बैंकर श्रीमती र बैंकर श्रीमानलाई माया गर्नु है !
मैले पढाउने स्कुल कोटेश्वरनिर भएकोले बिहानको नौ बजे सदा झैँ कपनबाट कोटेश्वरतिर जाने बसमा चढेर ९:२० बजे ठ्याक्क के ओर्लेको मात्र थिए, वर्षाैंपछिको स्कुलमासँगै पढेको साथी प्रियासँग अकस्मात भेट् भयो । म प्रफुल्ल हुँदै परै बाट हात हल्लाए । उसले मलाई देखिन् र मुस्कुराउँदै भनिन्- तिमी सुशिल होइन् ? बदलामा म त भनेँ । उनले मलाई हतार छ, पछि कुरा गरुम्ला ल… तिम्रो नम्बर देउ त, म पछि फोन गर्छु भनिन् । उसलाई हतार छ सायद । केही अप्ठ्यारो परेको होला । फेरि वषौंपछि भेट भएको । मैले कुरा अगाडी बढाउने र गफ गर्ने यो उपयुक्त समय नभएको यकिन गरेँ । र, भने- ल टिप ९८…। उसले हतार हतार अर्को बसमा चढ्दै भनिन्- मिस्डकल दिन्छु, मेरो नम्बर सेभ गर है । र, उनी सुन्धारा… सुन्धारा भन्दै सहचालकले बोलाइरहेको बसमा बुरुक्कै उफ्रेर चढिन् । म ढुक्क भए वास्तवमै उसलाई हतार भएकै रहेछ । अलि दिनपछि फेरि मेरो कलेजको साथी विकास भेट भयो, उही कोटेश्वरमा । तर, प्रायः ऊ बाइकमा हुन्छ । मलाई कहिले काहिँ बाइकबाटै हर्न बजाउछ । म ठिङ्ग उभिन्छु रोक्छ कि बाइक भनेर । अहं रोक्दैन । विकाससँग भेट हुँदैन भनुम भने बाइकमा देखादेख हुन्छ । भेट हुन्छ भनुम् भने रोकिएर गफगाफ भएको छैन । म घर आएर सोच्छु- स्कुल र कलेजका साथीहरु जोसँग विगतमा स्कुल र कलेज पढ्दासँगै घन्टौं गफगाफ हुन्थे, सँगै डुलिन्थ्यो, हिडिन्थ्यो । सँगै बसिन्थ्यो । आज किन आँखा जुध्न पनि गाह्रो, किन बोल्दैनन् मसँग ? सायद ठूला भए क्यारे । भाउ खोजे जस्तो छ साथीहरुले । अलि दिन पछि शनिबार प्रियाको फोन आयो । भनिन्- सुशिल तिमी कहाँ हो…? भेटुम न ल । मनमनै भनेँ- अस्ति भेट्दा पनि नबाेल्ने तिमी होइन् ? यस्तो भनेर कहाँ हुन्छ र ? अनि भनेँ- हुन्छ । तर कहाँ ? उनले उही कोटेश्वरमा बताइन् । एउटा कफिशपमा । म उनले दिएको सयम २ बजे नै कफिसपमा पुगेँ । भेटेपछि स्कुलका कुरा भए । कलेजका कुरा भए । उनी बैंकमा काम गर्दिरहिछन् । बसाई बनेपा, जागिर सुन्धारा उनले दुखेसो पोखिन् । बैंकको जगिर तिम्रो झै मास्टरको जस्तो कहाँ सजिलो हुन्छ र ? ‘पहिला बनेपा नोकरी हुँदा लोन लिएर घर बनाएको, अचेल सरुवा भएर सुन्धारा शाखामा छु । सधै घरपायक जागिर नहुँदो रहेछ, हेरन’ उनी गुनासोको पोको फुकाउँदै थिइन् । अनि बिहान कति बजे हिड्छौं नि ? मैले बिचैमा प्रश्न गरे । ‘बिहान त्यस्तै ८ बजेतिर,’ उनले सटिक जवाफ फर्काइन् । मै छक्क पर्दै सोधे- अनि खाना ? ‘खाना त खाएर नै हिड्छु,’ उनले यत्ति भनिन् । ग्यास्टिक होला नि, मैले माया दर्शाउँदै भने । ‘ग्यास्टिकको त कुरै नगर, बैंकमा काम गर्ने प्राय सबैलाई ग्यास्टिक हुन्छ नि ।’ उसले यसो भन्दा म ट्वा परें । ‘तिम्रो सरकारीमा जस्तो कहाँ हुन्छ र प्राइभेटमा ? बिहान उठ्, नानीहरुलाई होमवर्क गराउँ, खाना बनाउँ, भाडा माझ, हतार हतार अफिस जाऊ, बेलुका घर पुग्दा ८ बज्छ, थाकेर पूरै लोत हुइन्छ नि,’ सायद कसैसँग फुकाउन नपाएको गुनासाको पोको धेरै पछि मसँग खोल्दै थिइन् उनी । अनि घरमा सासु, नन्द र श्रीमानले सघाउँदैनन् ? म बिल्कुल नितान्त कुरा सोध्न पुगें । ‘अँह, मोबाइल र टिभीको रिमोट भए पुग्यो घरकालाई, अनि महिनै पिच्छे आउने मेरो तलब पनि चाहिन्छ,’ उनले यसोभन्दै गर्दा नियाउरो अनुहार लगाइन् । त्यसो भए बैंकको जागिर छोड, अर्को जागिर गर्नु नि- मैले प्याच्च थपे । ‘कहाँ त्यस्तो हुन्छ ? बैंकको जागिर अरु क्षेत्र जस्तो सजिलो नभए पनि यसमा पारदर्शिता छ, मिहिनेत गर्नेलाई अवसर र मिहिनेतको मुल्याङकन छ । राम्रो गरे प्रमोशन चाडाे पाइन्छ, सेवा सुविधा पनि राम्रै हुन्छ । अलि कति घरकाले सहयोग गरे राम्रो र सजिलो हुने थियो, गुनासो खालि त्यति हो । बैंकमा काम गर्ने बुहारी र श्रीमतीलाई सहयोग गरुन्, माया गरुन्, त्यति भए केहि चाहिँदैन,’ उनले हाँस्दै भनिन् । मैले थपें- त्यसो भए बैंकमा काम गर्ने केटा मान्छेलाई चाहि मोज छ हो ? खाना पकाउनु पर्दैन । घरको काम गर्नु पर्दैन होला । केटा मानिसलाई पनि त्यस्तै हो । हामीसँग सँगै पढ्ने विकास थियो नि, ऊ पनि बैंकमै हो । मैले बीचैमा कुरा थपें । कोटेश्वरमा भेट हुन्छ मेरो । हर्न बजाउँछ तर, बाइक रोक्दैन । ‘उसको त झन् थानकोटमा हो नोकरी । मेरोभन्दा टाढा । उसलाई त झन् हतार हुन्छ । घरमा समय दिँदैन भनेर बुबाआमाले र श्रीमती केटाकेटीले कचकच गर्छन् रे,’ उनी विकासको दुःख सुनाउन लागिन् । ए ! त्यसो पो ! म ट्वाल्ल परें । अनि अस्ति तिमी कोटेश्वरमा बुरुक्क उफ्रेर बस त्यै भएर पो चढेको ? मेरा प्रश्न थपिँदै गए । ‘हो त । तर, यसमा तिमीले सोचेभन्दा अलि भिन्न छ । म बस चढन् बुरुक्क उफ्रेको कहाँ हो र ? त्यो बुरुक्क उफ्रेर मैले यो सालको टार्गेट भेट्टाउनु छ । प्रमोशन खानु छ । बैंकको नाफा बढाइ बाेनस खानु छ,’ उनले हाँस्दै भनिन् । त्यै भएर पो विकासले बाइक नरोकी हर्न मात्र बजाएको टाढैबाट ? मैले कुराकानी अघि बढाउँदै लगेँ । ‘बैंकमा काम गर्ने मान्छे, धन्न हर्न बजाउन भ्यायो भन न । अब छुट्टिनु पर्छ होला । घरमा कत्ति काम छन् । आज शनिबार, हप्ताभरिको काम छ । जाम ल !’ उनले उठ्दै भनिन् र काउन्टरमा कफिको पैसा तिर्न लागिन् । पर्दैन, म तिरिहाल्छु नि । मैले पर्स निकाल्न खाजेको मात्र थिए, उसले रोक्दै भनिन्- भो म र्तिछु हामी बैंकरसँग प्रशस्त समय पो छैन त, पैसा त छ नि हो । दुबै जना एकसाथ हाँस्दै छुट्टियौं । आज फेरि कोटेश्वरमा बाटो काट्दै गर्दा विकासले फेरि बाइकको हर्न बजायो टाढैबाट । अब भने मैले बुझे, उसले बाइक नरोक्नुको कारण । उसको व्यस्तता र हतारो । र, अनायासै सोच्न पुग्छु- हिजो साथीसँग वर्षाैंपछि भेट हुँदा खुशी त लाग्यो तर, त्यस्तो व्यस्त पेसा र घर दुबै मिलाएर जिन्दगी अगाडी बढाउन यी बैंकरका परिवारले पनि सहयोग गरे, घरका सदस्यले पनि आ-आफ्नो तर्फबाट यिनीहरुको व्यस्ततालाई बुझेर अलिअलि सहयोग गरे कति जाती हुन्थ्यो होला ? कति खुशी हुन्थे होलान् यिनीहरु ? आखिर परिवारकै लागि त मरिहत्ते गर्छन् नि बैंकरहरु । अनि विकासलाई पनि परैबाट हात हल्लाएर बाईबाई भने । तर, उसले देखेन, पर हुइकिसकेको थियो उसको बाइक । मैले मनमनै भने बैंकरको परिवारलाई, बैंकर श्रीमती र बैंकर श्रीमान्लाई माया गर्नु है ! तिमीहरुले पनि माया नगरे कसले गर्छ र !
शाइन रेसुङ्गाको रणनीतिः स्टेकहोल्डरको इच्छा जसरी नि पुरा गर्ने, सर्भिस डेलिभरीमा ‘नो कम्प्रोमाइज’
शाइन रेसुङ्गा बैंक २०६५ सालमा शाइन डेभलपमेन्ट बैंक लिमिटेडको नाममा रुपन्देहीको बुटवलमा ३ जिल्ला कार्य क्षेत्र भएर स्थापना भएको बैंक हो । स्थापनासँगै करिब ४ वर्षपछि (अर्थात २०६९ सालमा) गुल्मी जिल्लाको रेसुङ्गा विकास बैंक लिमिटेड जसको एक जिल्ला कार्यक्षेत्र थियो, त्यो बैंकलाई मर्ज गरेर शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक भयो । उक्त बैंकलाई मर्ज गरी सकेपछि कार्य क्षेत्र पनि ३ जिल्लाबाट बढाएर १० जिल्लामा विस्तार गर्यौं । र, त्यसपछि २०७३ सालमा प्युठान जिल्ला कार्यक्षेत्र भएको गौमुखी विकास बैंकलाई फेरि हामीले मर्ज गर्यौं । त्यसपछि हालैमात्र अर्थात करिब डेढ वर्षअघि बाँके जिल्लामा केन्द्रिय कार्यालय भएको भार्गव विकास बैंक लिमिटेड र रुपन्देहीको सिद्धार्थनगरमा केन्द्रिय कार्यालय भएको पूर्णिमा विकास बैंकलाई एक्वायर गरेर राष्ट्रिय स्तरको विकास बैंकको १० वर्षको यात्रा सम्पन्न गरेको हौं । तीन जिल्ला कार्यक्षेत्रबाट १२ वर्षमा हामी राष्ट्रिय स्तरमा प्रवेश गर्यौं । करिब डेढ वर्ष अगाडि हामीले राष्ट्रिय स्तरको लाइसेन्स पाएका थियौं । र, नेशनल नेटवर्कमा एक्स्पान्सन गर्ने क्रममा कोभिडको महामारीको कारणले गर्दा केही समय पछि मात्र हामी उक्त नेशनल नेटवर्कमा प्रवेश गर्न गइरहेका छौं । हालै हामीले पोखरा र महेन्द्रनगरमा बजार विस्तार गर्यौं र अब केही दिनमा धनगढीमा पनि हुँदै छ । आज (चैत ८ गते) बाट औपचारिक रुपमा हामीले काठमाडौंमा ५ वटा ब्रान्च (शाखा) बाट बजार विस्तार गर्दैछौं । योसँगै शाइन रेसुङ्गा बैंकको नेटवर्क कूल ८० वटा शाखा हुने छ । यसको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवलमा आफ्नै भवनमा रहेको छ । हामी २०७७ साल फागुन ११ गतेबाट १२ वर्ष पार गरेर १३ वर्षमा प्रवेश गरेका थियौं । त्यही अवसरमा हामीले हाम्रो केन्द्रिय कार्यालय पनि आफ्नौ भवनमा स्थापना गरेका हौं । २०६५ सालमा एउटा सानो वित्तीय संस्थाको रुपमा हाम्रो स्थापना भएको थियो । र, त्यतिखेर केन्द्रिय बैंकको वित्तीय पहुँच वृद्धिको लागि सानो क्यापिटलमा एक जिल्ला विकास बैंक हुनु पनि त्यतिखेर धेरै ठूलो थियो । एक करोड रुपैयाँ चुक्ता पुँजीमा सानो बैंकले वित्तीय पहुँचमा हामीले त्यो बेलामा धेरै नै काम गर्यौं । ग्रामीण बैंकिङ्गमा हामीले धेरै काम गर्यौं । कुनै बेला यस्तो थियो, हाम्रो १५/२० वटा शाखा हुने बेलामा हाम्रा अधिकांश शाखाहरु पहाडी जिल्लामा अर्थात अत्यन्त ग्रामीण क्षेत्रमा थिए । त्यो बेलामा हामीले हाम्रो पहुँच वृद्धि गर्नमा र आय नै नभएकालाई एउटा आयको सृजना गर्ने एउटा सानो भए पनि लघुउद्यममा यो बैंकले काम गरेको छ । १२ वर्षको अवधिमा बैंकको चुक्ता पुँजी ६ करोड रुपैयाँ छ । अहिले हामीसँग ४ अर्ब माथिको पुँजी कोष छ । यसैगरी ३ जिल्ला नेटवर्क भएकोमा अहिले हामी राष्ट्रिय स्तरमा छौं । यो १२ वर्षमा बैंकले ३३ अर्ब रुपैयाँबढी निक्षेप संकलन गरी ३० अर्ब रुपैयाँ बढी कर्जा परिचालन गर्न सफल भएको छ । करिब ४ लाख बढीको ग्राहकहरु हुनुहुन्छ । र, आज हामी यो वेसमा अब राष्ट्रिय स्तरमा काठमाडौंमा आएका छौं । यो बैंक २०६५ सालमा स्थापना हुँदा हामी सबैभन्दा कान्छो विकास बैंकको रुपमै थियौं । र, आज राष्ट्रिय स्तर (नेशनल लेभल)मा जाँदा पनि नेशनल लेभलको विकास बैंकमध्ये सबैभन्दा कान्छो विकास बैंककै रुपमा रहेका छौं । मतलब, करिब ९० को हाराहारीमा रहेका विकास बैंकमा यो विकास बैंकले त्यतिखेर त्यो बैंकिङ्ग क्षेत्रमा प्रतिस्पर्धा गर्नु पनि चुनौतिपूर्ण थियो भने आज हामी कान्छो विकास बैंकको रुपमा अगाडि बढी राख्दा पक्कै पनि फेरि त्यो चुनौति कायमै छ । यहाँहरुले विगत १२ वर्षदेखि यो बैंकप्रति जुन विश्वास गर्नुभएको छ । जुन माया गर्नुभएको छ । यो बैंकको ओनरशीप लिनुभएको छ । हामी जहिल्यै पनि भन्छौं बैंक कसको ? बैंक सबै स्टेकहोल्डरहरुको हो । यसको सेयरहोल्डहरु हुनुहुन्छ होला । यसको डिपोजिटरहरु हुनुहुन्छ होला । यसको क्रेडिटरहरु हुनुहुन्छ होला । हामी जुन ठाउँमा छौं, त्यहाँको कम्युनिटी होला । त्यसैले यो सबै स्टेकहोल्डरको बैंक हो । र, हामी अनुरोध गर्छौं यो बैंकको ओनरशीप (स्वामित्व) यहाँहरुले दिनुहुने छ । विगतमा पनि त्यो ओनरशीप लिएको कारणले र हामीलाई विश्वास गरेको कारणले हामीले १२ वर्षको यो चुनौतिपूर्ण यात्रा पार गरेर अब हामी १३ वर्षमा लागेसँगै काठमाडौंमा प्रवेश गरेका छौं । हामी यहाँहरुसँग प्रतिवद्धता व्यक्त गर्दछौं । त्यो ग्रामीण क्षेत्रमा रहेर हामीले व्यवसाय गर्दा हामीसँग धेरै लिमिटेसनहरु थिए । ग्राहकलाई सेवा पर्याउने कुरामा हामीसँग सीमित पूर्वाधार थिए । अब हामी ५० प्रतिशतभन्दा बढी आर्थिक कारोबार हुने, बैंकिङ्ग कारोबार हुने काठमाडौंमा प्रवेश गरेका छौं । र, यो अवसरमा यहाँहरुलाई हामी के भन्छौं भने हामीले केही नयाँ कुरा गरिहेका छैनौं । एउटा बैंकरले जे गर्नुपर्ने हो । एउटा बैंकले जे गर्नु पर्ने हो । हामी त्यही रोल मात्र गर्छौं, त्योभन्दा बाहिर जाँदैनौं । कर्पोरेट गभर्नेन्स, इथिकल बैंकिङ्ग, प्रुडेन्ट बैंकिङ्ग, इन्टरनेट कन्ट्रोल र सर्भिस डेलिभरीमा जोड दिन्छौं । त्यही कारणले नै हामी यहाँसम्म आएका छौं । र, हाम्रो यी कुरालाई नै यहाँहरुले स्वीकार गरिदिनु भएको छ भन्ने विश्वास छ । बैंकको सीईओ रुपमा म यहाँहरुसँग फेरि पनि प्रतिवद्धता गर्न चाहन्छु । यो प्रतिस्पर्धी बैंकिङ्ग वातावरणमा यहाँहरुले एउटा विकास बैंकबाट के चाहानुहुन्छ, यहाँहरुले खोजेको जस्तो सेवा सुविधा शतप्रतिशत पुरा गर्नमा प्रतिवद्ध छौं । हजुरहरुको यो बैंकप्रति जे जस्तो एक्स्पेक्टेशन छ, त्यसलाई पुरा गर्न हामी हरेक समय प्रतिवद्ध रहेको निवेदन गर्दछु । (आइतबार काठमाडौंमा ५ शाखा उद्घाटन गर्ने कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पौडेलले राखेका बिचारमा सम्पादित अंश) सम्बन्धित समाचार शाइन रेसुङ्गाको बैंकिङ सेवा अब काठमाडौंमा पनि, एकैदिन उद्घाटन गर्यो ५ नयाँ शाखा
कामप्रतिको विश्वास नै सफलताको आधार
हामी जलस्रोतको हिसाबले विश्वकै दोस्रो धनी राष्ट्र यसो भन्दा छाती चौडा पारेर नाक नफुलाउने कुन नेपाली होला तर शिरपुछारै बाह्रै महिना कुला नाला र खोला नदीहरुमा धारा प्रवाह पानी बगाउन सक्ने भएर पनि केही समय अघिसम्म चर्को लोडसेडिङकाे पीडा खेप्नेमा सम्भवतः हामी नेपाली नै प्रथम थियौं होला । चिया पसलमा, चौतारामा होस् या भट्टीमानै किन नहोस् ठूला ठूला गफ गर्ने तर व्यवहारमा माखो नमार्ने प्रवृत्तिले दक्ष र केही काम गर्ने अठोट बोकेका युवालाई नकारात्मक असर पारिरहेको छ । केही योजनाका साथ केही काम गर्न अठोट बोकेका व्यक्तिलाई खाली समस्याको भारी देखाईदिने र भविष्यनै छैन भन्ने सन्देश दिने जमातले बिगारेको देशका बासिन्दा हौं हामी । यहाँ नभएको केही छैन हामी ४०/४५ हजारको जागिरको लागी विदेश जान्छौं तर विदेशी यहाँ आएर त्यो भन्दा बढी कमाएर लगाएका छन् । हामी बिस्तार बिस्तारै बिलासितातिर लम्कीरहेका छौं दुःख नगर्ने मिठो खाने, गाउँ छोडने शहर पस्ने, उत्पादनमूखी होईन उपभोगमूखी हुने अनि कहाँबाट हुन्छ सम्बृद्ध र विकास ? हामी हाम्रो जीवन बदल्नको लागी पटक पटक सोच्छौं आफ्नो जीवन सुधारेर राम्रो बन्नको लागी, कति नियम बनाउछौं भोलीदेखि यो गर्छु, अर्को महिनादेखि यो गर्छु, जन्म मितिदेखि यो गर्छु, नयाँ सालबाट यो गर्छु तर पनि जीवन उहीको उही रहन्छ भएको बानी पनि हट्दैन आखिर किन ? के कुराले असर गरिरहेको छ हामीलाई अगाडि बढ्नमा ? हो हामी आफ्नाे भन्दा पनि अरुको बारेमा सोच्ने गर्दछाैं । अर्काको रिस डाह गर्ने र पछाडि कुरा काटने बानी प्राय हामी सबैमा छ उदाहरणकाे लागी आफुसंगै रहेको साथी आफूलाई छोडी अगाडी बढ्यो भने वा अलिकति पैसा कमायो भने हामीलाई डाह लाग्छ तर त्यही पेशामा नचिनेको मान्छे माथी पुग्यो भने वा विनोद चौधरीहरु धनी भएको तपाईलाई मतलब छैन । आखिर किन तपाईंको साथीभन्दा माथि तपाईंले नचिनेको मान्छे धेरै अगाडी बढी सके, बिनोद चौधरीहरु धनाढ्यको सूचीमा नाम चढाईसके किन आफ्नै सहकर्मीको रिस गर्नुहुन्छ किनकी तपाईं आफ्नाे घेराबाट बाहिर निस्कनु भएकै छैन जस्तो समाजमा हुर्कीयौं जस्ताको सङ्गत गर्याैं त्यही सिक्याैं । कहिल्यै समाज र सङ्गत भन्दा पनि फरक केही छ की भनेर अध्ययन गरेनौं । अनि भावनाले मात्र जीवन चलाउन खोज्यौं । तर भावनाले मात्र त जीवन चल्दैन जीवन चल्नको लागी भोग्नै पर्दछ । जीवन नभोगी जीवन नचिनि नै हामी जीवन बिताईरहेका छौं । हो, हाम्रो जीवन पनि त्यही हो केही गरेका नै छैनौं अनि केही गर्न खोज्यो अरुले केही भनिदिन्छ अनि तुरुन्तै बदली दिन्छौं । जे जान्याैं त्यही ठीक जे सुन्याे त्यही राम्रो भन्ने बानीको विकास भएको हामीमा परिर्वतनको ठूलो खाँचो छ । एउटा सन्दर्भ हेरौं । केही समय अघिको कुरा हो दुई जना साथीहरु मिलेर पसलमा मःम खान गएछन् । मःम अर्डर गरेछन् । र, मःम आईपुगे पछि दुई जना मिलेर गफगर्दै मिठो तालले मःम खाईरहेका थिए । नजिकै एक जना ग्राहक आई बसेछन् र साउजीलाई सोधेछन् साउजी बफ मःम छ ? अनि साउजीले उत्तर दिएछन् भाई यहाँ बफको भन्दा अरु मःम नै बन्दैन भनेपछि खाईरहेको साथीहरुले सुनेछन् । त्यसमध्ये एक जना साथीले मुखमा हालेको मःम पनि फ्याकेछन् र उनलाई बान्ता पनि भएछ । आखिर मःम बफको खानु हुँदैन भनेर कही लेखेको छ र ? कि सुन्ने बित्तिकै बान्ता गर्नु पर्दछ भनेर लेखेको छ ? छैन भने किन भयो त बान्ता ? खानै नहुने भए अरुले किन मागे त बफ मःम ? के फरक छ त दुबैमा ? दुबै मानिस नै हुन् । किनभने उसलाई बफ मःम खान बानी पारएन, सिकाईएन र त्यसप्रति घृणा जगाईयो र उसको दिमाख तीनै कुराहरुबाट प्रभावित भएको थियो । हो हामीले जे देखेका छौं, जे भोगेका छौं अनि जे सिकेका छौं त्यतिलै पूर्ण होईन । आफै जान्न पर्ने, सुन्न पर्ने र भोग्न पर्ने र अध्ययन गर्नु पर्ने कुरा धेरै छन् । तर हामी यी सब गर्न तयार छैनाैं समस्याबाट भागीरहेका छौं । हामीलाई यो थाहा छैनकी समस्याबाट भाग्नु भनेको अर्को समस्या निकाल्नु हो । आफ्नो कामबाट भन्दा पनि अरुको कुरा सुनेर हामी धेरै दु:खी हुने गर्दछौं । याद गरौं, तपाईं आफ्नो लक्ष्यमा डरलाई कुनै स्थान दिनुहुन्छ भने आफ्नो काममा पनि विश्वास गर्नु हुँदैन जब तपाई आफू स्वयम् आफूमा विश्वास हुँदैन तब तपाईंले सोचेको काम पनि पुरा हुँदैन । तसर्थ काम गर्नुभन्दा पहिला कामप्रति विश्वास राखौं र कामलाई सफलता तिर डोराऔं । (जाेशी बैंकर हुन् ।)