सिनर्जीको नाफा ३ करोड ६८ लाख
काठमाडौं, २७ साउन । सिनर्जी फाइनान्स कम्पनीले गत आर्थिक बर्षमा ३ करोड ६८ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक बर्षमा सो फाइनान्सको नाफा ४ करोड ७९ लाख रुपैयाँ थियो । फाइनान्सले खुद ब्याज आय ५ करोड ४० लाख रुपैयाँ गरेको छ । अघिल्लो बर्ष यस्तो आय ७ करोड ४६ लाख रुपैयाँ थियो । कम्पनीले सम्भावित कर्जा नोक्सानीको लागि बढी रकम ब्यवस्था गर्नु परेको कारण खुद नाफा कम भएको विहिवार प्रकाशित वित्तीय विवरणले संकेत गर्छ । कम्पनीले गत आर्थिक बर्षको नाफावाट ७ करोड ७४ लाख रुपैयाँ सम्भावित कर्जा नोक्सानीको लागि छुट्टयाएको छ । अघिल्लो बर्षको सोही अवधिमा यस्तो रकम ४ करोड ४५ लाख रुपैयाँ मात्रै छुट्टयाइएको थियो ।
एनसीसीको नाफा झण्डै ३० करोड बढ्यो
काठमाडौं, २७ साउन । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले गत आर्थिक बर्षमा ७० करोड ३० रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक बर्षमा बैंकले ४० करोड ७६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले अघिल्लो बर्षको तुलनामा गत आर्थिक बर्षमा करिब ३० करोड रुपैयाँ खुद नाफा बढाएको छ । बैंकले खुद ब्याज आय १ अर्ब १८ करोड ९४ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक बर्षमा यस्तो आय ८० करोड ३८ लाख रुपैयाँ मात्रै थियो । यस्तै खुद संचालन आय १ अर्ब ४९ करोड रुपैयाँ छ । अघिल्लो बर्ष यस्तो आय १ अर्ब १ करोड ४० लाख रुपैयाँ थियो । बैंकले २३ करोड १७ लाख रुपैयाँ राइट ब्याक गरेको छ । अघिल्लो बर्ष यस्तो राइट ब्याक १० करोड ८० लाख रुपैयाँ थियो ।
प्राइम कमर्शियल बैंकको नाफा १ अर्ब १२ करोड, हकप्रद सेयर खरिदको लागि आह्वान
काठमाडौं, २७ साउन । प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्ष २०७२/७३ मा १ अर्ब १२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा करिव ५२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ७४ करोड रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको नाफाबाट बैंकले सेयरधनीलाई २४ प्रतिशत बोनस सेयर दिने सक्ने देखिन्छ । बैंकको चुक्ता पुँजी ३ अर्ब ७० करोड रुपैयाँ छ । बैंकको संचित कोषमा १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । बैंकले असार मसान्तसम्ममा ४८ निक्षेप संकलन, ४० अर्ब कर्जा प्रवाह र ५ अर्ब रुपैयाँ लगानी गरेको छ । हकप्रद सेयर आह्रवान यसैबीच प्राईम कमर्शिलय बैंकले ३ बराबर १ अनुपातमा हकप्रद सेयर निश्काशन गरेको छ । उक्त सेयर खरिदको लागि भदौं १२ गतेदेखि असोज १६ गतेसम्म आवेदन गर्न सकिने बैंकले जनाएको छ । बैंकको सेयर निश्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटललाई नियुक्ती गरेको छ ।