चेतन भगतको प्रेरणादायी भाषण- निभ्न नदिनुस् आफू भित्र बलेको ज्वालालाई
शुभप्रभात सवैलाई, मलाई यहाँ बोल्ने मौका दिनुभएकोमा तपाईं सवैलाई धन्यवाद । यो दिन तपाईंको बारेमा हो । तपाईं, जो कि आफ्नो घरको आरामलाई छोडेर यो कलेजमा आउनुभएको छ ताकि जिन्दगीमा तपाईं केहि बन्न सक्नुहोस् । म निश्चिन्त छु कि तपाईं उत्साहित हुनुहुन्छ । जिन्दगीमा यस्तो थोरै मात्र दिन हुन्छन् कि मानिस साँच्चै नै धेरै खुशी हुन्छन् । कलेजको पहिलो दिन त्यही दिनहरुमध्ये एउटा हो । आज जब कलेज आउनका लागि तपाईं तयार भइरहनुभएको थियो, तपाईंको मनमा पक्कै हलचल मच्चिएको थियो होला । अडिटोरियम कस्तो होला, शिक्षकहरु कस्ता होलान्, क्लासमेट कस्ता होलान् । यस्ता धेरै कुरा छन् कौतुहल जगाउने । म यसलाई उत्सुकता भन्छु, तपाईंको भित्र रहेको ज्वाला जसले तपाईंलाई एकदम जिवित महसुस गराउँछ । आज म तपाईंसँग त्यहि ज्वालालाई निभ्न दिनुहुँदैन भन्ने बारेमा कुरा गर्न आएको छु । ज्वालाको शुरूवात कहाँबाट हुन्छ ? मलाई लाग्छ हामी त्यसको साथ जन्मिन्छौं । मेरा ३ वर्षका जुम्ल्याहा बच्चाहरुमा लाखौं ज्वालाहरु छन् । उनीहरु स्पाइडर म्यानको एउटा सानो खेलौना देखेर ओच्छ्यानबाट हाम फाल्छन् । पार्कमा पिङ खेलेर उनीहरु रोमाञ्चित हुन्छन् । मेरो कथा सुनेर उनीहरुमा उत्तेजना भरिन्छ । आफ्नो जन्मदिन आउनुभन्दा १ महिना अघिबाट उनीहरु उल्टो गन्ती गर्न शुरु गर्छन् कि त्यो दिन केक काट्न पाइनेछ । तपाईंहरु जस्तो विद्यार्थी भित्रपनि म केहि ज्वाला देख्छु । तर जब म अझ बढि उमेरका मानिसहरुलाई देख्छु तब त्यो ज्वाला देख्न मुश्किल पर्छ । यसको मतलव, जसैजसै हाम्रो उमेर बढ्दै जान्छ, ज्वाला कम हुँदै जान्छ । यस्ता मानिस जसमा त्यो ज्वाला विल्कुलै समाप्त हुन्छ उनीहरु लक्ष्यरहित हुन पुग्छन् । ‘जब वी मेट’ को पहिलो हाफको करीना र दोस्रो हाफको करिना याद छ नी ? ज्वाला निभेपछि यस्तै नै हुन्छ । त्यसोभए त्यो ज्वालालाई जोगाउने कसरी ? ज्वालालाई दियोको बत्तीजस्तो कल्पना गर्नुस् । सवैभन्दा पहिले त्यसलाई पालन पोषणको जरुरत छ । त्यसलाई लगातार इन्धन दिनु जरुरी हुन्छ । अर्को, त्यसलाई हावाहुरीबाट बचाउनु जरुरी छ । पालनपोषणका लागि एउटा लक्ष्य बनाउनुस् । मानवको त प्रवृत्ति नै हो कि उसले कोशिश गरोस्, सुधार ल्याओस् र जे प्राप्त गर्न खोजेको थियो त्यो प्राप्त गरोस् । वास्तवमा यसैलाई सफलता भनिन्छ । यो त्यो हो जे तपाईंको लागि सम्भव छ । कम्पनीद्वारा दिइएको प्याकेज, कुनै कार या कुनै घर जस्तो यो कुनै वाहिरी मापदण्ड होइन । हामीमध्ये धेरैजसो मानिस मध्यमवर्गीय परिवारबाट छौं । हाम्रो लागि भौतिक सुख सुविधाहरु सफलताको सूचक हुने गर्दछन्, र सही पनि हो । जब तपाईंको उमेर बढ्दै जान्छ र दैनिक जीवनमा आवश्यक पर्ने कुराहरुका लागि पैसा जरुरत बन्दछ, तव यस्तोमा आर्थिक रुपमा स्वतन्त्र हुनुनै एउटा ठूलो प्राप्ती बरावर हुन्छ । तर यो जिन्दगीको लक्ष्य भने होइन । यदि यस्तो हुन्थ्यो भने अम्बानी काममा जाने थिएनन् होला । शाहरुख खान घरमै बस्थे र धेरै नाच्ने गर्दैनथे, स्टीभ जब्स अझ राम्रो आईफोन बनाउनका लागि मिहिनेत गर्दैनथे होला किनकि पिक्सर बेचेर पहिलेनै उनले धेरै विलियन डलर कमाइसकेका थिए । तर यसको विपरित उनीहरु किन यस्तो गर्दैछन् ? त्यस्तो के छ जसले हरेक दिन उनीहरुलाई काममा लिएर जान्छ ? उनीहरु यस्तो यसकारणले गर्दछन् कि यसले उनीहरुलाई खुसी दिन्छ । उनीहरु यस्तो यसकारणले गर्दछन् कि यसले उनीहरुलाई जिवित महसुस गराउँछ । आफ्नो हालको स्थितीमा सुधार हुनुले तपाईंलाई एउटा राम्रो फिलिंग दिन्छ । यदि तपाईं राम्रोसँग पढ्नुभयो भने तपाईंले आफ्नो स्थिती सुधार्न सक्नुहुन्छ । यदि तपाईं मानिसहरुसँग भेट्ने र गफ गर्ने गर्नुभयो भने तपाईं अन्तर्वार्तामा राम्रो गर्न सक्नुहुन्छ । यदि तपाईं प्र्याक्टिस गर्नुहुन्छ भने तपाईंको क्रिकेटमा सुधार आउनेछ । शायद तपाईंलाई यो पनि थाहा छ कि तपाईं अहिले नै तेण्डुल्कर बन्न त सक्नुहुन्न तर पनि तपाईं एउटा अलग्गै स्तरसम्म पुग्न सक्नुहुन्छ । अघिल्लो स्तरसम्म जानका लागि प्रयास गर्नु जरुरी हुन्छ । प्रकृतिले हामीलाई अनेकौं जिनहरुको संयोग र विभिन्न परिस्थितिहरुको हिसाबबाट डिजाइन गरेको छ । खुसी रहनका लागि हामीले यसलाई स्वीकार गर्नुपर्ने हुन्छ र प्रकृतिको यो डिजाइनबाट धेरै भन्दा धेरै लाभ उठाउनु पर्छ । यस्तो गर्नका लागि लक्ष्यले तपाईंको मद्दत गर्नेछ । आफ्नो लागि केवल करियर वा पढाइको लक्ष्य मात्र नबनाउनुस् । बरु यस्तो लक्ष्य बनाउनुस् जसले तपाईंलाई सन्तुलित र सफल जीवन देओस् । आफ्ना ब्रेकअपको दिन प्रमोशन पाउनुको कुनै मतलब हुँदैन । कार चलाउनुमा कुनै मजा हुँदैन यदि तपाईंको पिठ्युँ दुखिरहेको छ भने। दिमाग तनावले भरिएको छ भने सपिंग गर्नुमा खुसी पक्कै लाग्दैन । जिन्दगी नर्सरी स्कुलमा हुने वाला त्यो रेस जस्तो हो जसमा तपाईं गुच्चालाई चम्चामा राखेर आफ्नो मुखले दबाउँदै कुद्नुहुन्छ । यदि गुच्चा झर्यो भने त्यो दौडमा पहिलो हुनुको केहि अर्थ छैन । जिन्दगीको साथ पनि यस्तै हुन्छ जहाँ स्वास्थ्य र सम्वन्ध त्यो गुच्चाको प्रतीक हो । तपाईंको प्रयास तव मात्र सार्थक हुन्छ जबसम्म ती कुराहरुले तपाईंको जीवनमा सामन्जस्य ल्याउँछ । नत्र भने तपाईं सफल हुनु नै भयो भने पनि त्यो ज्वाला, त्यो उत्साह र जिवित रहनुको फिलिंग विस्तारै विस्तारै मर्न थाल्छ । ज्वालालाई पालनपोषण गर्ने बारेमा एउटा अन्तिम कुरा- जिन्दगीलाई सिरियस ढंगबाट नलिनुस् । मेरो एकजना योगा टिचर क्लास भइरहेको समयमा विद्यार्थीहरुलाई हँसाउँथे । एउटा विद्यार्थीले उनलाई सोध्यो कि यस्ता जोक्सहरुका कारण योगा प्र्याक्टिसको समय व्यर्थ त जाँदैन ? तब ती शिक्षकले भने- धेरै गम्भीर नबन, बरु इमान्दार चाहिँ बन । त्यो समयबाट यस भनाईले मेरो कामलाई परिभाषित गरेको छ । मेरो लेखन होस्, जागीर होस्, मेरो नाता सम्वन्ध होस् या कुनै अरु लक्ष्य । मलाई आफ्नो लेखमाथि दैनिक हजारौं मानिसहरुको कमेन्ट प्राप्त हुन्छ । कतै धेरै प्रशंशा भएको हुन्छ भने कतै भयंकर आलोचना । यदि म ती सबैलाई गम्भीरतापूर्वक लिन थालें भनें कसरी लेख्न सक्छु र ? या बाँच्न कसरी सक्छु र ? जिन्दगी भन्ने कुरा त गम्भीरतापूर्वक लिनका लागि होइन, हामी सबै यहाँ अस्थायी रुपमा आएका छौं । हामी सबै एउटा प्रिपेड कार्डजस्ता हौं जसमा लिमिटेड भ्यालिडिटी हुन्छ । यदि हामी भाग्यमानी छौं भने शायद हामी अझ ५० वर्ष सम्म बाँच्न सक्नेछौं । अझ ५० वर्ष यानिकी मात्र २५०० हप्ता । के हामीले साँच्चै आफूलाई काममै होमिरहनु पर्छ ? केहि कक्षाहरु बंक गर्नु, कुनै विषयमा थोरै नम्वर ल्याउनु, केहि अन्तर्वार्तामा असफल हुनु, काम छोड्नु, प्रेममा पर्नु, श्रीमान् वा श्रीमतीसँग सानोतिनो झगडा हुनु सबै ठीक छ । हामी सबै मानव हौं, प्रोग्राम्ड डिभाइस पक्कै होइनौं । मैले ज्वालालाई पालनपोषण गर्ने तीन कुराहरु तपाईंलाई बताएँ- उचित लक्ष्य, सन्तुलित जीवन र जिन्दगीलाई धेरै गम्भीर रुपमा नलिनु भन्ने कुरा । तर जिन्दगीमा चार ठूला तूफानहरुले तपाईंको दियोलाई निभाउने कोसिस गर्नेछन् । यसबाट बच्न धेरै जरुरी छ र ती हुन् निराशा, कुण्ठा, अन्याय र जीवनमा कुनै उद्देश्य नहुनु । निराशा तब हुन्छ जब तपाईंको प्रयत्नले सोचेजस्तो रिजल्ट दिन सक्दैन जब परिस्थिती तपाईंको योजना बमोजिम हुँदैन या जब तपाईं असफल बन्नुहुन्छ । असफलतालाई ह्याण्डल गर्न धेरै गाह्रो हुन्छ, तर जसले यसो गर्न सक्छ ऊ अझ धेरै मजबुत भएर निस्कन्छ । यो असफलताबाट मैले के पाएँ ? यो प्रश्न आफैंसँग सोध्नु पर्छ । तपाईं आफूलाई धेरै असहाय महसुस गर्नुहुन्छ । तपाईं सबै कुरा छाडिदिन चाहनुहुन्छ, जसरी मैले चाहेको थिएँ । मेरो पहिलो किताबलाई ९ ओटा पब्लिसर्सले रिजेक्ट गरिदिएका थिए । तर यो कुरालाई यसरी बुझ्न सकिन्छ कि असफलताले तपाईंलाई कुन हद सम्म चोट दिन सक्छ । तर यो जिन्दगी हो । यदि चुनौतीहरुबाट सदैव मुक्त हुन सकिन्थ्यो भने त चुनौतीहरु चुनौती नै रहन्थेनन् । र याद राख्नुस् यदि तपाईं कुनै चिजमा असफल भइरहनुभएको छ भने यसको मतलव तपाईं आफ्नो सीमा या क्षमतासम्म पुग्दै हुनुहुन्छ र यहीं तपाईं हुन चाहनुहुन्छ । निराशाको एउटा भाई हो कुंठा अर्को हो तूफान । के तपाईं कहिल्यै कुण्ठित् हुनुभएको छ ? यो तब हुन्छ अब कामहरु बिचमै अड्किन्छन् । यो कुरा भारतमा विशेष रुपले प्रासंगिक छ । ट्राफिक जामदेखि लिएर आफ्नो लागि उपयुक्त जागिर पाउनुसम्म । कहिलेकाहिँ त काम बन्न यती समय लाग्छ कि तपाईंलाई थाहा नै हुँदैन कि तपाईंले आफ्नो लागि सही लक्ष्य निर्धारित गर्नुभएको छ । किताब लेखिसकेपछि मैले हिन्दी फिल्म लेख्ने लक्ष्य बनाएँ । मलाई लाग्यो त्यहाँ लेखकको अवश्यकता छ । मलाई मानिसहरु धेरै भाग्यशाली मान्दछन् तर वास्तवमा म आफूले लेखेको पहिलो फिल्म रिलिज हुन नै पाँच वर्ष लागेको थियो । निराशाले उत्साहलाई मारिदिन्छ र तपाईंको उर्जालाई नकारात्मकतामा बदलिदिन्छ । म यसलाई कसरी डिल गर्छु होला ? भलै सिनेमा हेर्दा थोरै समयमै सकिएला तर त्यसलाई बनाउन धेरै समय लाग्छ । अन्तिम रिजल्ट पुग्नु अघिको प्रोसेसमा रमाइलो मान्न म स्क्रिप्ट राइटिङ्ग सिकिरहेको थिएँ र त्यही समय आफ्नो तेस्रो किताव लेख्ने साइड प्लान पनि मेरो दिमागमा थियो । त्यसका बावजुद साथीभाई, खाने पिउने, घुम्ने लगायतले निराशाबाट पार पाउन मद्दत गर्यो । याद राख्नुस्, कुनैपनि चिजलाई गम्भीरतापुर्वक नलिनुस् । निराशा कहीं न कहीं एउटा इशारा हो कि तपाईं चीजहरुलाई धेरै गम्भीर रुपमा लिइरहनुभएको छ । ‘अन्याय’ यसलाई डिल गर्न धेरै गाह्रो हुन्छ । तर दुर्भाग्य, हाम्रो देशमा यसरी नै काम हुन्छन् । जो पहुँचवाला छ, जसका पिता ठूला मान्छे छन्, जसको अनुहार राम्रो छ, उनीहरुलाई बलिउडमा मात्र होइन हरेक स्थानमा सजिलो हुन्छ । इण्डियामा धेरै कम अवसरहरु छन्, त्यसैले केही हुनका लागि सम्पूर्ण ग्रह नक्षत्रहरु सही स्थितीमा हुनु जरुरी हुन्छ । इण्डियन स्ट्याण्डर्ड हिसाबबाट हेर्ने हो भने तपाईंले कलेजमा पढ्ने अवसर पाउनु र तपाईं भित्र मैले अंग्रेजीमा बोल्दै गरेको यस भाषणलाई बुझ्ने क्षमता हुनु भनेको तपाईं धेरै लक्कि हुनु हो । हामीसँग जे छ त्यसको लागि हामी कृतज्ञ हुनुपर्छ र जे छैन त्यो कुरालाई स्वीकार गर्ने शक्ति हामीमा हुनुपर्छ । म आफ्ना पाठकहरुबाट यति धेरै माया पाइरहेको छु कि अरु लेखकहरुले त्यसको बारेमा सोच्न पनि सक्दैनन् । तर मैले साहित्यिक प्रशंशा चाहिँ पाएको छैन । म ऐश्वर्या राय जस्तो त देखिन्नँ तर म यो मान्छु कि मेरा दुवै छोराहरु उनीभन्दा पनि राम्रा छन् । र अन्तिम तत्व जसले तपाईंभित्रको ज्वालालाई समाप्त गर्न सक्छ । त्यो हो अरु भन्दा अलग हुने स्थिती । जसै तपाईंको उमेर बढ्दै जान्छ तपाईंलाई यो महसुस हुन थाल्छ कि तपाईं युनिक हुनुहुन्छ । सानो छँदा तपाईंलाई आइसक्रिम र स्पाइडर म्यान मनपर्थ्याे तर जब तपाईं कलेज जानुहुन्छ आफ्ना साथीहरुजस्तै नै बन्नुहुन्छ । त्यसैगरी दश वर्ष पछि तपाईंलाई थाहा हुन्छ कि तपाईं युनिक हुनुहुन्छ । तपाईं जे चाहनुहुन्छ, जे माथि विश्वास गर्नुहुन्छ त्यो कुरा तपाईंको नजिकका आफन्तको चाहना र विश्वास भन्दा अलग हुन सक्छ । आफ्नो लक्ष्य परिवारका अन्य सदस्यसँग मेल नखानाले घरमा द्वन्द्व हुन जान्छ र तपाईं शायद आफ्नो सपनालाई, आफ्नो लक्ष्यलाई त्यतिकै छाडिदिनुहुन्छ । कलेजमा बास्केटवलको क्याप्टेन भइसकेकाहरु पछि गएर यो खेल खेल्नै छोडिदिन्छन् । जुन काम गर्न आफूलाई धेरै मन लाग्थ्यो परिवारकै कारण उनीहरुले यसो गरेका हुन्छन् । तर यसो गर्दा ऊ भित्र रहेको ज्वाला निभ्न जान्छ । कहिल्यै पनि यस्तो कम्प्रोमाइज नगर्नुस् । पहिले आफूलाई माया गर्नुस् अनि मात्र अरुलाई । मैले तपाईंलाई चारओटै आँधीहरु (निराशा, कुंठा, अन्याय र अलगपन) को बारेमा बताएँ । तपाईं यसलाई इन्कार गर्न सक्नुहुन्न । मनसुनजस्तै गरी यी सबै तपाईंको जीवनमा बारम्बार आइरहन्छन् । तपाईंले बस आफ्नो रेनकोट तैयार राख्नुपर्ने हुन्छ ताकि तपाईं भित्रको ज्वाला निभ्न नपाओस् । म एकपल्ट फेरी तपाईंलाई तपाईंको जीवनको सबैभन्दा राम्रो समयमा स्वागत गर्न चाहन्छु । यदि कसैले मलाई बितेका दिनमा फर्किने अप्शन दिन्छ भने निश्चित रुपमै म कलेज फर्किन चाहन्छु । म यो आशा गर्दछु कि दश वर्ष पछि पनि तपाईंको आँखामा यही चमक देखिरहिनेछ जो आज देखिँदैछ । मलाई विश्वास छ कि तपाईं आफ्नो भित्रको ज्वालालाई कलेज जीवनमा मात्र होइन आउनेवाला २५०० हप्ता सम्म पनि निभ्न दिनुहुने छैन । त्यसैगरी म यो पनि आशा गर्छु कि तपाईंमात्र पनि होइन पूरै देशले यस्तो ज्वालालाई निभ्न दिने छैनन्, किनकि इतिहासमै कुनै अरु पलभन्दा ज्यादा अब यो पलको आवश्यकता छ । र यो भन्न कति राम्रो हुनेछ कि म करोडौं ज्वालाहरु भएको भूमीसँग सम्बन्धित छु । धन्यवाद । (प्रस्तुत भाषण भारतीय प्रख्यात् लेखक चेतन भगतले सन् २००८ मा पहिलो दिन कलेज आएका सिम्बियोसिस बिबिए प्रोग्रामका विद्यार्थीहरु समक्ष दिएका थिए। जसलाई नेपाली भाषामा अनुवाद गरिएकाे हाे ।)
कर्मचारीकाे भत्ता १०० प्रतिशत वृद्धि, काम नपाउनेहरू भाेग भाेकै
लेखक युकेका अस्पताल कोरोनाभाइरसका बिरामीले भरिएका छन् । ६६०० भन्दा बढ़ीमा सङ्क्रमण पुष्टि र ३३५ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्यकर्मी दिनरात जोखिम मोलेर खटिएका छन् । रिटायर्ड स्वास्थ्यकर्मीले उमेरगत जोखिम हुँदाहुँदै पनि स्वेच्छाले काममा फर्किन नाम लेखाएका छन् । तर तिनले प्रोत्साहन भत्ता भनेर तलब बढाउने माग राखेको सुनिन्न । अहिलेसम्म सरकारले यस्तो निर्णय गरेको पनि छैन । बरु काम बन्द भएर घरमैं बस्नुपरेका या बिमारीका कारण घरमैं बसेकाहरूको तलब बेहोर्ने निर्णय गरेको छ । बन्द भएका साना बिजनेसलाई एक वर्ष कर छुट दिनेदेखि बिनाब्याज ऋण दिनेसम्मका प्याकेज लागू भइसकेका छन् । यस्तो कठिन घड़ीमा काम नपाउने, गर्न नसक्ने या आम्दानी नहुनेको पक्षमा निर्णय भएको देखिन्छ तर स्वास्थ्यकर्मी या प्रहरीले आफ्नो कर्तव्य निभाएबापत् तलबभन्दा बढ़ी सुविधा पाउनुपर्ने माग उठ्दैन । बरु, पार्किंग शुल्कदेखि आयकर छुटका कुरा उठेका छन् । प्रधानमन्त्रीले दिनदिनै धन्यवाद दिन्छन् र मनोबल बढाउँछन् । सरकारका कारण होइन, स्वास्थ्यकर्मीका कारण हामी सुरक्षित छौं जस्तो नागरिक भाव र सम्मान बढाउँछन् । तर किन होला, नेपालमा महाभूकम्पको पीड़ा होस् या कोरोनाको सङ्कट सबैभन्दा पहिले कर्मचारीलाई ‘प्रोत्साहन भत्ता’को निर्णय भइहाल्छ । अहिलेसम्म जम्मा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ तर कर्मचारीलाई तलबको शतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय भइसक्यो । दैनिक मकै पोलेर या आलुप्याज बेचेर गुजारा गर्नेहरूलाई के कति भत्ता दिने भन्नेचाहिँ छलफल हुनै बाँकी छ । रेस्टुरेन्टदेखि बसको कन्डक्टरसम्म काम गर्नेलाई यो लकडाउनमा कसरी सपोर्ट गर्ने भन्ने सोच्न बाँकी नै छ । सैलुन चलाउनेले कसरी भाड़ा तिर्ला या दैनिक गिट्टी कुट्नेले छोराछोरीलाई कसरी माड़ खुवाउला भन्ने पनि सोच्न भ्याइएको छैन । तर बैठक भत्तादेखि प्रोत्साहन भत्तासम्मको निर्णय भने सबैभन्दा पहिले भयो । लाग्छ, जति ठूलो कुरो गरे पनि हाम्रो कर्तव्यबोध पैसामा गएर टुङ्गिन्छ । महाभूकम्पका बेला हाम्रो दुःख, विनाश र मानवीय सङ्कट देखेर विदेशी दातृ निकायले झन्डै चार खर्ब रुपियाँ सहयोग गरे । जापान र बेलायतका विद्यार्थीले खाजा खर्च बचाएर पैसा पठाए । क्यानेडाकी मन्त्री निजी बिदा लिएर उद्धारमा खटिन आइन् । नेपालमा पुनर्निर्माण प्राधिकरण बन्यो । उसले पहिलो निर्णय नै आफ्नो तलब भत्ता दोब्बर बनाउने भनेर गर्यो । तलब दोब्बर नहुन्जेल त्यहाँ कोही कर्मचारी काम गर्न जान नमानेको खबर आयो । तर देशमा खुला विज्ञापन गरेको भए दुई महिना स्वयंसेवा अनि तलबी नियुक्ति भनिएको भए पनि हजारौँ युवा अगाडि आउने थिए । यो सबै कर्मचारी र राजनीतिकर्मीको कमाउने मेसो थियो । रोचक त के रह्यो भने त्यो तलब बढाउने निर्णयले छ महिनापहिले देखिकै तलब बढ़ायो । सांसदहरूलाई तलब छ, घरभाड़ा छ, तेल छ, पिएको व्यवस्था छ, अनेक थोक छ । तिनको तलब र यो सबै खर्च संसदमा उपस्थित भएर कानुन बनाउनका लागि हो । तर संसदमा उपस्थित भएको दिन तिनले छुट्टै भत्ता बुझ्छन् । धेरै जसोले त उपस्थित नभई पनि बुझ्छन् । हो, कर्मचारीको तलब पर्याप्त छैन । तर त्यो सङ्कट र कर्तव्य निभाउने बेलामात्रै पर्याप्त नहुने पक्कै होइन । कामैं नहुनेहरूको अवस्था झन जटिल होला । यो कोरोनामा खटिएका कर्मचारीको प्रोत्साहन भत्ता बैठक बस्ने र भाषण गर्नेहरूले नै बढ़ी लिने हुन् । कोरोनाको सङ्कट सकिएला । पुनर्निर्माण पनि एक दिन सम्पन्न होला । त्यसपछि यो सङ्कटसँग लड्नेहरूलाई सम्मान, धन्यवाद र प्रोत्साहन दिनु अलग होला । विश्वभर धेरै देशले देलान् पनि । तर अहिले देशलाई टेस्ट गर्ने किट्स चाहिएको छ, अत्यावश्यक औषधि र सुरक्षा उपकरण चाहिएको छ । मास्क, भाइजर, हेडकभर, गाउन र सेनिटाइजर चाहिएको छ । तर हाम्रो पहिलो चिन्ता तलबभत्ताकै भएजस्तो देखिन्छ । यो मेरो देखाइ त्रुटिपूर्ण र आंशिक हुन पनि सक्छ । तपाईंलाई के लाग्छ ? (फेसबुकबाट)
मौद्रिक नीतिको अर्द्ध-वार्षिक समीक्षाः के-केमा भयाे सहज, साेचे जस्ताे के भएन ?
काठमाडाैं । ज्याेति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनाेज ज्ञवालीले नेपाल राष्ट्र बैंकले साेमबार सार्वजनिक गरेकाे आर्थिक २०७६/७७काे मौद्रिक नीतिको अर्द्ध-वार्षिक समीक्षा माथि टिप्पणी गरेका छन् । उनले उक्त समीक्षामा केही कुराहरू सकारात्मक रहेकाे र केही क्षेत्रकाे नीतिगत व्यवस्थामा मुख्य परिवर्तन गरी सहज वातावरण बनाइएकाे उल्लेख गरेका छन्। तर, यसले केही क्षेत्रलाई भने नकारात्मक असर पार्नुका साथै कतिपय कुराहरू साेचे जस्ताे नभएकाे उनकाे भनाइ छ । क) लक्ष्य र प्राप्ति प्रमुख बुँदाहरु: कुन कुराहरु सकारात्मक रहे ? – निर्यात २६.१ प्रतिशतले बढेको र आयात ४ प्रतिशतले घटेको कारण व्यापार घाटामा ६.१ प्रतिशतले कमी आएको छ । – विदेशी निक्षेप स्वीकार गर्न सक्ने प्रावधानको सदुपयोगको शुरुवातसंगै यूएसडी एक मिलियन बराबरको विदेशी निक्षेप बैंकहरुले प्राप्त गरेको छन्। –आटीजीएस संचालनमा ल्याईसकिएको छ। के कुराहरु सोचे जस्तो भएनन् ? सरकारकाे पुँजीगत खर्च गर्ने अवस्था अझै उस्तै रहेको छ। राजश्व संकलन जति पनि बजेट खर्च नभएको स्थीति छ । हालसम्म पुँजीगत खर्च जम्मा ६२.७७ अर्ब रूपैयाँ भएको छ । मुद्रास्फिति दर ६ प्रतिशतमा राख्ने लक्ष्य पुरा भएकाे छैन। खाद्य वस्तुकाे मुद्रास्फितिदर बढेर १० प्रतिशतभन्दा माथि पुगेको छ । जुन २०७५ पुसमा जम्मा २.७ प्रतिशत रहेकाे थियाे । आन्तरिक कर्जा २४ प्रतिशत तथा निजीक्षेत्र तर्फको कर्जा २१ प्रतिशतले वृदिकाे लक्ष्य रहेकोमा क्रमशः १४.१ र १४.९ प्रतिशत मात्र हुन सकेको। ख) नीतिगत व्यवस्थामा मुख्य परिवर्तन: के सहज बनाईयो? घर कर्जा र कृषि, पर्यटन तथा एसमई कर्जा: स्वप्रयोजनका लागि निर्माण/खरिद गरिने पहिलो घर तथा ५० लाखदेखि २ करोड रुपैयाँसम्मको कृषि, पर्यटन एवम् साना तथा मझौला पेशा र व्यवसायका लागि कर दाखिला कागजातको आधारमा कर्जा प्रदान र नवीकरण गर्न सक्ने व्यवस्था रहेकाे छ । घरजग्गा व्यवसाय: नियमानुसार दर्ता भएका घर जग्गा व्यवसाय कम्पनीहरुले सञ्चालन गर्ने सरकारको सम्वन्धित निकायबाट अनुमति प्राप्त आयोजनाका लागि प्रदान गरिने कर्जाको मूल्य अनुपात महानगरपालिका, उपमहानगरपालिका र काठमाडौं महानगरपालिकासँग जोडिएका नगरपालिका क्षेत्रमा अधिकतम ५० प्रतिशत सो बाहेकका क्षेत्रमा ६० प्रतिशत कायम गरिएको छ । जुन हाल ४० र ५० प्रतिशत रहेकाे छ । बैदेशीक ऋण: नेपाली नागरिक, फर्म तथा संस्थाले व्यवसाय संचालन वा विस्तार गर्न यस बैंकको पूर्व स्वीकृति लिई भारतबाट भारतीय रूपैयाँ १० करोडसम्म र अन्य मुलुकबाट अमेरिकी डलर १० लाखसम्म कम्तिमा ३ वर्ष अवधिको लागि सहुलियतपूर्ण व्याज वा विना ब्याजमा ऋण/सापटी लिन पाउने व्यवस्था गरिनेछ । काेराेना प्रभावित व्यवसायलाई राहत: कोरोना भाइरसको संक्रमणको कारणबाट असर पर्न सक्ने सम्भावित क्षेत्रहरु पहिचान गरी त्यस्ता क्षेत्रहरुमा प्रवाह भएको कर्जामा पुनरकर्जा सुविधा र पुनसंरचना तथा पुनर्तालिकीकरणको व्यवस्थाहरुमा आवश्यकता अनुसार पुनरावलोकन गरिने। प्राथमिकता क्षेत्रमा कर्जा: प्राथमिकता क्षेत्रमा गरेको कर्जा लगानीलाई वाच लिष्टमा राखी ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने कुरामा केहि लचकता हुने। केलाई पर्यो नकारात्मक असर ? लघुवित्तका सेयरधनीलाई लाभांश: वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस शेयर) वितरणको प्रस्ताव गर्ने संस्थाले २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशतले हुने रकम ग्राहक संरक्षण कोष र २५ प्रतिशतले हुने रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था भएकाे छ । (याे लेख ज्ञवालीकाे सामाजिक सञ्जालबाट साभार गरिएकाे हाे । )