निषेधाज्ञामा पनि सेवाग्राहीलाई सेवा दिन तल्लीन छौंः निलेशमान सिंह प्रधानकाे विचार
सरकारले बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको समयमा सबै बैंक तथा वित्तीय संस्था वाहेक सबै संघ संस्था बन्द छन् । यो बेला आम सर्वसाधारण र अन्य संस्थाहरूका लागि पनि डिजिटलमा बढी अभ्यस्त हुने र प्रविधिसँग झन बढी नजिक हुने समय हो । अहिले निषेधाज्ञा भएकोले पनि प्रविधिको प्रयोगले काम गर्नु वाहेको विकल्प छैन । यही समयमा हामीले पनि झन बढी सक्रिय भएर हाम्रा सदस्य ग्राहकलाई सेवा दिइरहेका छौं । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण झन तीव्र रूपमा फैलिरहेको भए पनि हामीलाई यो समयमा झन बढी खटिएर काम गर्नु पर्ने जिम्मेवारी बढेको छ । अहिले हामीले हाम्रा सम्पूर्ण कर्मचारीह?लाई वर्क फ्रम होमको व्यवस्था गरेका छौं । हामीले डिजिटल्ली ?पमा बढी काम गर्ने भएकोले पनि घरबाटै काम गर्न पनि सहज भइरहेको छ । तर, अफिसमा नआई नहुने कर्मचारीहरू भने आइनै रहेका छौं । निषेधाज्ञामा अलिकति गाह्रो त भइहाल्छ । तर काम गर्दा गत वर्षको जस्तो असहज परिस्थिती भने हामीलाई छैन । निषेधाज्ञा भए पनि हाम्रो कारोबारमा असर परेको छैन । जहिले पनि सबै काम प्रविधि मार्फत हुने भएकोले पनि कारोबारमा खासै परिवर्तन देखिँदैन । तर, चेक क्लियरिङमा भने केही गिरावट आएको छ । क्लियरिङ हाउसले सबै प्रकारका भुक्तानी प्रणालीमा काम गर्नका लागि त्यस अनुरूपका पूर्वाधार निर्माण गरेको छ र गरिनै रहनेछ । अहिले इकोनोमिक एक्टिभिटिज नभएको बेला अवश्य नै कारोबार बढ्ने भन्ने त हुँदैन । अहिले चेकको कारोबार तथा डेटा ट्रान्जेक्सन कम छ । आइपीएस र कनेक्ट आइपीएसको कारोबार भने बढेको देखिन्छ । हामी सामान्य अवस्था अर्थात चैतसम्म जुन अवस्थामा थियौं त्यही रेसियोमा नै अहिले अगाडि बढिरहेका छौं । चेकको कारोबार भने निषेधाज्ञा हुनु अगाडिको तुलनामा आधा जस्तै छ । चैत मसान्तसम्मको तथ्यांक हेर्न हो भने हाम्रो दैनिक एभरेज चेक ट्रान्जेक्सन ५०/५५ हजार हो । अहिले निषेधाज्ञाको समयमा दैनिक एभरेज ३२ हजारदेखि ३५ हजारसम्म ट्रान्जेक्सन भइरहेको छ । कनेक्ट आइपीएसमा दैनिक ६०/६५ हजार एभरेज ट्रान्जेक्सन हो । अहिले पनि त्यही रेसियोमा भइरहेको छ । डिजिटल ट्रान्जेक्सन प्रयोग गर्नको लागि बैंक वा कुनै संस्थामै जानु पर्छ भन्ने हुँदैन । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र क्यूआरकोड र हाम्रो आफ्नै एप पनि छ । यी विभिन्न माध्यमबाट सेवा लिन सकिन्छ । यी विभिन्न माध्यम प्रयोग गर्ने प्रयोगकर्ताको संख्या भने बढेको छ । सामान्य अवस्थामा क्लियरिङ हाउसले सञ्चालनमा ल्याएका सबै भुक्तानी प्रणालीहरू (चेक, आईपीएस, कनेक्ट आईपीएस) बाट दैनिक २ लाखदेखि २ लाख ५० हजार कारोबारमार्फत ४०/४५ अर्ब ?पैयाँ हाराहारीको भुक्तानी हुने गरेको छ । यो वर्षको तथ्यांक हेर्ने हो भने हालसम्म (बैशाख २८ मंगलबार) १ करोड २० लाख चेक ट्रान्जेक्सन भएको छ । त्यसमार्फत ७.६ ट्रिलियन रूपैयाँ कारोबार भएको छ । यस्तै, आइपीएसमा ९२ लाख ट्रान्जेक्सनमार्फत करिब २ ट्रिलियन रूपैयाँ भुक्तानी भएको छ । कनेक्ट आइपीएसमा पनि १ करोड ३४ लाखको ट्रान्जेक्सनमार्फत ०.९५ ट्रिलियन रूपैयाँ भुक्तानी भएको छ । हामीसँग जोडिने सदस्यहरू पनि बढ्दै गएका छन् हालसम्म बैंक तथा वित्तीय संस्थाहरूमा चेकमा ६४, आइपीएसमा ६२ र कनेक्ट आइपीएसमा ५४ वटा सदस्य रहेका छन् । यस्तै, अन्य पीएसपी, पीएसओ, नेपाल सरकारको र गैरवित्तीयसंस्थाहरू गरेर कुल ३५ वटा सदस्य हामीसँग जोडिनु भएको छ । यस्ता प्रणाली सञ्चालन गर्ने संस्थाले सुरक्षाका आधारभूत पक्ष पनि अपनाउनुपर्छ । यस्तै, प्रयोगकर्ता पनि सजग हुनु पर्ने अवस्था छ । प्रयोगकर्ताले आफ्नो पासवर्ड, पिन नम्बरजस्ता गोप्य विवरण कसैलाई पनि दिनु हुँदैन । यस्तै, आइपीएस, कनेक्ट आइपीएसमार्फत कारोबार गर्दा शुल्क सस्तो पनि पर्छ । हामीले रकमका आधारमा शुल्क तय गरेका छौं । इपीएसको हकमा २ रूपैयाँदेखि १० रूपैयाँसम्म शुल्क लिन्छौं । कनेक्ट आएपीएसमा २ देखि १५ रूपैयाँसम्म शुल्क लाग्छ । भुक्तानी प्रणालीहरूमा प्राविधिक पूर्वाधारका काम हुने भएकाले विभिन्न प्राविधिक चुनौती अवश्य नै हुन्छ । सेवाग्राहीले पनि प्रविधि सम्बन्धि धेरै कुरा बुझ्न र सिक्न आवश्यक छ । हामीले सेवाग्राहीलाई सचेत बनाउनै बाँकी छ जस्तो लाग्छ । (नेपाल क्लियरिङ हाउसका सीईओ प्रधानसँग गरिएको कुराकानीमा आधारित)
के हेरेर बसिरहनु भएको छ प्रधानमन्त्रीज्यू ? स्वास्थ्य संकटकाल लगाउनुस् न
सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार । म एक आम नागरिक । हजुर बसेकै देशको एक बासिन्दा । हजुर मलाई चिन्नुहुन्न । तर देशको प्रधानमन्त्रीको नाताले र जनताको नाताले अप्रत्यक्ष रुपमा म हजुरलाई चिन्दछु । किनकि म आम जनता हो र, एक जनताले आफूले जिताएको र निर्वाचनबाट चुनेको सरकार र त्यसको प्रधानमन्त्रीले के गरिरहेको छ ? नागरिकप्रति कस्तो जिम्मेवारी वहन गरिरहेको छ ? सधै नजिकवाट नियालिरहेको हुन्छ । सम्माननीय प्रधानमन्त्री ज्यु, विश्व कोरोना भाइरसवाट अक्रान्त भइरहेको वेला र विश्वमा लाखौं मान्छे मरिरहदा र हजारौ नेपाली मरिरहदा के त्यसको रोकथाम गर्ने र नागरिकलाई बचाउने जिम्मा तपाइको होइन् ? आज हस्पिटलमा अक्सिजनको सिलिन्डर नभएर, अस्पतालले विरामी भर्ना नलिएर र कोरोना विरुद्ध बच्न मानिसको भिडभाड नघटाएको कारणले यत्रो मान्छे संक्रमित हुनु र दिनहु मर्नुको जिम्मेवारी कसले लिन्छ सम्माननीय प्रधानमन्त्रीज्यू ? सगैंको छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना देशका जनतालाई वचाउन लाखौं सिलिन्ड अक्सिजनको व्यवस्था गर्दा, लाखौं कोरोना भ्यक्सिन जनतालाई लगाउदा र विपक्षी पार्टीका नेता राहुल गान्धी लगायतका नेतासँग यस्तो विपत्तिको वेला कसरी लड्ने भनेर पटक पटक बैठक वस्दा हजुर चाही खाली वेसार पानी खाने कुरा र सरकार विरुद्ध विश्वासको मत लिन कहिले वुढानिलकण्ठ कहिल कहाँ धाइरहनु भएको छ । सायद यो विपत्तिको घढिमा वफादार भई जनतालाई कोरोना विरुद्व वचाउने उपाय गर्नुभएको भए अस्तिको हजुरको अविश्वसको मतको ग्राफ अर्कै हुन्थ्यो होला कि ? सम्माननीय प्रधानमन्त्रीज्यू, हिजो मात्र कोरोनाले २२५ जनाको मृत्य भएको सरकारी तथ्यांक छ । हालसम्म ४ लाख १३ हजार १११ जनामा कोरोना पोजेटिभ देखिएको छ । अव भन्नुहोस्, यस्तो वेला कोरोना लागेका विरामी र उसका परिवारले कत्तिको मानसिक दवाव झेल्नु परो होला ? कसरी जुधे होलान् ? आइसोलेसनमा मात्र आज नेपालमा ९७ हजारभन्दा वढि वसेका छन् । के यस्तो वेला तपाईले देशको अभिभावकको नाताले जनतालाई उपचारको लागि पहल र हौसला प्रधान गर्नुपर्ने होइन ? ढिलो भइसको प्रधानमन्त्रीज्यू, स्कुलहरुलाई हस्पीटलमा परिणत गरौं । केही समयको लागि विकास वजेटलाई स्वस्थ्य क्षेत्रमा खर्च गर्ने गरी व्यवस्था गरौं । अस्पताल चाहिने रहेछ भन्ने कुरा बुझौं । यो वेला कुर्सीको खिचातानी होइन् । सवै दल मिलेर एक हौं र स्थितिलाइ सहज वनाऔं । सामान्य अवस्थामा त पार्टी, भोट र जनता छदै छन् नि । जनता रहे देश रहन्छ भन्ने कुराको वोध गरौं । आजको स्थिति सामान्य छैन प्रधानमन्त्रीज्यू, अव झन भयावह हुनेवाला छ । हिड्डुललाई वन्द गरौं । घरमै वस्न आव्हान गरौं । नेपालको संविधानको भाग ३० को धारा २७३ मा संकटकालिन व्यवस्था वारे नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कनै भागको सुरक्षामा युद्व ,वाहिरी आक्रमण, सशस्त्र विद्रोह, चरम आर्थिक विश्रखलता, प्राकृतिक विपद वा महामारी कारणले गम्भीर संकट उत्पन्न भएमा रास्ट्रपतिले नेपालभर वा नेपालको कुनै खास क्षेत्रमा लागु हनेगरि संकटकालिन अवस्थाको घोषण गर्न वा आदेश जारी गर्न सक्नेछ भन्ने कुरा उल्लेख छ । विज्ञहरुले अवको एक महिना कोरोना भइरस नेपालमा चरम रुपमा हुने र त्यस पछि क्रमश घटदै जाने कुरा सुझाएका छन् । यस्तो अवस्थामा प्रधानमन्त्रीज्यू, अव देशमा केही समयको लागि संकटकाल घोषणा गर्नुपर्छ । बरु जेठ असारको यो वजेटलाई अर्को आर्थिक वर्षमा गभिने गरि २०७७/०७८ र ०७८/७९ लाइ एकै आर्थिक वर्ष वनाएर भएपनि स्थीतिको सहज निकास दिम् । कर्मचारीलाई सकिन्छ भने एक महिना पुरा तलव नभए आधि त्यो पनि सकिदैन् भने वेतलवि विदा दिएर सेना परिचालन गरौं । र, जनतालाई घरमै वस्न आव्हान गरौं । नभए तपाईं त पहुचवाला मान्छे, ठुलो पदको मान्छे, जसोतसो बच्नु होला । म र म जस्ताको के होला प्रधानमन्त्रीज्यू ?। वेलैमा चेतना भया ।
आगामी तीन हप्ता दुःख सह्यौं, घरभित्रै बसौंः डा. रवीन्द्र पाण्डे
काठमाडौं । जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले आगामी तीन हप्ता दुःख सहेरै भएपनि घरभित्र बसिदिन आग्रह गरेका छन् । उनले आगामी तीन हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था छ रहेकोले आम नेपालीलाई घर भित्रै बस्न आग्रह गरेका हुन् । अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ भएसँगै डा. पाण्डेले सामाजिक सञ्जालमार्फत सबैलाई उक्त अनुरोध गरेका हुन् । साथै, उनले यो ३ हप्ता सबैजना कडा सेल्फ लकडाउनमा बस्ने हाे भने संक्रमणको दर घट्दै जाने पनि बताएका छन् । ‘आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था छ । अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ । दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्र नै बसौं । जीवनको तुलनामा दुःख सानो हो । सकभर खाद्यान्न दैनिक किन्ने नगरौं । पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित छन् भनेर निस्किनै परे डबल मास्क लगाएर निस्कौं । त्यस्तै, ६ फिटभन्दा धेरै दुरी कायम गरेर, हात साबुनपानी र स्यानिटाइजरले सफा गरेर सुरक्षित बनौं । भेटघाट पुरै बन्द गरौं ।’, उनले सञ्जालमा भनेका छन् । ‘यो ३ हप्ता दुःख सह्यौं भने संक्रमणको दर घट्दै जानेछ । रोकथामभन्दा उपचार निकै कठिन र जोखिमपूर्ण छ । यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरौं । सरकारले कडाइ गरेको हाम्रै लागि हो । हामी सबैजना कडा सेल्फ लकडाउनमा बसौं ।’, उनले लेखेका छन् ।