जाने प्रस्ताव पारित भएको छ । कम्पनीको बिहीबार बसेको साधरणसभा बैठकले सूर्या लाईफ र ज्योति लाइफ मर्जरमा जाने प्रस्ताव पारित गरेको हो । सभाले सेयर कारोबार रोक्काको लागि पत्राचार गर्ने विषयमा भएको संचालक समितिको निर्णयको अनुमोदन गर्ने निर्णय पनि गरेको छ । यस्तै सभाले कम्पनीको सम्पत्ति तथा दायित्वको मुल्याङ्कन गर्न परामर्शदाता, मुल्याङ्कनकर्ता तथा लेखापरिक्षकहरु नियूक्त गर्ने सिलसिलामा कम्पनीको सम्पत्ति तथा दायित्वको मुल्याङ्कन कार्य  गर्नका लागि मुल्याङ्कनकर्ता नियूक्त गर्ने तथा पारिश्रमिक तोक्ने गरी संचालक समितिबाट भएको निर्णय अनुमोदन गरेको छ । कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगरमा सम्पन्न भएको सभामा कम्पनीका शेयरधनी, संचालकहरु, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ सहायक महाप्रबन्धक, व्यवस्थापनका पदाधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

नेपाल लाईफको संस्थापक सेयर साधारणमा परिणत, कसको स्वामित्व कति ?

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर साधारणमा परिणत भएको छ । बिहीबार मात्रै इन्स्योरेन्सको ७३ लाख ८७ हजार १६९ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो । उक्त सेयर संरचना परिवर्तन भएसँगै इन्स्योरेन्समा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने छ । यसअघि कम्पनीको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व क्रमशः ६० र ४० प्रतिशत रहेको थियो ।

प्राइम लाइफ इन्स्योरेन्सको सीईओ बने निर्मल दाहाल, पाए समितिको स्वीकृति

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका निर्मल दाहालले बीमा समितिको स्वीकृति भएका छन् । समितिले उनलाई साउन १९ गते बिहीबार प्राइम लाइफको सीईओ पदको लागि स्वीकृति दिएको हो । कम्पनीको कामु सीईओको जिम्मेवारी सम्हालिरहेका दाहाललाई यसअघि नै कम्पनी सञ्चालक समितिले सीईओ पदमा नियुक्त गरिसकेको थियो । जसको स्वीकृतिको लागि बीमा समिति पठाइएको थियो । सोही अनुसार समितिले उनलाई स्वीकृति दिएको हो । कम्पनीको कामु सीईओको जिम्मेवारी पाउनुभन्दा तीन महिनाअघि दाहाल बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । कम्पनीले उनलाई साउन १ देखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी सुम्पेको थियो । असार मसान्तबाट इन्स्योरेन्सका निवर्तमान सीईओ मनोज कुमार भट्टराईको दोस्रो कार्यकाल सकिए लगत्तै उनले कामुको जिम्मेवारी पाएका हुन् । दाहाल यसअघि यूकेएडले सपोर्ट गरेको गैर सरकारी संस्था सक्षममा कार्यरत थिए । जहाँ उनी ‘सक्षम एक्सेस टु फाइनान्स’ नामक प्रोग्रामको टीम लिडर थिए । सक्षममा जोडिनु पूर्व उनी लक्ष्मी बैंकमा कार्यरत थिए । शंकरदेव क्यापसबाट एमबीए गरेका दाहालले हिमालयन बैंकबाट बैकिङ करिअर शुरु गरेका थिए ।