एनएमबी बैंकले कमायो डेढ अर्ब, एक वर्षमा बढ्यो ३५ प्रतिशनले नाफा
काठमाडौं । एनएमबी बैंकले एक वर्षमा डेढ अर्ब रुपैयाँ नाफा कमाउन सफल भएको छ । यो बैैंकले गत आर्थिक वर्ष २०७३/०७४ मा एक अर्ब ५१ करोड १३ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको छ । यस्तो नाफा अघिल्लोको तुलनामा ३९ करोड ६३ लाखले बढेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा ३५ दशमलव ५४ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो वर्ष यो बैंकको नाफा १ अर्ब ११ करोड ५० लाख ६५ हजार रुपैयाँ मात्रै थियो । बैंकले असार मसान्तसम्ममा संचित कोषमा ४ अर्ब २६ करोड रुपैयाँ जम्मा गरेको छ । यो बैंकको असार मसान्तसम्मको सेयर पुँजी ६ अर्ब ४६ करोड रुपैयाँ छ । बैंकले असार मसान्तसम्ममा निक्षेप ७३ अर्ब २२ करोड रुपैयाँ संकलन गरेको छ भने ६१ अर्ब २१ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो बैंकले हालसम्म १० अर्ब ५८ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको खराब कर्जा अनुपात १ दशमलव ६६ प्रतिशत रहेको छ । बैकको प्रति सेयर आम्दानी २७ रुपैयाँ ६९ पैसा रहेको छ । यो बैंकको सीसीडी रेसियो ७४ दशमवल ९० प्रतिशत रहेको छ । यसको प्रति सेयर नेटवर्थ १६६ रुपैयाँ ०७ पैसा रहेको छ ।
एक लाखभन्दा बढी रकम खातामा राख्दा परिचय पत्र अनिवार्य
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा एक लाख रुपैयाँभन्दा बढी रकम जम्मा गर्दा आफ्नो परिचय खुल्ने कागतजात पेस गर्नुपर्ने भएको छ। जतिसुकै रकम निक्षेप गर्दा पनि निक्षेपकर्ताको परिचय पत्र चाहिने राष्ट्र बैकको विद्यमान व्यवस्थाले ग्राहकलाई अप्ठ्यारो पारेपछि त्यसलाई परिमार्जन गरी एक लाख रुपैयाँभन्दा बढीको सीमा तोक्न लागिएको हो। राष्ट्र बैंकले ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था’ भन्दै यही साउन १ देखि ग्राहकको खातामा निक्षेप गर्ने व्यक्तिको परिचय खुलाउने कागजात लिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो। ‘ग्राहकबाहेक अन्य कुनै व्यक्तिले ग्राहकको खातामा नगदै जम्मा गर्न आएमा रकम जम्मा गर्ने व्यक्तिको परिचय खुल्न सक्ने विवरण तथा कागजात लिनुका साथै नगद जम्मा गर्नुको प्रयोजनसमेत खुलाउनुपर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ। यो निर्देशन पछि बैंक तथा वित्तीय संस्थाले सबै निक्षेपमा ग्राहकबाहेकका व्यक्तिको परिचय पत्र माग्न थालेका छन्। बैंक तथा वित्तीय संस्थामा थोरै रकम जम्मा गर्ने निक्षेपकर्ता धेरै हुने भएकाले यो व्यवस्थाले उनीहरूलाई बढी प्रभाव पारेको छ। यसकारण उनीहरूले अप्ठ्यारो महसुस गरेका हुन्। सानो रकम निक्षेप गर्दा पनि परिचय पत्र चाहिने व्यवस्थाले सेवाग्राहीलाई अप्ठ्यारो भएको भन्दै निक्षेपको सीमा तोक्ने अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई निर्देशन दिइसकेको सहसचिव आनन्द ढकालले बताए। ‘यो व्यवस्थाले निक्षेपकर्तालाई अप्ठ्यारो परेको जानकारीमा आएको छ,’ उनले भने, ‘यसकारण १ लाख रुपैयाँभन्दा बढी रकम जम्मा गर्न आउने व्यक्तिको मात्र सामान्य परिचय आवश्यक हुने व्यवस्था गर्न आग्रह गरेका छौं।’ सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्थामा एक लाखभन्दा बढीको निक्षेप गर्दा ग्राहकबाहेक निक्षेपकर्ताको परिचय पत्र चाहिने व्यवस्था रहेकाले राष्ट्र बैंकलाई पनि त्यहीअनुसार सीमा तोक्ने निर्देशन दिइएको उनले जनाए। निक्षेपकर्ताको परिचय पत्र चाहिने व्यवस्थाले ग्राहकलाई असुविधा भएको भन्दै निश्चित सीमाभन्दा बढीको रकममा मात्र पहिचान चाहिने व्यवस्था गर्न गृहकार्य भएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए। ‘यो विषयमा छलफल भइरहेको छ, एक–दुई दिनमै निर्देशन आउँछ,’ पौडेलले भने। कान्तिपुर दैनिकबाट ।
एनएमबी बैंकले पूर्णरूपमा स्वचालित बैंकिङ सेवा बैंकिङ शुरु गर्ने
काठमाडौं । एनएमबी बैंकले नेपालमा पूर्णरूपमा स्वचालित बैंकिङ सेवा बैंकिङ सेवा शुरु गर्ने भएको छ । उक्त सेवाको लागि बैंकले सिङ्गापुर स्थित सेवा प्रदायक कम्पनी-बैंक जिनी सँग सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत यस एनएमबी बैंकले बैंक जिनी सँगको सहकार्यमा ट्याब्लेट उपकरणमा आधारित स्मार्ट टेलर सेवा सञ्चालन गर्दै स्वचालित बैंकिङ सेवा प्रदान गर्नेछ । उक्त सम्झौतामा दुबै तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी (एनएमबि बैंक) तथा रामकुमार शर्मा (बैंक जिनी) ले हस्ताक्षर गरेका छन् । कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी ले, एनएमबी बैंक बैंकिङ क्षेत्रमान नविनतम् सेवा पुर्याउनमा विश्वास गर्ने बैंक भएको बताए । साथै, उनले यस सेवाले बैंकलाई डिजिटल बैंकिङ सेवामा अग्रणी स्थानमा उभ्याउनुको साथै ग्राहकहरुलाई बैंकिङ गर्न अझ सहज गराउने बताएका छन् ।