सनराइज बैंकले दियो उद्यमीलाई तालिम
काठमाडौं, २८ साउन । सनराइज बैंकले उद्यमीहरुलाई आधारभूत कर तथा लेखा नीति सम्बन्धी अभिमुखिकरण तालिम दिएको छ । बैंकले प्रसिद्ध चाटर्ड एकाउन्टेण्ट सुदर्शनराज पाण्डेद्धारा उद्यमीहरुलाई आधारभुत कर तथा लेखा अभिमुखिकरण तालिम दिएको हो । सो तालिमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले गरेका थिए । कार्यक्रमले आधुनिक सूचना प्रविधिको विकास व्यवसाय संचालनमा पर्न सक्ने समस्याहरु र व्यवसाय संचालन पूर्व अपनाउनुपर्ने सामान्य विधिहरुको बारेमा जानकारी दिएको छ । साथै व्यवसायलाई अपेक्षित रुपमा बृद्धि गर्नु उद्यमीको प्रमुख चुनौतीे रहेको परिवेश र यथार्थलाई मध्यनजर राख्दै बैंकले आफ्ना ग्राहक वर्गमा वित्तीय परामर्श पु¥याउने हेतुले सनराइज बैंक एडभिजरी सेलको स्थापना गरेको बताएको छ । यस बैंक “हामी संग संगै” भन्ने मूल नाराका साथ अगाडि बढिरहेको अवस्थामा आफ्ना ग्राहकहरुलाई “आधारभूत कर तथा लेखा नीति” सम्बन्धि सामान्य जानकारी दिने उद्देश्यले आफ्ना क्रियाकलापहरूको शुरुवात गरी भविष्यमा अझ सशक्त भूमिका निर्वाह गरी थप कार्यक्रमहरु संचालनमा ल्याउने प्रतिबद्घता व्यक्त गरेको छ । बैंकले विशुद्ध रुपमा नाफामूलक क्रियाकलापमा मात्र आफ्ना गतिविधिहरुलाई सीमित नराखी संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) वहन गर्ने अभिप्रायले यस्ता कार्यक्रमको तर्जुमा गर्न गईरहेको जानकारी गराएको छ । कार्यक्रममा उद्यमीहरूलाई सामान्य लेखाशास्त्रका सिद्धान्त, चालुपूजी व्यबस्थापनका आधारभूत नियमहरुको बारेमा जानकारी दिइएको छ । नेपाल सरकारको कर नीति, कर विवरण तयार गर्दा ध्यान दिनुपर्ने सामान्य कुराहरु, कर दाखिला तथा चुक्ता प्रमाण हुन् । यसका साथै, व्यबसाय संचालन गर्दा ध्यान दिनुपर्ने अन्य सामान्य कुराहरु जस्तै व्यवसायिक योजना, वजार प्रबद्र्धन तथा बिक्री, व्यवसायिक वातावरणको विश्लेषण गरिएको थियो ।
नविल बैंकको नाफा पौने तीन अर्ब, हिमालयन बैंकको नाफा पनि दुई अर्ब नजिक
काठमाडौं, २८ साउन । नविल बैंकले २०७३ साउन मसान्तसम्ममा २ अर्ब ८२ करोड नाफा कमाएको छ । यो नाफा नविलले २०७२ साउन मसान्तसम्म कमाएको भन्दा ७३ करोडले बढि हो । नविलले २०७२ असार मसान्तसम्म जम्मा २ अर्ब ९ करोड नाफा कमाएको थियो । ४ अर्ब ७५ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ५९ करोेड रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी ५९ रुपैंयाँ ३२ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ २६० रुपैंयाँ रहेको छ । नविलले २०७३ असार मसान्तसम्ममा एक खर्ब १० अर्ब निक्षेप संकलन गरेर ७७ अर्ब ७३ करोड कर्जा तथा सापटी प्रवाह गरेको छ । बैंकको खराब कर्जा एक दशमलब १४ प्रतिशत रहेको छ । बैंकले ६ अर्ब १७ करोड ब्याज आम्दानी गरेर एक अर्ब ८२ करोड मात्रै ब्याज खर्च गरेको छ । यसैबिच हिमालयन बैंकले पनि आफ्नो नाफा दुई अर्ब नजिक पुर्याएको छ । बैंकले २०७३ असार मसान्तसम्म एक अर्ब ९१ करोड नाफा कमाएको छ । यो नाफा बैंकले २०७२ असार मसान्तसम्ममा कमाएको भन्दा ८० करोडले बढि हो । सो अवधीमा बैंकले जम्मा एक अर्ब ११ करोड नाफा कमाएको थियो । ४ अर्ब ४९ करोड चुक्ता पुँजी रहेको हिमालयन बैंकको जगेडा कोषमा ४ अर्ब ३७ करोड रुपैंया रहेको छ । बैंकको प्रति सेयर आम्दानी ४२ रुपैंयाँ ५८ पैसा छ भने प्रति सेयर नेटवर्थ १९७ रुपैंयाँ २५ पैसा रहेको छ । बैंकले खराब कर्जाको दरलाई ३ दशमलब २२ प्रतिशतबाट घटाएर एक दशमलब २३ प्रतिशतमा झारेको छ । बैंकले ८७ अर्ब ३२ करोड निक्षेप संकलन गरेर ६९ अर्ब १० करोेड कर्जा तथा सापटी प्रवाह गरेको छ । बैंकले ४ अर्ब ९७ करोड ब्याज आम्दानी गरे एक अर्ब ५६ करोड ब्याज खर्च गरेको छ ।
ग्लोबल आइएमई बैंकद्धारा विद्यालयलाई कम्प्युटर सहयोग
काठमाडौं, २७ साउन । ग्लोबल आइएमई बैंकले कालिकोट स्थित सामाजिक युवा कार्य नेपालसंगको सहकार्यमा कालीकोटका विभिन्न सरकारी विद्यालयहरुमा १२ थान कम्प्युटर सहयोग गरेको छ । बैंकले विकट कालीकोट जिल्लाका विभिन्न सरकारी विद्यालयहरुमा विद्यार्थीहरुलाई कम्प्युटरको पहुँच पुगोस भन्ने उद्धेश्यले उक्त कम्प्युटरहरु सहयोग गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले उक्त कम्प्युटरहरु सामाजिक युवा कार्य नेपाललाई हस्तान्तरण गरेका छन् । बैंकले विशुद्ध बैंकिङ्ग सेवा मात्र नभएर स्थापना काल देखि नै अन्य क्षेत्रहरुमा पनि सहयोग गर्दै आएको छ । विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु बाढी पहिरो, भुँईचालो लगायतका अन्य विपतको समयमा सहयोग गर्दै आएको बैंकले जनाएको छ । हाल सम्म बैंकले ९१ वटा शाखा ६ वटा एक्सटेन्सन काउण्टर, १०२ एटिएम, ४२ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ६ लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।