एनआईसी एशियाको नाफा १४७ करोड, कागज नछोई सेयर आवेदन गर्न र बैंक खाता खोल्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको १ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा गरेको छ । आर्थिक वर्ष २०७२/७३ मा १०७ करोड रुपैयाँ नाफा गरेको यो बैंकले आर्थिक वर्ष २०७३/७४मा ३७ प्रतिशतले नाफा बढाएको छ । १९ वर्ष पुरा गरी २० वर्ष प्रवेश गरेको अवसरमा बैंकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै २०७४ असार मसान्तसम्ममा निक्षेप ८५ अर्ब संकलन भएको, कर्जा ७२ अर्ब लगानी भएको जानकारी दिएको छ । ‘बैकिङ क्षेत्रमा गत आर्थिक वर्ष तरलताको अभाव हुँदै पनि एनआईसी एशियाले निक्षेप २६ प्रतिशत वृद्धि गर्न र कर्जा २२ प्रतिशतले विस्तार भएको छ’ बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले भने । बैंकको खराव कर्जा घटेको, सम्पत्तिको क्वालिटी धेरै राम्रो भएको र बैंकले इक्रा नेपाल लिमिटेडबाट उत्कृष्ट गुणस्तरीय क्रेडीट रेटिङ ‘इक्रा एनपीआईआर ए’ प्राप्त गरेको उनले बताए । एनआईसी एशियाले २०औं वर्षमा आक्रामक रुपमा बजार विस्तार गर्ने जनाएको छ । ‘चालु आर्थिक वर्षभित्रका बैंकको शाखा २०० वटा र एटीएम ३०० वटा सञ्चालनमा आउनेछन् । यस वर्ष निक्षेप ११५ अर्ब रुपैयाँ पुर्याउने र कर्जा ९५ अर्ब पुर्याउने लक्ष्य लिएको छौं’ प्रमुख कार्यकारी अधिकृत रिसालले भने । चालु आर्थिक वर्षभित्र जाजरकोटमा केन्द्रीय कार्यालय राख्ने गरी माइक्रोफाइनान्स खोल्न लागिएको उनले बताए । केही महिनाअघि मात्र यस बैंकले एनआईसी क्यापिटल सञ्चालनमा ल्याएको छ । ‘बैंकिङ बाहेक अर्थतन्त्रका अन्य क्षेत्रमा पनि योगदान गर्ने लक्ष्य बैंकले लिएको उनले बताए । बैंकले निकट भविष्यमा फूलफेजमा अनलाईनबाट आश्वा एकाउन्ट र डिपोजिट एकाउन्ट खोल्न सकिने गरी डिजिटल बैकिङ सेवा दिन लागेको उनले बताए । ‘आश्वाको एकाउण्ट खोल्ने र सेयर आवेदन गर्न कागज छुन नपर्ने गरी फूलफेज अनलाईन सेवा दिने अन्तिम तयारीमा छौं’ प्रमुख कार्यकारी अधिकृतले भने । १९ वर्षमा बैंकले सरकारलाई करिव ५ अर्ब रुपैयाँ राजश्व तिरेको र लगानीकर्तालाई ५ अर्ब ६० करोड लाभांश वितरण गरेको उनले जानकारी दिए ।

कैलाश विकास बैंक चौथो पटक उत्कृष्ट वार्षिक प्रतिवेदनबाट सम्मानित

काठमाडौं । कैलाश विकाश बैंक चौथो पटक उत्कृष्ट वार्षिक प्रतिवेदनबाट सम्मानीत भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट् संस्था(आसिएन)द्वारा बैंकलाई लगातार तेश्रो पटक हुने गरी उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन सम्मान–२०१६ प्रदान गरेको हो । यस संस्थाले यसपटक सहित उक्त सम्मान चौथो पटक प्राप्त गरेको हो । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कारोवार गरिरहेको सो बैंकले स्थापना कालदेखि नै संस्थागत सुशासन, पारदर्शिता, जवाफदेहिता, दिगो बृद्धि ,स्तरीय ग्राहक सेवा आदीजस्ता विषयहरुलाई प्रमुख प्राथमिकतामा राख्दै उत्कृष्ट वित्तीय सेवा पुर्याएको हुनाले सम्मानहरु प्राप्त गर्दै आएको बैंकले जनाएको छ । यस संस्थाको २०७४ असार मसान्तमा चुक्ता पूंजी  २ अर्व २९ करोड रुपैयाँ पुगेको छ भने संस्थाले सो अवधिमा १७ अर्व १७ करोड निक्षेप संकलन गरी १५ अरब ४ करोड कर्जा प्रवाह गरेको छ । साे अविधसम्म संस्थाले करिव ७६ करोड संचालन मुनाफा आर्जन गर्न सफल भएको बैंकले जानकारी दिएको छ । संस्थाले विभिन्न जिल्लाका ३८ शाखा मार्फत इन्टरनेट बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, मोबाईल बैंकिङ्ग सुविधा तथा १७ वटा एटीएम मेशिनद्वारा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ  ।

इक्रा रेटिङमा एनआईसी एशिया बैंकले पायो ‘इक्रा एनपीआईआर ए’

काठमाडौं । एनआईसी एशिया बैंकले इक्रा नेपाल लिमिटेडबाट उत्कृष्ट गुणस्तरीय क्रेडीट रेटिङ ‘इक्रा एनपीआईआर ए’ प्राप्त गरेको छ । बैंकको १९ वर्षको लामो व्यवसायिक आधार, पुंजी प्रयाप्तता, न्युन जोखिम कर्जा, कर्जा तथा निक्षेपमा बैंकको बजार हिस्सा लगायत अन्य सम्बन्धित सुचकांकहरुको स्तरको आधारमा उक्त क्रेडीट रेटिङ्ग प्रदान गरिएको छ । उक्त क्रेडिट रेटि¨प्राप्त संस्थाको कर्जा जोखिम औषत रहने तथा प्रयाप्त कर्जा गुणस्तर रहेको मानिन्छ । हाल बैंकको ११९ शाखा कार्यालयहरु, ४ एक्स्टेन्सन काउन्टरहरु तथा ७० एटिएम सञ्जालहरु संचालनमा रहेका छन् । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले देशका विभिन्न स्थानहरुमा थप शाखा सञ्जाल, एक्स्टेन्सन काउन्टर तथा एटिएम सञ्जालहरु संचालन गर्ने योजना अगाडि सारेको छ ।