राष्ट्र बैंकले उठाएको क्रस होल्डिङ तरवार र यस भित्रको खुन

काठमाडौं । अहिले १५५ वटा बैंक तथा वित्तीय संस्था संचालनमा छन् । यसमध्ये २७ वटा वाणिज्य बैंक, २० वटा विकास बैंक, २२ वटा फाइनान्स कम्पनी र ८५ वटा लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक छन् । विगत एक दशकदेखि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन मर्जलाई जोड दिदै आएको छ । राष्ट्र बैंकले मर्जर तथा प्राप्तिको नीति लिएपछि १९६ बैंक तथा वित्तीय संस्थाहरु मर्जर भई ४६ वटा संस्था कायम भएका छन् । यस अवधिमा ५ वाणिज्य बैंकहरु समेत गरी १५० संस्थाको इजाजत खारेज भएको छ । ८९ वटा विकास बैंक २० वटामा सीमित भएका छन् । ८४ वटा वित्त कम्पनी २२ वटामा झरेका छन् । ३२ वटा वाणिज्य बैंक २७ वटा भएका छन् । राष्ट्र बैंकलाई वाणिज्य बैंकको संख्या अझै धेरै भयो भन्ने लागेको छ । त्यसैले अहिलेको संख्या आधा घटाउने ध्याउन्नमा राष्ट्र बैंक छ । विकास बैंक र फाइनान्स कम्पनीको संख्याप्रति राष्ट्र बैंक त्यति चिन्तित देखिदैन । त्यसैले उनीहरुबीचको मर्जलाई धेरै जोड दिएको छैन । लघुवित्तको संख्या दुई तिहाईले घटाउने राष्ट्र बैंकको योजना छ । तीन नीति मर्ज गराउन राष्ट्र बैंकले मुलतः तीन नीति लियो । पहिलो, पुँजी वृद्धि गर्ने । दोस्रो, उद्योगी र बैंकर्स छुट्याउने । तेस्रो, क्रस होल्डिङ रहेका बैंकहरुलाई बलपूर्वक मर्ज गराउने । लेखक पहिलो विकल्पमा राष्ट्र बैंक केही हदसम्म सफल भयो । गभर्नर चिरञ्जीवि नेपालको पालामा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको पुँजी चार गुणसम्म वृद्धि गर्ने नीति लिईयो । पुँजी वृद्धिको असर विकास बैंक र फाइनान्स कम्पनीमा देखियो । ख र ग वर्गका वित्तीय संस्था धेरै घटे । वाणिज्य बैंकमा त्यसको असर थोरै पर्यो । पुँजी वृद्धि नीतिको कारण वाणिज्य बैंकहरुको संख्या १० देखि १२ वटामा सीमित हुने राष्ट्र बैंकका अधिकारीहरुको विष्लेषण थियो । उनीहरुले सञ्चार माध्यमहरुमा दिइएको अन्तरवार्ता र सार्वजनिक मञ्जमा व्यक्त गरेको धारणहरु लिपिवद्ध छन्, मेटिएका छैनन् । तर लगानीकर्ता क्षमताको अवमूल्यन गर्दै व्यक्त गरिएका ती भनाईहरु गलत सावित भए । पुँजी वृद्धि नीतिको प्रभावमा लुम्बिनी बैंक र बैंक अफ काठमाण्डू मर्ज भई बैंक अफ काठमाण्डू बन्यो । अरु कुनै पनि वाणिज्य बैंक पुँजी वृद्धिको नीतिको प्रभावले मर्ज भएनन् । पुँजीको सुरक्षा, अधिकता प्रतिफलको चाहना र ठूलो बन्ने महत्वकांक्षामा मलजल गर्ने नीति मात्र राष्ट्र बैंकले लियो भने संस्था पनि क्रमशः बलियो हुँदै जानेछ । राष्ट्र बैंकले न्युनतम ८ अर्ब रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने नियम हुँदा हुँदै आज १५/२० अर्ब पुँजी भएको ठूला वाणिज्य बैंकहरुको उदय राष्ट्र बैंकले उठाएको तरवारसँग डराएर होइन, लगानीकर्ताको अधिकतम प्रतिफल खोज्ने चाहना र ठूलो संस्था बनाउने महत्वकांक्षाको प्रतिफल हो भनेर हामी सबैले बुझ्न जरुरी छ । ग्राण्ड बैंक प्रभुमा विलाउनुको मुल कारण पुँजी वृद्धि थिएन । उक्त बैंक त्यसअघि नै समस्याग्रस्त घाेषित थियाे । बचेकुचेको सम्पत्ति र पुँजी जोगाउन अर्काे बैंकमा विलय हुनुको विकल्प ऊसँग थिएन । ग्लोवल आईएमईमा कमर्ज एण्ड ट्रष्टको मर्ज र एनआईसीमा बैंक अफ एशिया मर्ज त्यसअघि नै भएका थिए । जनता बैंक ग्लोवल आईएमईमा गाभिएको पनि न्यूनतम पुँजी पुर्याउन नसकेर होइन । मुलतः व्यवसायिक आकांक्षा र पुँजीको सुरक्षाको क्रममा मर्ज भएको देखिन्छ । राष्ट्र बैंकको नीतिलाई देखाउँदै, पुँजीबादी बजारको चरित्र अनुशरण गर्दै ठूलो संस्थाले सानो संस्थालाई खाने, सानो संस्था टिक्न नसकेर ठूलो संस्थामा विलय हुने तथा व्यवसायिक महत्वकांक्षाले मर्ज हुने उदाहरणहरु प्रशस्त छन् । मर्जलाई प्रोत्साहित गर्ने सरकारको नीति पालना गरेको भनेर भनेर प्रचार गर्ने तर कर नीतिबाट लाभ लिन नाम मात्रको मर्ज गर्नेहरुको सूचि पनि लामै छ । तत्कालिन ग्राण्ड बैंक, एस डेभलपमेन्ट बैंक, इम्पेरियल फाइनान्सका सेयरधनीको कुरा सुन्नुपर्छ, विलय हुने संस्थाको कथा व्यथा कति दर्दनाक हुन्छ भन्ने जानकारी लिन । बैंकर्स र व्यापारी छुट्याउने नीति असफल बैंक तथा वित्तीय संस्थालाई मर्ज गराउन बैंकर्स र उद्योगी व्यापारी छुट्याउने राष्ट्र बैंकको दोस्रो नीति पूर्णत प्रभावहिन बन्यो । नेपालको सन्दर्भमा बैंकर्स र उद्योगी व्यापारी छुट्याउने नीति राष्ट्र बैंकको नीति न विगतमा सफल भयो, न भविष्यमा हुने देखिन्छ । नविल बैंकको प्रवर्द्धक एनबी इन्टरनेसनलको मालिक को–को हुन् भनेर खोज्न नसकिरहेको राष्ट्र बैंकसँग उद्योगी व्यापारीको हातबाट बैंक तथा वित्तीय संस्थाको सेयर खोस्ने क्षमता छैन । सम्पत्तिको हक सम्बन्धि वर्तमान सवैधानिक र कानुनी व्यवस्थामा व्यापक फेरवदल नआएसम्म उद्योगी र व्यापारी छुट्याउने राष्ट्र बैंकको भनाई सडकको किनारामा माग्न बसेकाहरुले बहादुरीपूर्ण राष्ट्रभक्तिका गीत गाए जस्तै हुन्छ । अब तेस्रो नीतिमा जाउँ । सेयरमा क्रस होल्डिङ भएका बैंकहरुलाई मर्ज गराउन राष्ट्र बैंकले पटक पटक प्रयास गरेको छ । यस प्रयासको परिणाम स्वरुप पहिलो पटक ग्लोवल बैंक र आईएमई फाइनान्सिय इीन्स्टच्यूशन मर्ज भई ग्लोवल आईएमई बैंक बन्यो । एनआईसी र बैंक अफ एशिया मर्ज भई एनआईसी एशिया बन्यो । ती बाहेक क्रस होल्डिङ र राष्ट्र बैंकको दवालले मर्ज भएको पत्यारिलो उदाहरण छैन । क्रस होल्डिङको गलत व्याख्या सबैभन्दा पहिला, नेपाल राष्ट्र बैंकले जसरी क्रस होल्डिङको व्याख्या गर्दै आएको छ, त्यो नै गलत छ । लाटा देशमा गाँडो तन्देरी भने झै राष्ट्र बैंकले जे भन्यो त्यसैको पछि लागेका छन्, बैंकर्स, बुद्धिजीवि, पत्रकार, नीति निर्माता, सबै । नविल बैंकले चिलिमे हाइड्रो पावरको सेयर किनको छ, चिलिमे हाइड्रोपावरले नलिल बैंकको सेयर किनेको छ भने त्यो क्रस होल्डिङ हो । लक्ष्मी बैंकको सेयरमा नागरिक लगानी कोषले लगानी गरेको छ र नागरिक लगानी कोषको सेयरमा लक्ष्मी बैंकले सेयर लगानी गरेको छ भने त्यो क्रस होल्डिङ हो । यस्तो लगानीलाई विश्वभर कही पनि राम्रो मानिदैन । इन्भेष्टोपिडियामा विलकिन्टोनले लेखेका छन्– पुँजी बजारमा सेयर सूचिकृत भएको दुई कम्पनीले परस्पर सेयर किनेका छन् भने त्यो क्रस होल्डिङ हो, जसले वास्तविक लगानीको परिणाम जान्न र जोखिमको विश्लेषण गर्न कठिन हुन्छ । उदाहरणको लागि नेपाल बैंकले एसविआई बैंकमा १० करोडको सेयर लगानी गरेको छ र एसविआई बैंकले नेपाल बैंकमा १० करोडको सेयर लगानी गरेको छ भने त्यो अत्यन्त खराव मानिन्छ । तर, नेपाल राष्ट्र बैंकको क्रस होल्डिङको परिभाषा फरक छ । खेतान ग्रुपले लक्ष्मी बैंकमा पनि प्रमोटर सेयर होल्ड गरेको छ, हिमालयन बैंकमा पनि प्रमोटर सेयर होल्ड गरेको छ । सिजी ग्रुपले नविल बैंकमा पनि सेयर होल्ड गरेको छ, यूनाईटेड फाइनान्समा पनि सेयर होल्ड गरेको छ । शशिकान्त अग्रवालको हिमालयन बैंकमा पनि सेयर छ, नेपाल इन्भेष्टमेन्ट बैंकमा पनि छ । राष्ट्र बैंकको परिभाषमा यहि हो क्रस होल्डिङ, जुन गलत छ । यसअघिको अनुच्छेदमा उल्लेखित उदाहरणहरु लगानीको विविधिकरणका सम्बन्धि सिद्धान्त, मान्यता र अभ्यासमा आधारित छन् । एउटै वास्केटमा धेरै अण्डा राख्दा बढी जोखिम हुन्छ भने जस्तै एउटै संस्थाको सेयरमा धेरै लगानी गर्दा बढी जोखिम हुने देखेर लगानीकर्ताले फरक फरक संस्थामा लगानी गरेका हुन्, जुन गलत होइन । कर्मचारी सञ्चय कोषले १३ वटा बैंक तथा वित्तीय संस्थामा करिब २२ अर्ब रुपैयाँ लगानी गरेको छ । पहिलो त, कर्मचारी संचय कोषलाई एउटै बैंकमा २२ अर्ब रुपैयाँ भन्दा बढी लगानी गर्न राष्ट्र बैंकको निमयले रोक्छ । दोस्रो, एउटै संस्थामा यति ठूलो लगानी गरेको थियो भने त्यो ज्यादै जोखिमयुक्त लगानी हुने थियो । यो कुरा राष्ट्र बैंकको नेतृत्वले राम्ररी बुझेको छ । शशिकान्त अग्रवाल वा खेतान ग्रुप वा कर्मचारी संचय कोष, नागरिक लगानी कोषको जस्तै अवस्था छ, नेपाल सरकारको पनि । राष्ट्र बैंकलाई निर्देशित गर्ने अर्थमन्त्रालय आफै धेरै बैंकका मुख्य मालिक हो । राष्ट्रिय वाणिज्य बैंकमा ९९ प्रतिशत सेयर सरकारको छ । नेपाल बैंक र कृषि विकास बैंकको मुख्य लगानीकर्ता पनि सरकार नै हो । अर्थमन्त्रालय आफै बहुबैंकमा लगानी गर्ने । पूर्ण सरकारी स्वामित्वको कर्मचारी संचय कोष दर्जन बैंकको मालिक बन्ने । सरकार नै मुख्य प्रवर्द्धक रहेको नागरिक लगानी कोषले बहुबैंकमा सेयर लगानी गर्ने । उता, राष्ट्र बैंकले क्रस होल्डिङको तरवार देखाएर नागरिकलाई तर्साउने ? अर्थमन्त्रालय आफै बहुबैंकमा लगानी गर्ने । पूर्ण सरकारी स्वामित्वको कर्मचारी संचय कोष दर्जन बैंकको मालिक बन्ने । सरकार नै मुख्य प्रवर्द्धक रहेको नागरिक लगानी कोषले बहुबैंकमा सेयर लगानी गर्ने । उता, राष्ट्र बैंकले क्रस होल्डिङको तरवार देखाएर नागरिकलाई तर्साउने ? यो विलकुल गलत काम हो । राष्ट्र बैंकले आफूलाई सच्याउनु पर्छ । राष्ट्र बैंकले उठाएको क्रस होल्डिङको तरवार पटक पटक झुकेको छ । तत्कालिन गभर्नर युवराज खतिवडाले पनि यही तरवार देखाएर केही बैंकलाई मर्ज गराएका हुन् । पूर्वगभर्नर चिरञ्जीवि नेपालले पनि यही तरवार उठाउँदै, थन्काउदै गरेका हुन् । वर्तमान गभर्नर महाप्रसाद अधिकारीले पनि यही तरवार उठाएका छन् । भदौ १४ गते बैंक तथा वित्तीय संस्थालाई पत्र पठाउँदै मुख्य लगानीकर्ताको विवरण माग्नु त्यही तरवार उठाउनु हो । कठिन नाता-सम्बन्ध राष्ट्र बैंकको नीति विपरित सेयर तत्कालिन जनता बैंक नेपालको सञ्चालक गुरुप्रसाद न्यौपाने श्रीमतीको नाम सेयर किनबेच गरेर राष्ट्र बैंकको आँखा छल्न नक्कली सम्बन्ध विच्छेदको कागजपत्र बनाए । सीभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले श्रीमतीको नामको सेयर बेच्न सम्बन्ध विच्छेदको नाटक मञ्चन गरे । न्यौपाने दम्पत्ति र तामाङ दम्पत्ति अहिले पनि एउटै भन्छामा खान्छन, एउटै अछ्यानमा सुत्छन् । तर, राष्ट्र बैंकले उनीहरुको सम्बन्ध विच्छेदलाई मान्यता दिएर आफैले जारी गरेका नीति निर्देशन विपरितका कार्यको समर्थत गरेको छ । यस्ता पात्र र प्रवृतिसँग बेलाबेलामा झुक्दै आएको राष्ट्र बैंकले क्रस होल्डिङको तरवार देखाएर सांघईको पाँच दाजुभाइलाई कसरी एकाघर मान्न सक्छ ? विनोध चौधरी र विदेशी नागरिकता लिएका उनका दुई छोरालाई कसरी एउटै परिवार मान्न सक्ला ? राजेन्द्र खेतान, प्रेमप्रकाश खेतान, चन्द्रप्रकाश खेतानलाई कसरी एकाघर परिवार सावित गर्छ ? अनि अदालतमा अंश मुद्दा लडिरहेका पद्म ज्योति र रुप ज्योतिलाई राष्ट्र बैंकले कसरी एकाघर परिवार प्रमाणित गर्न सक्छ ? क्रस होल्डिङको तरवारले यिनको नाता–सम्बन्ध प्रमाणित गर्न कठिन छ । खराब नतिजाका जाेखिम राष्ट्र बैंकको क्रस होल्डिङको परिभाषा जति त्रुटिपूर्ण छ, त्योभन्दा बढी असंगतिपूर्ण छ क्रस होल्डिङबीचको मर्जले निम्त्याउन सक्ने जाेखिम । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकमा केही समान सेयरधनी एउटै होलान् । एनआईसी एशिया र एनएमबी बैंकमा केही समान सेयरधनी होलान् । सिभिल र सेन्चुरी बैंकमा केही समान सेयरधनी होलान् । सिटिजन्स बैंक र बैंक अफ काठमाण्डूमा केही समान सेयरधनी होलान् । यी बैंकहरुबीच मर्ज भयो भने परिणाम के आउँछ ? आक्रामक रुपमा अगाडि बढेका, पुँजी र नेटवर्क दुबै धेरै ठूलो भईसकेको एनएमबी–एनआईसी एशिया मर्ज भएर बनेको बैंक र गाह्रोसाह्रो ढंगले चलिरहेका सीभिल–सेन्चुरी बैंकबीच मर्ज भएर बनेको बैंकबीच बजारमा प्रतिस्पर्धा हुनसक्छ ? हिमालयन र इन्भेष्टमेन्ट जस्ता पुराना र बलिया बैंकबीच मर्ज हुँदा त्यसको परिणाम के हुन्छ ? नेपाल राष्ट्र बैंकको नेतृत्व सुस्पष्ट हुन जरुरी छ । परिवेश अत्यान्तै कठिनपूर्ण छ । कोडिभ–१९ महामारीसँग कसरी जुध्ने ? कसरी ग्राहकलाई बचाउने ? कसरी व्यवसाय टिकाउने ? कसरी कर्मचारीलाई तलव खुवाउने ? कसरी घर भाडा तिर्ने ? बैंक तथा वित्तीय संस्थाको दैनिक टाउको दुखाइको विषय हो । यतिबेला केन्द्रीय बैंकले मर्ज गराउन क्रस होल्डिङको तरवार देखाउने होइन । अर्काे महत्वपूर्ण कुरा, एउटै विषयमा राज्यका नियामक निकायहरुबीच तालमेल जरुरी छ । पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्तालाई प्रवर्द्धन गर्न खोजिरहेको छ । ठूलो पुँजी लगानी क्षमता भएको संस्थालाई पुँजी बजारमा ल्याउन प्रोत्साहित गरिरहेको छ । ठूलो संस्थाले ठूलो एउटै संस्थामा लगानी गर्दैन । उसले लगानीलाई विविधिकरण गर्छ नै । जसरी वारेन वफेट र उनका कम्पनीले धेरै बैंकमा, धेरै वटा बीमा कम्पनीका, धेरै वटा उत्पादनमुलक कम्पनीमा लगानी गरेका छन् । एक खर्बभन्दा ठूलो वासलात भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई १५५ वटा बैंक तथा वित्तीय संस्था मध्ये एउटामा मात्र लगानी गर भनेर नीति बनायौं भने त्यो त्रुटीपूर्ण हुन्छ । परिवेश अत्यान्तै कठिनपूर्ण छ । कोडिभ–१९ महामारीसँग कसरी जुध्ने ? कसरी ग्राहकलाई बचाउने ? कसरी व्यवसाय टिकाउने ? कसरी कर्मचारीलाई तलव खुवाउने ? कसरी घर भाडा तिर्ने ? बैंक तथा वित्तीय संस्थाको दैनिक टाउको दुखाइको विषय हो । यतिबेला केन्द्रीय बैंकले मर्ज गराउन क्रस होल्डिङको तरवार देखाउने होइन । अहिले पनि मर्जर तथा एक्विजिशनलाई प्रोत्साहन गर्न सकिन्छ । बैंक तथा वित्तीय संस्था स्वतस्फूर्त मर्जरमा सहभागी गराउन सकिन्छ । ठूलो बन्ने चाहना सबैलाई छ । आफ्नो लगानी सुरक्षाको चिन्ता र अधिकतम प्रतिफलको चाहना सबैलाई छ । पुँजीको सुरक्षा, अधिकता प्रतिफलको चाहना र ठूलो बन्ने महत्वकांक्षामा मलजल गर्ने नीति मात्र राष्ट्र बैंकले लियो भने संस्था पनि क्रमशः बलियो हुँदै जानेछ । राष्ट्र बैंकले न्युनतम ८ अर्ब रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने नियम हुँदा हुँदै आज १५/२० अर्ब पुँजी भएको ठूला वाणिज्य बैंकहरुको उदय राष्ट्र बैंकले उठाएको तरवारसँग डराएर होइन, लगानीकर्ताको अधिकतम प्रतिफल खोज्ने चाहना र ठूलो संस्था बनाउने महत्वकांक्षाको प्रतिफल हो भनेर हामी सबैले बुझ्न जरुरी छ ।

विचलन नहौं कोरोनालाई अवश्य जितिन्छ

गत डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरसको संक्रमितको संख्या दिनहु बढिरहेको छ । हालसम्म विश्वमा साढे २ करोड व्यक्ति यस रोगबाट संक्रमित भएको र ८ लाख ६६ हजार भन्दा अधिक मानिसको मृत्यु भइसकेको छ । यस रोगको संक्रमण २१६ देशमा पुगिसकेको छ । नेपालमा समेत सुरुवाती दिनमा यसको असर नगन्य देखिएको भएता पनि हालको अवस्थामा कोरोना रोगबाट संक्रमण हुनेको दर अधिक रुपमा वृद्धि भइरहेको छ । हालसम्म ४१ हजार भन्दा अधिक मानिस यस रोगबाट संक्रमित भएको अवस्थामा २ सय ५१ जनाको मृत्यु भइसकेको छ । पछिल्लो समयमा मृत्यु हुनेको संख्या अप्रत्यासित रुपमा बढेको छ र संक्रमितको संख्या समेत अनपेक्षित रुपमा बढेको र यस रोग नियन्त्रण बाहिर गएर समाजमा भयावह रुप लिने त हैन भन्ने आम मानिसमा संत्रास उत्पन्न भएको छ । कोरोना रोगबाट मृत्यु हुने सँगसँगै संक्रमण भएको वा लक्षण देखिएकामा समेत सामाजिक विचलन आउने डर उत्तिकै देखिएको छ । संक्रमित भएर आइसोलेसनमा अस्पतालमा होस या अन्य आइसोलेसन केन्द्रहरुमा बस्दा उनीहरु प्रति गरिने व्यवहारले नैराश्यता सृजना भई सामाजिक विचलन समेत आउने देखिन्छ । कोही मानिसको कारोना रोगको कारण मृत्यु भएमा सोही सेन्टरमा रहेको अन्य विरामीले देखिने गरी शव व्यवस्थापन गरिदाँ समेत मानिसहरुमा नकारात्मक भावना श्रृजना हुने सम्भावना उक्तिकै रहन्छ । कोरोना रोगबाट मानिसको मृत्यु हुने भन्दा पनि यसले मानिसको रोेग प्रतिरोधात्मक क्षमतामा कमी ल्याउने र विभिन्न दिर्घकालिन रोग तथा अन्य रोगबाट मानिसको मृत्यु भएको देखिन्छ । तर कोरोनाको बारेमा फैलाइएको अपवाहले समेत मानिसको मृत्यु भइरहेको छ । मानिसहरुमा कोरोनारुपी आतंक सृजना भई मानसिक तनाव सृजना भई मानिसहरुको मृत्यु भएकोले त्यस्ता आतंकबाट बचाउन समेत कोरोना रोगको उपचार हो । कोरोना रोगका संक्रमितलाई सामाजिक दुरी कायम गर्न नदिई सकेसम्म एकान्तमा राख्न प्रयास गरिन्छ । तर घर समाज परिवारसँग टाढा हुने र आजको युगमा मानिसहरुको सामाजिक सञ्जालको आवश्यकता अपरिहार्य रहेको अवस्थामा सामाजिक सञ्जाल बाट टाढा हुने र अन्य विभिन्न कुरामाथिको बन्धनले समेत मानिसमा छटपटाहट सिर्जना हुन गई यसले अर्काे सामाजिक विचलन त पैदा हुने हैन भन्ने समेत प्रश्न चिह्न पैदा भएको छ । आजको समयमा हेर्ने हो भने राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडियाहरुको प्रमुख समाचार नै आज यति संक्रमित भए आज यतिको मृत्यु भयो भन्ने खालका समाचारलाई बढि प्राथमिकता दिइएको पाइन्छ । तर यसको सामाजिक असरको बारेमा अध्ययन नभई यस्ता शीर्षकलाई बढि प्राथमिकता दिइएको त हैन । यदि मृत्युका शीर्षकलाई अधिक प्राथमिकता दिने हो भने आम मानिसमा यस रोगले त मानिसको अन्त्य नै रहेछ भन्ने भावना विकास भएमा समाज कता तिर जाला हामीले अहिले सम्म अध्ययन गर्न छुटायौं कि ? हालसम्मको अध्ययनलाई हेर्ने हो भने कोरोना रोगबाट उन्मुक्तिको लागि उच्च मनोवल नै आवश्यकता रहेको देखिन्छ । तर मृत्युका खबरले मानिसको मनोबलमा कमी ल्याइरहेको त छैन । यसतर्फ समेत समयमै सोच्न आवश्यक देखिन्छ । आइसोलेसन सेन्टर होस या क्वारेन्टाइन, सबै क्षेत्रमा रहेका व्यक्तिहरु तथा बिरामीहरुको राम्रोसँग हेरचाह गरिनु पर्दछ । उनीहरुमा आउन सक्ने नैराश्यता तथा नकारात्मक भावनाको नियन्त्रणको लागि मनोचिकित्सक तथा मनोपरामर्सदाताहरुले समेत परामर्श दिने तथा उनीहरुलाई व्यस्त बनाउन विभिन्न किसिमका क्रियाकलाप सञ्चालन गरेमा केही हदसम्म समस्या समाधान हुने देखिन्छ । समाजमा परिवारका कोही सदस्यलाई कोरोना देखिएमा उनीहरुको परिवार प्रति गरिने व्यहार समेत अशिष्ट तथा असभ्य रहेको छ । अन्य परिवारलाई रोग लाग्दा समाजमा विरोध गर्न अघि सर्नेहरु सो ठाउँमा आफुलाई राखेर एकपटक सोचिदिएमा यस्ता क्रियाकलापहरु दोहोरिने थिएनन् । आज समाजमा अरुलाई पर्दा उग्र भएर विरोध गर्नेहरु भोलि त्यही दिन या वातावरण आफु माथि खनिएमा के होला विचार गर्न आवश्यक देखिन्छ । आजको समाजमा देवताको अर्काे अवतारको रुपमा स्वास्थ्यकर्मी देखा परेका छन् । विभिन्न सञ्चार माध्यममा स्वाथ्यकर्मीले बिरामी नहेरेको, विभिन्न अस्पतालले भर्ना नलिएको, अस्पताल चाहार्दा चाहर्दै बिरामीको मृत्यु भएको लगायतको अनेकौं शीर्षकका समाचार आउने गर्दछन् तर भोलि स्वास्थ्यकर्मी नै संक्रमित हुँदा समेत सो वातावरण सृजना नहोला र ? यसर्थ स्वास्थ्य सेवामा रहनेले समेत आफ्नो पेशाप्रतिको धर्म निभाएमा रोग संक्रमणलाई सजिलै परास्त गर्न सकिने निश्चित छ । विश्वका शक्तिमान राष्ट्रले त नियन्त्रण गर्न नसकेको यस रोग समाजमा फैलिएमा पश्चाताप बाहेक हामीसँग केही उपाय छैन । यसर्थ हालको अवस्थामा मानिसमा यस रोगलाई समेत जित्न सकिन्छ विचलन हुनु हुँदैन भन्ने भावना सृजना गर्नु पर्ने अवस्थामा मृत्युका खबरलाई अधिक प्राथमिकता दिदाँ र विरामी प्रति गरिने व्यवहारले अर्काे समस्या सृजना गर्ने त हाेइन यस तर्फ समेत विचार गरिनु पर्दछ र विभिन्न पेशामा रहनेले समेत आफ्नो पेशा प्रतिको धर्म कुशलता पुर्वक निर्वाह गरेमा यस रोगलाई समेत हामीले पराश्त गर्न सक्ने निश्चित छ । साथै कारोनारुपी आतंकबाट सृजना हुने खतरनाक मानव भाइरसबाट बच्न सकेमा सजिलै कारोना रोगलाई परास्त गर्न सक्ने देखिन्छ ।

नागरिकप्रति राज्यको दायित्व खोई ? किन तिर्ने हामीले कर ?

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले सारा विश्व आक्रान्त बनेको छ । विश्वका कैयौ नागरिकहरु अल्पायुमै आफ्नो जीवन उत्सर्ग गर्न विवश छन् । विश्वमा ८ लाख ४६ हजार भन्दा बढी मानिसको कोरोनाको कारण मृत्यु भैसकेको छ र संक्रमितको संख्या भने साढे २ करोड भन्दा अधिक रहेको तथ्याङ्क सार्वजनिक भएका छन् । विश्वका शक्ति राष्ट्रहरु यस रोगको भ्याक्सिन बनाउन आफ्नो प्रतिष्ठाको लडाई लडिरहेका छन् । आशा गरौ छिट्टै यस रोगको भ्यासिन बजारमा आउने छ र सामान्य जीवनतर्फ छिट्टै फर्किन पाइने छ । विश्वका विभिन्न देशहरुले आफ्ना नागरिकप्रतिको दायित्व जिम्मेवार भएर बहन गरेका छन् । आफ्ना नागरिकको समस्या समाधानको लागि विभिन्न राहत तथा सहायता घोषणा गरिरहेका छन् । विपतमा रहेको नागरिकको घाउमा महलम लगाउने कार्य गरिरहेका छन् । हावाको तेज जसरी यो देशले नागरिकप्रति यो गर्यो, ऊ देशले ऊ गर्यो भन्ने सामाचार विश्व भर फैलिरहेको छ र म पनि मेरो देश तथा राज्यबाट केही भरोसा र केही आशा मै रहेको छु । तर पनि आजसम्म नागरिकले प्रत्यक्ष लाभ पाउने खालको केही कार्यक्रम घोषणा हुन सकेको छैन । राज्यको ढुकुटी रित्तो भएर हो या सरकारले आवश्यक नठानेर बुझ्न कठिन भइरहेको छ मलाई । म त देशको जिम्मेवार नागरिक भएकोले राज्यप्रतिको दायित्व कुशलतापूर्वक नै निर्वाह गरेको छु । राज्यलाई पारिश्रमिक कर, बहाल कर, सम्पत्ति कर, मूल्य अभिवृद्धि कर, अन्त शुल्क, भन्सार शुल्क, लगायतका कैयौं शीर्षकमा वर्षमै लाखौ कर राज्य कोषमा व्यक्तिगत योगदान मार्फत भुक्तानी गरेको छु । राज्य सञ्चालन गर्ने बागडोर सम्हाल्ने व्यक्तिहरुको सेवा सुविधमा मेरो समेत केही हिस्सा अवस्य छ । राज्य रहे मात्र यो देशको नागरिक रहन पाइन्छ भन्ने कथनलाई राम्रोसँग मनन गरेर सभ्य नागरिकले राज्यप्रति वहन गर्नु पर्ने दायित्व कुशलता पूर्वक वहन गर्दै आएको छु । आज म विपदमा पर्दा मैले पनि राज्यको आवश्यकता महशुस गरेको छु । हात मुख जोर्न समस्या भएकाको व्यवस्था राज्यले गर्नु पर्दछ । कोरोना महामारीले आक्रान्त भएको समाजमा सरकार अस्पतालमा बेड छैन घरमै बस्नुस भन्दै आफ्नो लाचारीपन देखाइरहेको छ । लकडाउन र निषेधाज्ञालाई कोरोना उपचारको उत्तम कडीको रुपमा सरकारले लिएको छ । समाजमा फैलिसकेको कोरोनामुखी आगोको राँको नियन्त्रणको लागि हालसम्म न्यायोचित र देखिने खालका कार्यक्रमहरु आउन सकेको छैन । यस्ता क्रियाकलापहरुले प्रश्न चिह्न उब्जिएको छ , मप्रति राज्यको दायित्व खोई ? लेखक देशमा तीनै तहको निर्वाचन भएर जनताको सरकार छ भनेर भनिन्छ । स्थानीय सरकार सञ्चालनले गर्दा बढेको राज्यको व्ययभार धान्न कर दायित्वमा कैयौ गुणा वृद्धि भएको छ र निमुखा जनताले आफ्नो छाक काटेर सरकार सञ्चालनको लागि राज्य कोषमा रकम दाखिला गरेका छन् तर राज्यबाट विपद पर्दा जनता प्रति गरिने व्यवहार यही हो ? देशका स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार गरी तीन तहका सरकार छन् । सबै तहमा जनताबाट प्रत्यक्ष निर्वाचित भएर गएका जनता कै प्रतिनिधि नेतृत्व तहमा छन् तर जनताको समस्या समाधान तर्फ कुनै चासो छैन र समस्या समाधानको लागि कर्मचारीतन्त्रकै लागि भर पर्नु पर्ने अवस्था छ । यही हो जनताको शासन ? जनता रुँदा देश रुनु पर्ने र आफ्नो दिलो ज्यान दिएर जनताको समस्या समाधानतर्फ लाग्नु पर्ने आजसम्म जनताले देशको महशुस नै गर्न नपाउनु लज्जाश्पद कुरो हो । रोजगारी गुमाएका र यस विपदकोे घडीमा हात मुख जोर्न समस्या भएकाको समस्या मात्र सम्बोधन भएमा पनि पक्कै ठूलै राहत हुने थियो । मैले राज्य प्रति निर्वाह गर्नु पर्ने दायित्व कर्तव्य निष्ठ भएर निर्वाह गरेको परिपेक्षमा राज्यबाट समेत सोही किसिमको आशा गरेको छु । यद्यपी अहिले मलाई आवश्यकता परेको खण्डमा राज्यले आफ्नो उपस्थिति देखाउँदैन भने मैले राज्यलाई चै किन सहयोग गर्ने भन्ने किसिमको भावना विकास भएमा यसले आगामी दिनमा ठूलै समस्या निमत्याउने निश्चित छ । यसतर्फ राज्यको वागडोर समाल्नेहरुले बेलैमा विचार गरेको आवश्यक निर्णय लिनु नै उचित हुने देखिन्छ ।