प्रभु महालक्ष्मी लाइफको नाफामा २५.७४ प्रतिशत छलाङ, यस्ता छन् अन्य सूचक
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा १२ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले २५.७४ प्रतिशत बढी नाफा गरेको हो । गत असोजसम्म कम्पनीले १ अर्ब १७ करोड २९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १२ करोड ५८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ४.१८ प्रतिशत बढेको हो । तीन महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १२.२७ प्रतिशत बढेर १ अर्ब १५ करोड १४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २ करोड ५५ लाख रुपैयाँ खुद भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ११.६७ प्रतिशत बढेर १ अर्ब ५७ करोड ८१ लाख रुपैषँ गरेको छ भने कुल खर्च १०.५९ प्रतिशत बढेर १ अर्ब ४५ करोड १८ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४१ करोड ३१ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो भने १ अर्ब ३१ करोड २७ लाख रुपैयाँ कुद खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १० प्रतिशत बढेर ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ, सेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ती कोष ६.९६ प्रतिशत बढेर ९ करोड ६९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग ३४.८९ प्रतिशत घटेर ६२ करोड २५ लाख रुपैयाँ र अन्य इक्विटी १७ करोड ५२ लाख रुपैयाँ रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी १.३४ रुपैयाँ बढेर १०.६९ रुपैयाँ पुगेको छ । मूल्य आम्दानी अनुपात ५३.५५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११९.३४ रुपैयाँ रहेको छ ।
आज सेयरधनी बने एनएलजीको हकप्रद सेयर किन्न पाइने
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले भोलि कात्तिक २७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज कात्तिक २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले मंसिर ११ गतेदेखि चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार रुपैयाँको ६.२५६ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ६.२५६ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । कम्पनीले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद निष्काशनपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँ पुग्नेछ । कम्पनीको सेयरमा लगानीकर्ताहरूले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताले एनएलजी इन्स्योरेन्सका केन्द्रीय तथा क्षेत्रिय कार्यालय, लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट सीआस्वा प्रणाली र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।
सूर्यज्योति लाइफबाट बाहिरिँदै संस्थापक, बिक्रीमा राखे पौने ६ लाख कित्ता
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको पौने ६ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । इन्स्योरेन्स कम्पनीमा संस्थापक समूहका केही सेयरधनीहरूले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् । कम्पनीका अनुसार संस्थापक समूहको ५ लाख ८२ हजार ८५८ कित्ता सेयर बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले उक्त सेयर खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ । इच्छुक लगानीकर्ताले खरिद गर्न चाहेको सेयर संख्या र दर रेटसहित बोलपत्र पेश गर्नुपर्ने हुन्छ । कम्पनीको सेयर रजिष्ट्रारको काम भने एनआईसी एशिया क्यापिटलले गरिरहेको छ ।