हिमालयन बैंकको सहयोगमा मैतीदेवी मन्दिरमा ८ वटा सीसीटीभी क्यामरा

काठमाडौं । हिमालयन बैक लिमिटेडले ऐतिहासिक एवं धार्मिक सम्पदाहरुको सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले काठमाडौं महानगरपालिका वडा नं. ३० अवस्थित मैतीदेवी मन्दिर परिसरको विभिन्न स्थानमा ८ थान उच्च क्षमता युक्त सि.सि टी.भी क्यामेरा जडान गराई सो सम्बधि रेकर्डिङ्ग उपकरण उपलब्ध गराएको छ । बुधबार बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले सि. सि. टी. भी. सम्बन्धि उपकरणहरु मैतीदेवी क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव दर्शन महतोलाई औपचारिक रुपमा हस्तान्तरण गरेका हुन् । उक्त रेकर्डिङ्ग उपकरणले उच्च क्षमतामा १८ दिन सम्मको चौबिसै घण्टाको गतिविधिलाई सुरक्षित राख्न सक्ने बताईएको छ । मारोहमा पुरातत्व विभागका महानिर्देशक भेष नारायण दहाल, बैंकका सञ्चालकहरु, बैंकका वरिष्ठ पदाधिकारी तथा मैतीदेवी क्षेत्र प्रबन्ध समितिका अन्य पदाधिकारीहरुको समेत उपस्थिति थियो । समारोहमा मन्तव्य ब्यक्त गर्दै अध्यक्ष श्रेष्ठले सि. सि. टी. भी. जडान भए पश्चात मन्दिर परिसर वरिपरि हुनसक्ने अवांछित गतिविधिहरु नियन्त्रणमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे । उनले यसअघि पनि बैंक तथा व्यक्तिगत एवं पारिवारिक सहयोगमा मैतीदेवी मन्दिरमा तोरण एवं ढलोटका २ सिंह प्रतिमाहरु स्थापना गरिसकेको जानकारी दिए । यसैगरि पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहालले बैंकको यस प्रकारको पुरातात्विक संपदा संरक्षणको कार्य अत्यन्त सह्रानीय रहेको बताए ।

८८ फाइनान्स ३३ मा झरे, मर्जर सहमति अनुसार गए १५ वटा मात्रै हुने

काठमाडौं । वित्तीय बजारमाा प्रतिस्पर्धा गर्न नसकेपछि फाइनान्स कम्पनीले मर्जर वा एक्विजिसनको सुरक्षित बाटो अपनाएका छन् । राष्ट्र बैंकले चुक्ता पुँजी ८० करोड रुपैयाँ पुर्याउन दिएको निर्देशन पालना गर्न नसकेर पनि फाइनान्स कम्पनीहरु यो बाटो लागेको हुन् । मुलुकभर २ वर्षअघिसम्म ८८ वटा फाइनान्स कम्पनी थिए । अहिले झरेर ३३ वटामा आइपुगेका छन् । यसमध्येको धेरैजसो कम्पनीले मर्जर वा एक्विजिसनमा जाने निर्णय गरिसकेका छन् । अहिलेसम्म मर्जर र एक्विजिशनमा जाने निर्णय गरेका फाइनान्स कम्पनी त्यस अनुसार गए १५ वटामा झर्ने देखिन्छ । नागरिक दैनिकबाट ।

यूनियन फाइनान्सका मालिकको सेयर आधा घट्ने, १०० कित्ता सेयर हुनेले देवः विकास बैंकको ५० कित्ता पाउने

काठमाडौं । देवः विकास बैंकमा गाभिन लागेको यूनियन फाइनान्सका सेयरधनीले आफ्नो सेयर संख्यामा ५० प्रतिशत घुमाउने भएका छन् । मर्जपछि यूनियन फाइनान्सको १०० कित्ता सेयर हुनेले देवः विकास बैंकको ५० कित्ता पाउने भएका छन् । दुई संस्थाबीच मर्जको क्रममा सेयर मिलान अनुपान (स्वाप रेसियो) यूनियन फाइनान्सको १ कित्ता बराबर देबः विकास बैंकको शुन्य दशमलव ५० प्रतिशत निर्धारण गरिएको छ । दुबै कम्पनीको डीडीए रिपोर्टका आधारमा देवको भन्दा यूनियनको सेयर भ्यालु ५० प्रतिशत कम देखिएको हो । हाल देवः विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २७५ रुपैयाँ छ भने यूनियन फाइनान्सको सेयर मूल्य मर्ज प्रक्रिया शुरु हुनुपूर्व १७५ रुपैयाँका कारोबार भएको थियो । स्वाप रेसियो अनुमोदन, डीडीए रिपोर्ट र मर्ज सम्बन्धि सबै निर्णय र प्रक्रिया पुरा गर्ने प्रस्तावहरुसहित देव विकास बैंकले असार २९ गते विशेष साधारणसभा बोलाएको छ । बैंकले मर्जपछि १०० बराबर ४० अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि विशेष साधारणसभामा पेस गर्ने भएको छ । मर्ज र हकप्रद सेयर पछि चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ हुने बैंकले जनाएको छ । हाल देव विकास बैंकको चुक्ता पुँजी १४४ करोड रुपैयाँ छ । यूनियन फाइनान्सको चुक्ता पुँजी १७ करोड ४९ लाख रुपैयाँ छ । मर्जपछि देव विकास बैंकको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ हुनेछ । हकप्रद सेयरबाट बैंकले थप ६१ करोड रुपैयाँ पुँजी थप्ने भएको छ भने बोनस सेयरबाट करिव ३६ करोड रुपैयाँ पुँजी थप गर्न सक्ने देखिएको छ ।