महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायद्धारा शपथ ग्रहण
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले मंगलबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । हालै लागु भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ मा बैंक तथा वित्तीय संस्थाका अध्यक्षले नेपाल राष्ट्र बैंक समक्ष शपथ ग्रहण गर्नु पर्ने व्यवस्था रहेको छ । यति डेभलपमेन्ट बैंक लिमिटेड तथा महालक्ष्मी विकास बैंक लिमिटेड एक आपसमा गाभिए पश्चात बनेको राष्ट्रिय स्तरको महालक्ष्मी विकास बैंक लिमिटेडमा नयाँ संचालक समितिको गठन भएको हो । मर्जर पश्चात बैंकको चुक्ता पूँजी २ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । साथै, निक्षेप २४ अर्ब २१ करोड रुपैयाँ र कर्जा सापट २० अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।
बैंक अफ काठमाण्डूका सिइओ श्रेष्ठद्धारा राजीनामा, को बन्ला नयाँ सिइओ ?
काठमाडौं । बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले राजीनामा दिएका छन् । बैंक सञ्चालक समितिसँग खटपट परेपछि श्रेष्ठले राजीनामा गरेका हुन् । बैंकको व्यवसाय विस्तारमा उल्लेख्य सुधार नगरेको भन्दै सञ्चालक समितिले श्रेष्ठसँग स्पष्टीकरण सोधेको थियो । चार बर्षे कार्यकालका लागि श्रेष्ठले गत असारमा मात्रै कार्यभार सम्हालेका थिए । श्रेष्ठले राजीनामा गरेसँगै सोभनदेव पन्त, अनिल केसरी शाह, किशोर महर्जन, तुलसी गौतम, उपेन्द्र पौडेल र सुमन जोशी र उज्वलराज राजभण्डारीलाई नयाँ कार्यकारी प्रमुखको दावेदार मानिएको छ । उनीहरु आ आफ्नो तर्फबाट प्रमुख कार्यकारी अधिकृत बन्नका लागि लबिङ गरिरहेको श्रोतले बतायो । यो पनि बढ्नुहोस् : प्रमुख कार्यकारी अधिकृत फेर्ने विषयमा बैंक अफ काठमाण्डूमा खटपट
माछापुच्छ्रे बैंकको हकप्रद सेयर साउन ५ गतेदेखि
काठमाडौं । माछापुच्छ्रे बैंकको हकप्रद सेयर साउन ५ गतेदेखि निष्काशन हुने भएको छ । बैंकले १० कित्ता बराबर १.२ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । भदौं ७ गतेसम्म आवेदन दिन सकिने हकप्रद सेयरको बिक्रि प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त भएको छ । बैंकले आफ्ना देशभरका शाखा र एनएमबी क्यापिटलको कार्यालयबाट आवेदन दिन सकिने जनाएको छ ।