मेगा बैंकको नाफा ५५ करोड २० लाख

काठमाडौं, २६ साउन । मेगा बैंक नेपालले २०७३ असार मसान्तसम्ममा ५५ करोड २० लाख नाफा कमाएको छ । यो नाफा बैंकले २०७२ असार मसान्तसम्ममा कमाएको भन्दा २० करोड ५८ लाखले बढि हो । बैंकले सो अवधीमा जम्मा ३४ करोड ६२ लाख नाफा कमाएको थियो । बैंकले असार मसान्तसम्म गरेको आम्दानीमा १३ करोड रुपैँया राइटब्याकबाट प्राप्त गरेको हो । ३ अर्ब २४ करोड चुक्ता पुँजी रहेको मेगा बैंकको जगडा कोषमा ९६ करोड रुपैँया रहेको छ । बैंकको प्रति सेयर आम्दानी १४ रुपैंयाँ ४ पैसा छ भने प्रति सेयर नेटवर्थ १२९ रुपैंयाँ ८५ पैसा रहेको छ । बैंकले असार मसान्तसम्ममा ३१ अर्ब निक्षेप संकलन गरेर २७ अर्ब कर्जा तथा सापटी प्रवाह गरेको छ । बैंकले २ अर्ब १४ करोड ब्याज आम्दानी गरेर एक अर्ब १५ करोड ब्याज खर्च गरेको देखिन्छ ।

कृषि विकास बैंकमा एस.एम.एस अर्लट सेवा संचालन हुने

काठमाडौं, २५ साउन । कृषि विकास बैंकले ग्राहकवर्गको सुविधाको लागी निक्षेप खातामा रकम जम्मा हुँदा अथवा रकम झिक्दा एस.एम.एस. मार्फत जानकारी दिने सेवा थप गरेको छ । कृषि विकास बैंक र एफ वन सफ्ट प्रा.लि. बीच सोमबार कृषि विकास बैंकको मुख्य कार्यलयमा सो सेवा संचालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कृषि विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौला तथा एफ वन सफ्टका तर्फबाट बिक्री तथा बजार निर्देशक विपुल ढकालले हस्ताक्षर गरेका हुन् । उक्त सेवा सम्झौता भएको एक हप्ता भित्रनै संचालन हुने बैंकले जनाएको छ ।

सेञ्चुरी बैंकले कमायो ३८ करोड २६ लाख

काठमाडौं, २५ साउन । सेञ्चुरी कमर्सियल बैंकले २०७३ असार मसान्तसम्मा ३८ करोड २६ लाख नाफा कमाएको छ । यो नाफा बैंकले २०७२ असार मसान्तसम्ममा कमाएको भन्दा १२ करोड १८ लाखले बढि हो । बैंकले २०७२ असार मसान्तसम्ममा जम्मा २६ करोड ८ लाख नाफा कमाएको थियो । २ अर्ब ८४ करोेड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५३ करोड २६ लाख रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी १३ रुपैंयाँ ४७ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ ११८ रुपैंयाँ ७५ पैसा रहेको छ । बैंकले २०७३ असार मसान्तसम्ममा २८ अर्ब ९६ करोड निक्षेप संकलन गरेर २५ अर्ब ८ करोड कर्जा तथा सापटी प्रवाह गरेको छ । २ अर्ब १ करोड ब्याज आम्दानी गरेको बैंकले एक अर्ब १३ करोड ब्याज खर्च गरेको देखिन्छ ।