बैंक अफ काठमाडौंको संस्थापक सेयर बिक्री आवेदन खोलिदै, कहाँ कति बजे हेर्नुहोस
A gavel comes down on the word Auction to symbolize the final bid being called काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडको संस्थापक सेयर लिलामीको दरखास्त (आज) बुधबार खोलिने भएको छ । बैंकले बुधबार साढे १० बजे परेको प्रस्ताव शाखा कार्यलय नक्सालमा खोल्ने जानकारी दिएको छ । बैंकमा रहेको ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर लिलामी गर्नका लागि बैंकले मंसिर २९ गतेसम्म आवेदन माग गरिएको थियो । सो दिनसम्म परेका आवेदनलाई खोलिन लागिएको हो । बैंकले न्युनतम प्रतिकित्ता १ सय रुपैयाँ दर राखेर सेयर लिलामी गर्न लागेका हो ।
मेगा बैंकले टुरिजम बैंकलाई गाभ्ने प्रस्ताव पारित, चुक्ता पुँजी ९ अर्ब ४७ करोड नाघ्ने
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले टुरिजम डेभलपमेन्ट बैंकलाई गाभ्ने (मर्जर) प्रस्ताव पारित गरेको छ । मंगलबार काठमाडौंमा सम्पन्न मेगा बैंकको विशेष साधारणसभाले टुरिजम बैंकलाई गाभ्नका लागि अनुमति दिएको हो । सभामा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले प्रस्तुत गरेका मर्जरसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । मेगा बैैंकको प्रतिशेयर मुल्य १०० रुपैँया बराबर टुरिजम बैंकको प्रतिशेयर मुल्य ९५ कायम भएको छ भने टुरिजमको १ कित्ता शेयर हुने शेयरधनीले ०.९५ कित्ताको अनुपातमा शेयर पाउनेछन् । टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जर प्रक्रियापछि मेगा बैंक नेपालको सबैभन्दा बढी पुँजी भएको बैंकहरुमध्येमा पर्ने मेगा बैंकका अध्यक्ष शाहले बताए । चालु आर्थिक बर्ष २०७२/७३ को हकप्रद शेयरसहित गरी मेगा बैंकको चुक्ता पुँजी ७ अर्ब ५६ करोड हुनेछ भने टुरिजम बैंकको २ अर्ब १ करोड रुपैयाँ रहेको छ । यी दुबै बैंक मर्ज भएपछि चुक्ता पुँजी बढेर ९ अर्ब ४७ करोड कायम हुने अध्यक्ष शाहले बताए ।
एनबीआईले एनसीसी बैंकका कर्मचारीलाई तालिम दिने
काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लि(एनबीआई)ले नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । मंगलबार यी दुई संस्थाबीच उक्त तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार एनसीसी बैंकले एनबीआईबाट ५० लाख रुपैयाँ बराबरको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ । उक्त सम्झौतापत्रमा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।