सिटिजन लाइफ इन्स्योरेन्सको वार्षिक प्रतिवेदन पारित
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण साभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीको प्रधान कार्यालय, एलएस कम्प्लेक्स थापाथलीमा सम्पन्न भएको हो । सभाले अध्यक्षको मन्तब्य सहित संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वासलात, हिसाब, नाफा नोक्सान आय व्यय इक्युटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धीत अनुसूचीहरु सहितको वित्तीय विवरणमा छलफल गरी पारित गरेको छ । त्यस्तै, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आथिृक वर्ष २०७९/८० को लागि कम्पनीको लेखापरीक्षक नियुक्त गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने र बर्तमान लेखापरीक्षक श्री जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्टस् पुनः नियुक्तीका लागि योग्य हुने प्रस्ताव पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोनाको रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोषमा कम्पनीको तर्फबाट गरिएको योगदान वापत ७ लाख रुपैयाँ कम्पनी ऐन २०६३ बमोजिम अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।
एलआइसी नेपालको अध्यक्षमा सिद्धार्थ महान्थि, संचालकमा तबलेश पाण्डेय
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको अध्यक्षमा सिद्धार्थ महान्थि नियुक्त भएका छन् । कर्पोरेशनको संचालक समितिको अध्यक्ष पदको रिक्त स्थानमा चैत १२ गतेको रेगुलर रिजोलुसनद्धारा उनी अध्यक्षमा नियुक्त भएका हुन् । महान्ती भारतिय जिवन बीमा निगमको वर्तमान अध्यक्षसमेत हुन् । यस्तै, कर्पोरेशनका संचालक सलस्यको रुपमा तबलेश पाण्डेय नियुक्त भएका छन् ।
एनएलजी इन्स्योरेन्सका संचालक कविराज अधिकारीले दिए राजीनामा
काठमाडौ । एनएलजी इन्स्यारेन्सका स्वतन्त्र संचालक कविराज अधिकारीले राजीनामा दिएका छन् । अधिकारीले व्यक्तिगत कारण देखाउँदै कम्पनीको स्वतन्त्र संचालकबाट राजीनामा दिएका हुन् । उनको राजीनामा बिहीबार स्वीकृत भएको छ । संचालक समितिको बिहीबार ११:५० मा बसेको बैठकले उनको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएकाे छ ।