हिमालयन बैंकको साधारणसभा पुस २८ गते, सञ्चालक समितिको निर्वाचन नहुने
काठमाडौं । हिमालयन बैंक लिमिटेडले पुस २८ गते वार्षिक साधारणसभा बोलाएको छ । उक्त साधारणसभमा बैंकले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव छ । पुस १० गतेसम्म सेयर लिने २५ प्रतिशत बोनस सेयर पाउने पाएका छ । विहीबार बैंकको सेयर मूल्य प्रतिकित्ता ८४४ रुपैयाँ रहेको छ । बोनस सेयर र साधारणसभा प्रयोजनको लागि बैंकले पुस ११ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यस अवधिमा सेयर किन्नेले २५ प्रतिशत बोनस सेयर र साधारणसभामा भाग लिन पाउने छैनन् । यो साधारणसभाले प्रबन्धपत्र तथा नियामावली संशोधन गरी ७ जनाको सञ्चालक समिति बनाउने छ । तर साधारणसभामा सञ्चालक समितिको निर्वाचन सम्बन्धी अजेण्डा नभएको बैंकले जनाएको छ । पूर्णा विवरणा पढ्न यहाँ क्लिक गर्नुहाेस् । हिमालयन बैंक लिमिटेडको वार्षिक साधारणसभा
नयाँ कम्पनीले हायरपर्चेज कर्जा सुविधा नपाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ कम्पनीलाई हायरपर्चेज कर्जा सुविधा बन्द गरेको छ । यसअघि राष्ट्र बैंकले ८ वटा कम्पनीलाई हायर पर्चेज कर्जा प्रवाह सुविधा दिएको थियो । केन्द्रीय बैंकले बिहीबार निर्देशन जारी गरी हायरपर्चेज कर्जा दिने कम्पनीलाई नीतिगत एवम् प्रक्रियागत व्यवस्था पुनरावलोकन नभएसम्मका लागि निवेदन दिने कार्य स्थगन गरिएको जनाएको छ । राष्ट्र बैंकले २०७० सालमा सवारी साधान बिक्री गर्ने कम्पनीहरुको लागि सहायक कम्पनी खोलेर हायर पर्चेज कर्जा प्रवाह गर्न पाउने अधिकार दिएको थियो । हाल सवारी साधान बिक्रीमा अगुवाई गरेका ठूला अटोमावाईल्स कम्पनीहरुले सहायक कम्पनी खोलेर ग्राहकलाई सवारी किन्न कर्जा सुविधा दिदै आएका छन् ।
एभरेष्ट बैंकको नयाँ निक्षेप खाता संचालनमा, दुर्घटना र औषधी उपचार बीमा पाइने
काठमाडौं । एभरेष्ट बैंकले ‘एभरेष्ट स्पेशल सेभिङ’ नामक नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ । यस योजना मार्फत खाता खोल्ने ग्राहकले ५ लाख रुपैयाँ बराबरको दुर्घटना मृत्यु बीमा र एक लाख रुपैयाँ बराबरको औषधी उपचार बीमा प्राप्त गर्न सक्ने छन् । त्यस्तै, कुनै पनि ब्रान्चबाट कारोबार, डिम्याट एकाउन्ट र लकर सुविधामा ५० प्रतिशत छुट दिने बैंकले जनाएको छ । साथै, बैंकले आफ्ना ग्राहकलाई ४ प्रतिशत आर्कषक ब्याजदरमा क्रेडिट कार्ड समेत उपलब्ध गराउने छ । त्यसैगरी, बैंकले यो खाता खोल्ने ग्राहकलाई निःशुल्क डबिट कार्ड, इन्टरनेट र एसएमएस सुबिधासमेत दिने जनाएको छ । साथै आफ्ना ग्राहकलाई ४ प्रतिशत आर्कषक ब्याजदरमा क्रेडिट कार्ड समेत उपलब्ध गराउने छ ।