क्लिनफिडले टेलिभिजन अपरेटरलाई २५ प्रतिशत नोक्सान भइरहेकाे छ: सुदिप आचार्यकाे विचार

सरकारले विदेशी च्यानलहरुको प्रशारणमा कात्तिक ८ गतेदेखि विज्ञापनरहित (क्लिन फिड) लागू गरेसँगै त्यसको सम्पूर्ण भार नेपाली टेलिभिजन अपरेटरहरुले लिनु परेको छ । क्लिनफिड कार्यान्वयनका लागि हामीले पटक–पटक सरकारलाई समय दिन माग गरेपछि सरकारको दुरदर्शिता बिना आएको यो नीतिले नेपाली टेलिभिजन अपरेटरस्हरुलाई धेरै नोक्सान भएको छ । नेपालमा विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागु भएपछि यस नीतिको विरोधस्वरूप डिजिटल, केबुल, र इन्टरनेट टीभी सेवा प्रदायकहरूले विरोध गरेपनि त्यसको कार्यान्वयन भने यथावथ रुपमा भएको छ । जसको पत्यक्ष असर टीभी अपरेटरलाई मात्र होइन सरकारको राजश्वमा पनि परेको छ । अहिले भारतीय स्पोट्र्स र न्यूज च्यानल बाहेक अन्य च्यानलहरु आइरहेका छन् । रोकिएका च्यानलहरु पनि हामी थप्दै गएका छौं । क्लिनफिडमा सरकारको दुरदर्शीता नभएरै हाम्रो कारोबारमा गिरावट आएको छ । हाम्रो कारोबारमा गिरावट आउनु भनेकाे सरकालाई हामीले तिर्ने ट्याक्समा पनि कमि आउनु हो । यसले सरकारलाई पनि प्रत्यक्ष असर पार्छ । नेपाली टेलिभिजन इन्डस्ट्रीको पहिला सामान्य अवस्थामा मासिक ५ करोडको हाराहारीमा कारोबार हुन्थ्यो । तर, अहिले कारोकार निकै घटेको छ । अहिले मासिक २० देखि २५ प्रतिशतसम्म कारोबार घटेको अनुमान हामीले गरेका छौं । अहिले मासिक ३ देखि ४ करोड रुपैयाँमात्र इन्डस्ट्रीमा कारोबार भइरहेको छ । यो हाम्रो नोक्सान हो । सरकारले ल्याएको विज्ञापन ऐनको पालना पनि कसैले गरेका छैनन् । पहिले भारतीय डीटीएचहरु नेपालमा धेरै थिए । त्यसको विस्थापनका लागि हामीले धेरै संघर्ष गर्यौं । भारतीय डीटीएच विस्थापित पनि भए । केही मात्रामा मात्र आइरहेका थिए । तर, पछिल्लो समय ट्रकका ट्रक भारतीय डीटीएच नेपाल भित्रिएको सूचना हामीले पाएका छौं । जुन निकै दुःखद हो । हामीले नेपाली संस्कृति बचाउनका लागि पनि धेरै प्रयासहरु गरिरहेका छौं । विदेशमा गइरहेको स्वदेशी पुँजी हामीले रोक्ने प्रयास गरिरहेका छौं । क्लिनफिडको कारण हाम्रा उपभोक्ताहरु पनि महँगो शुल्कमा पर्ने देखिन्छ । अहिले प्रविधिगत हिसावले पनि महँगो भएको छ । अब ग्राहकले थप २० देखि २५ प्रतिशतसम्म शुल्क तिनु पर्ने अवस्था आउन सक्ने हामीले देखेका छौं । यो इन्डस्ट्रीमा करिब ३/४ हजार करोड रुपैयाँ लगानी रहेको छ । क्लिनफिडले यो लगानीलाई जोखिममा रोखेको छ । सरकारको यो नीतिले हामीलाई निकै ठूलो धक्का पुगेको छ । हाम्रो लगानी सुरक्षित गर्नमा सरकार अनुदार बनेको छ । विस्तारै हाम्रो कारोबार र तथा व्यवसायमा असर पर्दै गएको छ । यसमै विशव महामारीका रुपमा फैलिएको कोरोना भाइरसले असर गरेको छ भने त्यसमाथि पनि सरकारको नीतिले हामीलाई निकै गाह्रो भएको हामीले महसुस गरेका छौं । सरकारले नीतिले हामीलाई मात्रै निराश बनाएको छैन हाम्रा सेवाग्राहीहरु पनि निकै मारमा पर्नेछन् । क्लिफिडको कारण हाम्रो सञ्चालनदेखि अन्य खर्च बढ्छ । प्रविधि पनि उतिकै विकास तथा विस्तार हुन्छ । यसको भार सिधै सेवाग्राहीमा पर्न जान्छ ।

२ साताभित्र नै ‘स्टार्ट अप’का लागि विशेष योजना सार्वजनिक गर्दैछौं

महासंघको ५४ औं वार्षिक साधारणसभा सम्पन्न भई विभिन्न ६४ पदका लागि भएको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षहरु र ६० कार्यकारिणी समिति सदस्यहरुका लागि निर्वाचन भएको थियो । विधानतः अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान अनुसार मेरो नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, कोषाध्यक्ष र कार्यकारिणी समिति सदस्यहरु सहितको ‘फुल बोर्ड’ गठन भैसकेको छ । महासंघको निर्वाचन पनि ठूलै हुन्छ र निर्वाचनका वखत समूह समूह बनाएर निर्वाचन पनि लड्छौं । व्यालेट बक्समा मत खसालेपछि ती सवै समूह विलय भई एकै समूह मात्र हुन्छ त्यो हो– नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) । अस्ति आइतवार मात्र नवनिर्वाचित कार्यकारिणी समितिका सदस्यहरुबाटै सभापति रहने गरी विधान अनुसार गठन हुने समिति तथा फोरमले समेत पूर्णता पाइसकेका छन् । र, तिनै समिति तथा फोरमहरु मार्फत विषयगत एजेण्डाहरुमाथि छलफल गरेर नेपाल सरकारमा क्षेत्रगत सुझाव दिने महासंघको अभ्यास रहदै आएको छ । महासंघमा जिल्ला/नगर उवासंघ ११३, वस्तुगत १०३, द्विराष्ट्रिय उवासंघ २० र विभिन्न उद्योग प्रतिष्ठान कम्पनी, वैंक, बीमा, होटल समेत गरी ९६९ एशोसिएट सदस्य छन् । यसरी हेर्दा महासंघ देशभरि नै प्रतिनिधित्व भएको सरकार पछिको दोस्रो ठूलो संजाल भएको संस्था हो । महासंघको अन्तराष्ट्रिय सम्बन्ध संजाल पनि बलियोे छ । महासंघसंग हालसम्म चार दर्जन भन्दा बढी अन्तराष्ट्रिय संघ/संस्थाहरुले संस्थागत सहकार्य गर्दै आएका छन् । सरकारसँग सहकार्य महासंघको स्थापनादेखि नै नेपाल सरकारसँग सहकार्य हुंदै आएको छ । महासंघले नेपाल सरकारले तर्जुमा गर्ने आर्थिक, मौद्रिक तथा वाणिज्य, वैदेशिक लगानी, श्रम, पर्यटन, उर्जा क्षेत्रसंग सम्बन्धित कानुन तथा नीति निर्माण, शंसोधन र खारेजी प्रक्रियामा निजी क्षेत्रको तर्फबाट एकवद्ध भई परामर्श दिने, सल्लाह सुझाव दिने कार्य गर्दै आएको छ । नेपाल सरकारबाट गठित विभिन्न वोर्ड, समिति, संस्थानहरुमा समेत गरी करिब चार दर्जनभन्दा बढी सरकारी निकायमा महासंघको सशक्त प्रतिनिधित्व रहेको छ । महासंघले ती निकायहरुमा रही सरकारलाई महत्वपूर्ण सल्लाह सुझाव सहित आवश्यक सहयोग गर्दै आएको छ । अर्थतन्त्रको अवस्था र निजी क्षेत्रको योगदान आज म कोभिड १९ महामारीको असरबारे धेरै चर्चा गर्न चाहन्न । किनभने हामी सबैं यो बिषयमा जानकार छौ । हामीले यसअघि कहिल्लै भोग्नु नपरेको यो सामाजिक आर्थिक स्वास्थ्य समस्या हो । लकडाउन र निषेधाज्ञापछि अर्थतन्त्र क्रमशः चलायमान हुन थालेको छ । हालसम्म रेमिट्यान्स बढिरहेकाले अर्थतन्त्रलाई गति दिन यसले ठूलो योगदान पुर्याएको छ । विगतदेखि नै वैदेशिक रोजगार मुलुकको संकटमा सहयोगी वन्दै आएको हो । त्यसैले यसपटक हामीले महासंघमा वैदेशिक रोजगार फोरम गठन गरेको यसलाई मर्यादित र व्यवसायिक बनाउने पहल पनि थालेका छौं । यसैगरि निर्यात पनि बढिरहेको छ । आयात घटेको छ । शोधनान्तर एक सय १० अर्बले बचतमा छ । विदेशी विनिमय संचिति १५ खर्ब नाघेको छ । यसले भोलिका दिनमा अर्थतन्त्र पुरै तंग्रिएर विदेशी मुद्राको माग हुदा पनि हामी समस्यामा पर्ने छैनांै । औद्योगिक वातावरण सुधार हुन सक्यो भने कच्चापदार्थ आयातमा कुनै समस्या हुनेछैन । यसै सन्दर्भमा उद्योग मन्त्रालयले तयारी वस्तु र कच्चा पदार्थबीचमा कति फरक गर्न सकिन्छ भनेर राय मागेको छ । यसका लागि म उद्योग मन्त्रालयलाई धन्यवाद दिन चाहन्छु । चालु आर्थिक बर्षको पहिलो चार महिनामा बैंक वित्तीय संस्थाको निक्षेप र कर्जा दुवै करिब ५ प्रतिशतले बढेको छ । निजी क्षेत्रका जाने कर्जा बढ्नु भनेको आर्थिक गतिविधि बढ्न थालेको संकेत हो । तर, क्षेत्रगत रुपमा हेर्दा सेवा उद्योग र कृषि क्षेत्रमा ७ प्रतिशत बढिले कर्जा बढेको छ । जुन सुखद छ । तर उत्पादनमूलक क्षेत्रमा १.६ प्रतिशत मात्रै बढेको छ । भिजन पेपर अन्तर्गत हामी दुई साताभित्र नै ‘स्टार्ट अप’का लागि विशेष योजना सार्वजनिक गर्दैछौं । यसमा हामी ५० जना युवाहरुलाई आवश्यक तालिम सहित पुँजी जुटाएर उद्यमीका रुपमा स्थापित गर्ने योजना बनाएका छौं । यसको महत्वपूर्ण पक्ष भनेको यस्ता उद्यमी स्थापित नभएसम्म महासंघले उनीहरुको हात छोड्ने छैन । नेपालमा संचालित उद्योगधन्दामा साना तथा मझौलाको अंश लगभग ८६ प्रतिशत छ । अर्थतन्त्रमा करिब २३ प्रतिशत योगदान छ । कोभिडको सवैभन्दा ठूलो असर पनि यही क्षेत्रमा परेको देखिन्छ । यो क्षेत्र मुलुकको अर्थतन्त्रको व्याकबोन पनि हो । साना तथा मझौला उद्योग व्यवसाय अधिकांश असंगठित क्षेत्रमा रहेकाले कोभिडका कारण यसमा आश्रित १६ देखि २० लाख मानिस प्रभावित भएका छन । अब चालु आर्थिक बर्षको मौद्रिक नीति मार्पmत घोषणा भएको साना तथा मझौला उद्यमी लक्षित पुर्नकर्जा प्रवाह पनि शुरु भएको छ । व्यवसाय निरन्तरता कर्जा पनि शुरु हुने क्रममा छ । यसले साना मझौला उद्यमीलाई राहत पुग्नेछ । तर, पर्यटन लगायतका केही अतिप्रभावित क्षेत्रमा समस्या कम भएको छैन । त्यसैले अतिप्रभावित क्ष्ँेत्रको श्रमिक व्यवस्थापन लगायतका क्षेत्रमा सरकारको सहकार्य खोजिरहेका छौं । महासंघको भिजन पेपर अर्थतन्त्रमा निजी क्षेत्रको हिस्सा करिव ७० प्रतिशत र रोजगारी सृजनामा करिव ८० प्रतिशत रहेको छ । निजी क्षेत्रको योगदान र जिम्मेवारीलाई अझ बढाउन महासंघको वर्तमान नेतृत्वले ‘सम्मानित निजी क्षेत्र र समुन्नत मुलुक’को अभियानलाई अगाडी सारेको छ । हामीले महासंघको नेतृत्व सम्हालेदेखि नै मुलुकको आर्थिक बिकासका लागि ३, ५ र १० बर्षे रणनीति सहितको भिजन पेपर तयार गरीरहेका छौ । वृहत्तर छलफलका माध्यमबाट उक्त पेपर तयार गरी वर्तमान नेतृत्वको हनीमुन पिरियड अर्थात १०० दिनमा त्यसको सार्वजनिक गर्ने कार्यक्रम छ । उक्त भिजन पेपरमा मुलतः १) दोहोरो अंकको आर्थिक वृद्धि, २) वार्षिक ४ लाखलाई रोजगारी ३) आयात प्रतिस्थापन र व्यापार घाटा नियन्त्रण ४) दिगो र उत्थानशील अर्थतन्त्र निर्माणमा महत्वपुर्ण र नेतृत्वदायी भूमिका निर्वाह गर्ने लक्ष्य लिइएको छ । भिजन पेपर अन्तर्गत हामी दुई साताभित्र नै ‘स्टार्ट अप’का लागि विशेष योजना सार्वजनिक गर्दैछौं । यसमा हामी ५० जना युवाहरुलाई आवश्यक तालिम सहित पुँजी जुटाएर उद्यमीका रुपमा स्थापित गर्ने योजना बनाएका छौं । यसको महत्वपूर्ण पक्ष भनेको यस्ता उद्यमी स्थापित नभएसम्म महासंघले उनीहरुको हात छोड्ने छैन । हामी पेपर पुरै तयार नहुदै पनि आवश्यकता अनुसार कार्यक्रम सार्वजनिक गर्दै जाने तयारीमा छौ । भिजन पेपरले पूर्णता पाएपछि सरकारसंगको सहकार्यमा कार्यान्वयन गर्ने योजना छ । यस वारेमा हामीले सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरु, राजनीतिक दलका शीर्षस्थ नेताज्यूहरुलाई समेत जानकारी गराइसकेका छौं । र, सरकारका सबै अधिकारी तथा निकायहरुबाट अर्थपूर्ण सहयोगको अपेक्षा हामीले गरेका छौं । (नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नेपाल सरकारका सचिवसँगको परिचयात्मक कार्यक्रममा अध्यक्ष गोल्छाले राखेको विचारको सम्पादित अंश)

यस कारण नेपालमा उद्यमशिलताको वातावरण बन्न सकेन: विनोद चौधरीको विचार

उद्योग व्यवसाय क्षेत्रमा हात हालेको मेराे ४५ वर्ष भइसकेको छ । याे ४५ वर्षको यात्रामा मैले नेपालको निजी क्षेत्रमा विविध पक्षहरुलाई केलायर सरकारसँग लगानीमैत्री वातावरण सिर्जना गर्ने कूरामा अगाडि बढिरहेको छु र अझै पनि बढि रहने नै छु । मैले नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गर्दा होस् वा नेपाल उद्योग परिसंघको नेतृत्व गर्दा किन नहोस् नेपालको निजी क्षेत्रको विकास र विस्तारका निम्ति  र लगानीमैत्री वातावरण सिर्जना गर्नको लागि मैले ठूलो योगदान गरेको सबैलाई थाहा नै छ । नेपालको नीति निर्माणको तहमा पनि मैले काम गरेको छु । उद्याेग तथा व्यापार व्यवसायमा मात्र होइन सबै क्षेत्रमा सकारात्मक सोच र विचारका साथ अगाडि बढ्न आवश्यक छ । नकारात्मक मानसिकतालाई हटाएर ठूलो स्कीलकासाथ अगाडि बढाउन र उद्यमशिलताको वातावरण सिर्जना गर्नको लागि ठूलो संघर्षको आवश्यक हुन्छ । उद्यम र उद्यमशिलता नेपालमा अहिले दुईटा जेनेरेसन उद्यममा लागेको छ । एउटा ४५ वर्ष उमेर समूह र अर्को २५ वर्ष उमेर समूहको । पूरानो उदमीसँग अनुभव र दक्षता छ । नयाँसँग बढी ज्ञान, उर्जा र योग्यता छ । यसको सम्मिश्रणले देशमा उद्यमशिलताको विकास गर्न सहयोग पुग्छ । पहिले नेपालमा निजी क्षेत्रलाई हेर्ने सरकारी नजर भिन्नै किसिमको थियो । निजी क्षेत्रलाई असहयोग गर्ने, लगानीको वातावरण सिर्जना गर्ने खालका नीति नियम खासै थिएनन् । अहिले त्यस्तो अवस्था छैन । म आफै पनि निती नियम बनाउनमा सरिक भएको छु । नेपालमो निजी क्षेत्रको मनोपोली अन्त्य गर्ने क्रम २०४२ सालबाट सुरु भएको थियो । त्यसपछि विस्तारै काम गर्ने वातावरण बन्दै गयो । विभिन्न क्षेत्रमा नविनतम उद्यम तथा उद्यमीहरु आए । त्यसमा धेरै युवाहरुको उपस्थिती पनि रह्यो । उत्पादनशीलता पनि बढ्यो । तर, पछिल्लो फेरि उत्पादन क्षेत्र खुम्चिदै जानु दुर्भाग्य हो । अहिले प्रत्येक मुलुकमा नेपालीहरुको सहभागिता छ । देशमै पनि विभिन्न जिल्लामा उद्यमीहरु छन् । उर्जा, पर्यटन लगायतका क्षेत्रमा प्राइभेट क्षेत्रको सहभागिता रह्यो । त्यो बेलामा गरेका परिवर्तन र निजी क्षेत्रकै सहभागिताले अर्थतन्त्र चलिरहेको छ । जसरी उद्यमीहरु आइरहेका छन् त्यही अनुरुपमा रोजगारी भने सिर्जना हुन सकिरहेको अवस्था छैन । ४० लाखभन्दा बढी नेपाली युवा विदेशमा छन् । रेमिट्यान्सले एकातर्फ मुलुकलाई धानिरहेको छ भने अर्कोतर्फ लङटर्म विकासलाई धकलिरहेको छ । यो खुसीको परिसस्थिती भने हाेइन । अब युवाहरुको उद्यम र अनुभवलाई नेपालमै प्रयोग गर्न जुरुरी छ । विश्वभर जुन प्रकारका नयाँ नयाँ गतिविधि भइरहेका छन् ती बिजनेसमा युवाहरुको हात छ । समय अनुसार साँच्चीकै काम गर्न चाहनेहरुको बिचमा दलाली गर्नेहरुको हालीमुहाली बढेको छ । हामीले तिनीहरुलाई छुट्याउन चाहेनौं । दवाव दिन चाहेनौं । आज हाम्रो नीति नियम कार्यान्वनको पाटो नै समस्याग्रत छ । दलालहरुकै कारण पनि धेरै समस्या देखिरहेको छ । दलालको हालीमुहाली हुने र साँच्चीकै उद्यम गर्न चाहने व्यक्ति विस्थापित हुनु परेको अवस्था छ । यसलाई नीति नियम बनाउनेहरुबाट पनि केलाउन सकिरहेको अवस्था छैन । सिस्टमलाई नै प्ले गर्ने ब्रोकरहरुकै हालिमुहालीले यो क्षेत्र बदनामी बन्दै गइरहेको अवस्था पनि छ । यो सबै कारण भनेको गलत मान्छेको विरुद्ध हामीले बोल्न नसक्नु नै हो । दुधलाई पानीसँग छुट्याउन हामीले जति मेहेनत गर्नुपछ्र्र त्यति मिहेनत हामीले गर्न दलाल र उद्यमीबिच गर्न सकेनौं । नेपालमा काम गर्न सकिँदैन । परिवर्तनका लागि नेपालमा युवाहरु गर्न सक्ने नै वातावरण नै छैन । यो हाम्रा लागि गम्भीर संकट हो । काम नलाग्ने नेपालमै थुप्रीएर बस्छन् र राम्रा र क्वालिटी भएका मानिस विदेश जाने मुख्य कारण नै यही हो । नेपालका उत्पादनशील वस्तु पनि अनुत्पादनशील भइरहेकाे अवस्था छ । यिनै समस्याले हाम्रो अर्थतन्त्र र लगानीकर्ताको उर्जा घट्ने र निरुत्साहित हुने अवस्था देखिएको हो । नीति नियम हाम्रो मुख्य समस्या नीति नियमको कार्यान्वयनमा नै छ । मैले निजी क्षेत्रलाई सौताको रुपमा हेर्ने सरकारको नजरलाई परिवर्तन गर्न धेरै भूमिका खेलेँ । म राजनीतिमा गएको कारण पनि त्यही हो । सुरुमा मैले कुनै पनि पार्टीको पहिले सदस्यता लिएको थिएन । संविधानसभाको समयमा संविधान लेख्ने मौका रुपमा मेले पनि अवसर मैले पाएँ । राजनितीक रुपमा एउटा जेल नेल भन्ने मानसकिता छ । पहिले २५ वर्षमा २६ सरकार आए त्यसैले काम भएन भन्थे । खै त अहिले विकास हुन सकेन ? अहिले ३ वर्षदेखि एउटै सरकार छ त ? नेतृत्व नै मुख्य कूरा हो । नेपालमानयाँ पिँढी अर्थात उद्यमीलाई स्थान दिने वातावरण बन्नु पर्छ । केही क्षमता भएका युवाहरुलाई प्लेटफर्म दिनु पर्छ । पेशागत माध्यमबाट उत्पादनशिल बनाउन पनि त्यति सजिलो छैन । यो जमातलाई स्थान नदिँदासम्म परिवर्तन आउन सक्दैन । नयाँ उद्यमीलाई स्थान दिन आवश्यक छ । परिवर्तन ज्ञानबाट आउँछ । निजी क्षेत्रबाट सञचालित जुनसुकै क्षेत्र र सरकारी तवरबाट सञ्चालन भएका हेर्नुस् । सबै रिसोर्सेज म्यानेजमेन्टको कारणले हो । यी विविध पक्षहरु बुझेर मात्र परिवर्तन हुन सक्छ । नेपालका युवाहरु कुनै पनि दृष्टिकोणबाट कुनै पनि विषयमा कमजोर छैनन् । सबैले विश्वका घटनाहरुलाई नजिकबाटै हेरिरहेका छैन् । कुन वस्तु वा सेवा कहाँ बिक्री वितरण हुन्छ भने भौगलिक रुपमा बुझन् आवश्यक नै छैन । हिजो सम्म फिजिकल्ली गर्ने कामह आज भच्र्युअल्ली गरिरहेका छौं । नयाँ डिजिटल्ली रुपमा काम गर्ने कम्पनीहरु काम गरिहरेका छन् । मानिसको जिवनशैली पनि बढ्दै गएको छ । सबै क्षेत्रमा नयाँ प्रविधिको विकास भइरहेको छ । सर्पोट सिस्टम वातवारणको समस्या छ । मिसिङि लिंक कहाँ छ ? नयाँ अभियानका साथ अगाडि बढ्नु पर्छ । नयाँ सोच र चिन्तनको आवश्यकता छ । उद्यमीहरु जन्माउनु पर्यो । बजारमा उत्पादन नै छैन । रिसोर्स म्यानेजमेन्टको कमजोरी छ । राजनीति र पोलिसी मेकिङमा परिवर्तन गर्न आवश्यक छ । खाडल कहाँ छ ? त्यसको महसुस गर्न अपरिहार्य छ । युवाहरु र नयाँ उद्यमीहरुलाई व्यावसायिक वातावरण सिर्जना गर्नको लागि लागि पर्नु पर्छ । फरक पृष्ठभूमिबाट आउनु राम्रो हो । तर, उसलाई सही ट्रयाकको वातावरण सिर्जना गर्न सरकारले तदारुकता दिनु पर्छ । प्रत्येक घरमा एउटा उद्यमी जन्माउनको लागि के के गर्ने त्यसतर्फ ध्यान दिनु पर्छ । अब केही वर्षभित्रै ६० लाख युवाहरु बजारमा आउँदैछन् । तिनीहरुलाई कसरी व्यवस्थापन गर्ने ? तिनीहरुलाई उद्यमतर्फ कसरी लैजाने? एउटा सफल उद्यमीले १० वटा उद्यमी जन्माउँछ । विश्वका उद्यमीले कसरी काम गरेका छन् ? तिनीहरुको नीति के छ ? त्यसतर्फ हामीले ध्यान दिनु पर्छ । पूरानो जेनेरसनले बनाएको रिसोर्सज महत्वपूर्ण स्ट्रेन्थ हो । लगानीको बाधक को ? पहिले धेरै समस्याहरु थिए । अहिले तयति धेरै समस्याहरु पनि छैनन् । लगानी बोर्ड पनि बन्यो । तर, अझै पनि हाम्रो देशमा लगानीकर्ताको लागि लगानीमैत्री वातावरण नै छैन । उद्यमी व्यवसायी भनेको देशको रिसोर्स दुरुपयोग गर्नको लागि हो भन्ने गलत मानसिकता छ । म इमान्दार र उद्योगी चोर भन्ने मानसिकता नै यसको बाधक हो । उद्योगको उ नजान्ने व्यक्ति नै दशकौं देखि व्यवसाय गर्दै आएको व्यक्तिलाई लेक्चर दिनु नै आजको समस्या हो । यो मानसिकता नै लगानीको बाधक हो । यो मानसिकताबाट जब मुक्ती पाइँदैन तब सम्म लगानीको वातावरण बन्दैन । यही कारणले नै नेपालमा लगानीको बातावरण बन्न सकेन । यही कारण हो सक्षम ब्य्िक्त नै हार खाएर विदेशिन बाध्य हुनु परेको । नेपालमा भित्र वा नेपाल बाहिर गर्ने लगानी फरक–फरक कूरा हुन् । आज हाम्रो ग्रुपले विभिन्न समस्याका बाबजुत पनि विभिन्न समयमा ११ वटा सेक्टरमा काम गरिरहेका छौं । हामीले सकेजति लगानी गरिररहेका छौं । हाम्रो पनि विदेशमा नेपाली झण्डा फहराउनु पर्छ भन्ने हाम्रो मान्यता हो । त्यसमा पनि नियम कानुनमा बाधा गर्छ भने त्यसले के नोक्सान भयो । यसलाई विभिनन कारणले विवादित गर्ने राष्ट्रबाद देखाउने भन्ने मानसिकतालाई हटाउनु पर्छ । एसएमई किन आइरहेका छैनन् ? नेपालमा अहिले बजेट सक्नैको लागि तालिम आयोजना हुन्छन् । त्यो ५/१० दिनको बजेट सक्ने तालिमले एउटा राम्रो उद्यमी बन्न सकिँदैन । त्यसले योग्य उद्यमी बन्न सकिँदैन । तर, अहिले पनि धेरे योग्य जनशक्ति हामी सँग छ । तर, त्यसको सदुपयोग हुन सकेको छैन । सबै प्रदेश स्थानीय तहले एसएमई उत्पादन गर्न सक्ने क्लास चलाउनु पर्छ । यो काममा उद्यमी अर्थात बाहिरबाट आएकाहरुलाई फ्रण्टमा राख्नु पर्छ । योग्यलाई सही ट्रयाक फर्म दिन नसक्नु पनि मुख्य कारण हो । (नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको अर्थनीति वहसमा चौधरीले रोखेको विचार)