क्रिकेट खेलाडीलाई सिटिजन लाइफको पाँच लाख पुरस्कार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले एसिया कप क्रिकेट खेलिरहेका नेपाली खेलाडीहरुको लागि पुरस्कारको घोषणा गरेको छ । सिटिजन लाइफले एसिया कप अन्तर्गत नेपाल र भारतको खेलमा विकेट जित्नेलाई हरेक विकेट बराबर पाँच लाख रूपैयाँ, हरेक छक्कामा एक लाख रुपैयाँ र हरेक चौकामा ५० हजार रुपैयाँ बराबरको पुरस्कारको घोषणा गरेको छ । सोमबार श्रीलङ्कामा नेपालले एसिया कप क्रिकेटको दोस्रो खेल खेलिरहेको छ । सिटिजन लाइफले उक्त पुरस्कार बराबरको रकमबाट विकेट जित्ने, छक्का र चौका हान्ने सम्बन्धीत खेलाडीको जीवन बीमा गरिदिने बताएको छ ।

नेपाल रिको ४० लाख कित्ता सेयर बेच्दै प्रभु र नेपाल इन्स्योरेन्स

काठमाडौं । निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका प्रभु र नेपाल इन्स्योरेन्सले नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) को ४० लाख कित्ता सेयर बिक्री गर्ने भएका छन् । पुँजी वृद्धि गर्नको लागि दुई कम्पनीले नेपाल रिको २०/२० लाख कित्ता गरी कूल ४० लाख सेयर बिक्री गर्ने योजना बनाएका हुन् । नेपाल बीमा प्राधिकरणले गत साता दुबै कम्पनीलाई ७ दिन भित्रमा क्यापिटल प्लान पेश गर्न निर्देशन दिएको थियो । सो निर्देशनअनुसार दुबै कम्पनीहरुले नेपाल रिको सेयर बिक्री गरेर पुँजी वृद्धिको प्रकृया अघि बढाउने योजना बनाएका नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । ‘दुबै कम्पनीको बोर्डले नेपाल रि इन्स्योरेन्समा भएको आ-आफ्नो सेयर बिक्री गर्ने निर्णय हामीकोमा पेश गरेका छन्, सो अनुसार उनीहरुले २०/२० लाख कित्ता सेयर बिक्री गर्ने छन्,’ अध्यक्ष सिलवालले विकासन्युजसँग भने । कम्पनीहरुले बनाएका योजनाअनुसार सेयर बिक्री गर्दा अहिलेको बजारमा करिब ६०/६५ करोड रुपैयाँ हुन आउने समेत अध्यक्ष सिलवाल बताउँछन् । र, नपुगेको पुँजी बोनस तथा हकप्रद मार्फत पुर्याउन दिने उनले बताए । नेपाल इन्स्योरेन्सका अध्यक्ष लक्ष्मण पौडेलले हाल बिक्रीमा राखिएको घरजग्गा बिक्ने सम्भावना न्यून देखिएकाले सेयर बिक्री गरेर पुँजी थप्ने योजना बनाइएको बताए । ‘हामीले नयाँ योजनाअनुसार नेपाल रिको सेयर बिक्री गर्ने की भनेर प्राधिकरणसँग स्वीकृति मागेका छौं,’ विकासन्युजसँग बोल्दै अध्यक्ष पौडेलले भने- ‘हाम्रो पुरानो योजना त सम्पत्ति बेचेर नै पुँजी पुर्याउने हो, तर देशको हालको अवस्थाअनुसार सम्पत्ति बिक्री हुने अनुकुल समय पनि छैन, तैपनि सम्भव भएसम्म सम्पत्ति बेच्न प्रयास गर्ने छौं ।’ उनका अनुसार नेपाल इन्स्योरेन्ससँग मर्जरमा जाने विकल्प छैन । कम्पनीले अब घरजग्गा वा सेयर बिक्री गरेर पुँजी वृद्धि गर्ने योजना बनाएको छ । यता प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामा पनि सेयर बचेर भएपनि पुँजी थप्ने योजना रहेको बताउँछिन् । ‘पुँजी वृद्धि गर्नको लागि हामीसँग विभिन्न विकल्पहरु छन्, विदेशी लगानी भित्र्याउनेदेखि लिएर हकप्रद सेयर जारी गर्ने वा अन्य सम्पत्तिहरु बिक्री गरेर हुन्छ या कसरी हुन्छ पुँजी बढाउँछौं,’ उनले भनिन् । हाल विदेशी लगानी भित्र्याउन उचित समय नभएकाले विदेशी लगानी भित्र्याएर पुँजी वृद्धि गर्ने प्रभुको यसअघिको योजना भने बिफल हुने सम्भावना प्रवल देखिन्छ । तर इन्स्योरेन्स भने सकेसम्म विदेशी लगानी भित्र्याउने प्रयासमा लागि रहेको अध्यक्ष लामा बताउँछिन् । ‘हाल देशमा आर्थिक मन्दी छ, विदेशी लगानी भित्र्याउनको लागि उपयुक्त समय छैन, तर पनि नभएपनि हामीले यो विषयमा विदेशीहरुसँग छलफल गरिरहेका छौं, उनीहरुले हालसम्म एस/नो केही पनि भनेका छैनन्, त्यसैले पनि यो विषयमा टुंगो लाग्न नसकेको छैन,’ अध्यक्ष लामाले विकासन्युजलाई बताइन् । विदेशी लगानी भित्र्याउन नसकेमा सम्पत्ति बेच्ने योजना प्रभुको छ । ‘हामीले सम्पत्ति बेच्ने पनि भनिरहेका छौं, हामीसँग नेपाल रिसहित वाणिज्य बैंकहरु लगायत अन्य थुप्रै कम्पनीको सेयरहरु छन्, ती सेयरहरु बेचेर भएपनि पुँजी बढाउँछौं,’ अध्यक्ष लामाले विकासन्युजसँग भनिन् । नेपाल र प्रभु इन्स्योरेन्सलाई यो योजनाअनुसार पुँजी बढाउन प्राधिकरणले सैद्धान्तिक स्वीकृति दिने समेत अध्यक्ष सिलवालले बताए । प्राधिकरणले स्वीकृति दिएसँगै कम्पनीहरुले नेपाल रिसँग प्रमोटर सेयर बिक्री गर्न स्वीकृति माग्ने छन् । र, नेपाल रिबाट स्वीकृत भएर आएपछि दुबै कम्पनीले सेयर बिक्रीको प्रकृया अघि बढाउने छन् । कम्पनीहरुले सम्पत्ति बिक्री गरेर पुँजी बढाउन पाइने प्राधिकरणको निर्देशन दिएअनुसारनै दुबै कम्पनीहरुले आफ्नो क्यापिटल प्लान बनाएका छन् । यो योजनाअनुसार प्रयास गर्दा गर्दै पनि पुँजी अपुग भएमा प्राधिकरणले बोनस तथा हकप्रद मार्फत पुँजी पुर्याउन बाटो खुल्ला गरिदिने मनसायमा प्राधिकरण छ ।

सिटिजन लाइफको आईपीओ : पहिलो दिनमा कतिले भरे सेयर ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले जारी गरेको आईपीओमा पहिलो दिनमा २ लाख बढीले आवेदन दिएका छन् । आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ्गका अनुसार पहिलो दिनमै २ लाख ३४ हजार ७७९ जनाले सेयर भरेका हुन् । भदौ १५ गते शुक्रबार साँझ ५ बजेसम्ममा २ लाख ३४ हजार ७७९ जना आवेदकले २७ लाख २६ हजार ३५० कित्ता सेयर माग गरेका सीडीएससीले जनाएको छ । सो अवधिसम्ममा ६६ करोड ५२ लाख २९ हजार चार सय रुपैयाँ बराबरको आवेदन परिसकेको छ । कम्पनीले आज भदौ १५ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँको आईपीओ बिक्री गरेको हो । कम्पनीले अंकित मूल्य दर १ सय रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा १ करोड १२ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये ११ लाख २५ हजार कित्ता विदेशमा रोजगारीमा रहेका नेपाली, ५ लाख ६२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ५ लाख ६२ हजार ५ सय कित्ता कर्मचारीलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ । अब बाँकी रहेको ९० लाख कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा १९ गते र ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम अधिकतम सम्पूर्ण १५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता आवेदन भर्नका लागि २ हजार ४४० रुपैयाँ आवश्यक पर्नेछ । यदि सोभन्दा बढी कित्ताका लागि आवेदन दिने हो भने सो रकम बढ्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी आइआर त्रिपलबी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको समयमा नै वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको सुरक्षित कम्पनीको रुपमा जनाउँदछ ।