साढे १० करोड नाफा गरेको अजोड इन्स्योरेन्सको अधिकांश सूचक बढे, ईपीएस कति ?

<p>काठमाडौं । अजोड इन्स्योरेन्सको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ११.२६ प्रतिशत बढेर १० करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क ४३.२६ प्रतिशत बढेर ५२ करोड २ लाख रुपैयाँ आर्जन [&hellip;]</p>

काठमाडौं । अजोड इन्स्योरेन्सको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ११.२६ प्रतिशत बढेर १० करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चैत मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क ४३.२६ प्रतिशत बढेर ५२ करोड २ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३६ करोड ३१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद दावी भुक्तानी २९ प्रतिशत बढेर २३ करोड ४९ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड २१ लख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ, जगेडा कोष ४६ प्रतिशत बढेर २० करोड ३८ लाख रुपैयाँ, बीमा कोष ४०.६४ प्रतिशत बढेर २२ करोड ३९ लाख रुपैयाँ र महाविपत्ती कोष २ करोड २ लाख रुपैयाँ पुर्याएको छ ।

कम्पनीले ९ महिनाको अवधिमा कूल बीमा शुल्क १ अर्ब ४४ करोड ३१ लाख रुपैयाँ, कूल दाबी भुक्तानी ८७ करोड १२ लाख रुपैयाँ रहेको छ । कम्पनीले ४ हजार ८११ वटा दावी वापत ६८ करोड ७५ लाख बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको प्रति सेयर आम्दानी १३ रुपैयाँ ६९ पैसा र प्रति शेयर नेट्वर्थ १४४ रुपैयाँ ८१ पैसा रहेको छ ।

Share News