सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा इलाममा

काठमाडौं, ९ असार । सनराइज बैंक लिमिटेडले शाखारहित बैंकिङ्ग सेवा इलामको नेपालटारमा शुरु गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्देश्यले सो स्थानमा उक्त शाखा सञ्चालन गरेको हो । उक्त सेवा बैंकको इलाम शाखाका प्रमुख राज रेग्मी र नेपालटार उच्च मा.वि.का प्रधानध्यापक गोपाल प्रसाद कट्टेलले बिहीबार एक समारोहकाबीच उद्घाटन गरेका छन् । सो अवसरमा रेग्मीले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि सुरेन्द्र राईलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन् । उक्त मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्र्तगत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने रेग्मीले बताएका छन् । बैंकका अनुसार बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या ६ पुगेको छ । साथै, बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई शाखारहित बैंकिङ्ग सेवामार्फत अत्याधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउँदै जाने बैंकले बताएको छ ।

एनसीसी बैंकको विशेष साधारणसभा असार २९ गते, प्रमुख अजेण्डा मर्जर सम्बन्धि

काठमाडौं, ९ जेठ । नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) ले असार २९ गतेको लागि विशेष साधारणसभा बोलाएको छ । रुपन्देहीको सिद्धार्थ नगरमा बोलाईएको साधारणसभामा मुख्य अजेण्ड मर्जर सम्बन्धि छन् । मर्जर प्रक्रियामा यसअघि भएको निर्णयहरुको अनुमोदन गराउने र बाँकी कामका लागि सञ्चालक समितिलाई अख्तियारी दिने गरी चार वटा प्रस्ताव विशेष साधारणसभामा प्रस्तुत गरिनेछ । दुईवटा वाणिज्य बैंकहरु एनसीसी र कुमारी तथा चार वटा विकास बैंकहरु इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट, एपेक्स डेभलपमेन्ट, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंक सहित ६ वटा बैंकबीच मर्ज प्रक्रिया चलिरहेको छ । यी बैंकहरुबीच मर्जर सम्वन्धि स्वाप रेसियोमा समेत सहमति भईसकेको छ ।

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा अब सुनसरीमा पनि

काठमाडौं, ८ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुनसरी जिल्लाकोे लौकही गा.वि.समा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बुधबार देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ बैंकले ९३औँ शाखा रहित उक्त सेवाको शुभारम्भ गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवा बैंकका इटहरी शाखाका शाखा प्रमुख सुब्रत रोयले उद्घाटन गरेका हुन् । साथै, बैंकले सोहि शाखारहित बैंकिङ्ग सेवा संचालनका लागि स्थानीय व्यवसायी अशोक कुमार यादवलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको बैंकद्धारा जारी विज्ञेप्तिमा उल्लेख छ । बैंकिङ्ग सुविधा नपुगेका ग्रामीण भेगका जनतालाई अत्याधुनिक बैकिङ्ग सेवा जस्तै निक्षेप संकलन, रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु शाखारहित बैंकिङ्ग मार्फत उपलब्ध गराई राखेको बैंकले जनाएको छ । यस सेवाबाट दुर्गम क्षेत्रमा समेत बैंकिङ्ग साक्षरतामा विस्तार भई उपभोक्ताहरु बैंकिङ्ग कारोवारमा आवद्ध हुने विश्वास बैंकले लिएको छ ।