एशियाली विकास बैंकद्धारा हिमालयन बैंकलाई ‘टिएफपी अवार्ड २०१६’

काठमाडौं, २३ भदौ । एशियाली विकास बैंक(एडिबि)ले हिमालयन बैंक लिमिटेडलाई टिएफपी अवार्ड २०१६– लिडिइङ पार्टनर बैंक इन नेपाल प्रदान गरेको छ । बुधबार सिंगापुरमा आयोजित एडिबि टे«ड फाईनान्स प्रोगाम अवार्ड समारोहमा बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले उक्त अवार्ड ग्रहण गरेका छन् । एशियाली विकास बैंकद्धारा हिमालयन बैंकलाई बैंकले एशिया प्रशान्त क्षेत्रमा टे«ड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रवाभकारी भूमिकाको लागि उक्त अवार्ड प्रदान गरेको हो ।

हाम्रो विकास बैंकका लगानीकर्तालाई २५ प्रतिशत लाभांश

काठमाडौं, २२ भदौ । हाम्रो विकास बैंकका लगानीकर्ताले २५ प्रतिशत लाभांश पाउने भएका छन् । भदौ २१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लगानी कर्तालाई २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्विकृति तथा बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानी कर्ताले सो मात्रामा बोनस सेयर पाउनेछन् । नेपाल राष्ट्र बैंकको स्विकृति तथा बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानी कर्ताले सो मात्रामा बोनस सेयर पाउनेछन् । १२ करोड २३ लाख चुक्ता पुँजी भएको बैंकले २०७३ असार मसान्तसम्ममा ३ करोड ७९ लाख नाफा कमाएको थियो ।

सानिमा बैंकले १५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, २२ भदौ । सानिमा बैंकले लगानी कर्तालाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले भदौ २२ गते सम्पन्न बोर्ड बैठकले १५ प्रतिशत बोनस सेयर र शुन्य दशमलब ७८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्विकृति तथा बैंकको आगामी साधारण सभाबाट पारित गरेपछि बैंकले सो मात्रामा बोनस सेयर दिनेछ । सानिमा बैंकले २०७३ साल  असार मसान्तसम्ममा एक अर्ब ४ करोड नाफा कमाएको थियो । २०७२ असार मसान्तसम्ममा बैंकको नाफा ६२ करोड ४१ लाख मात्रै थियो । सानिमाको चुक्ता पुँजी चार अर्ब रुपैंयाँ रहको छ भने जगेडा कोषमा एक अर्ब ४१ करोड रुपैंयाँ रहेको छ ।