एनआईसी एसिया बैंकको डिबेन्चर मंगलबार बाँडफाँड

काठमाडौं ।एनआईसी एसिया बैंकले ल्याएको डिबेन्चरको मंगलबार बाँडफाँड भएको छ । बैंकले ३ अर्ब रुपैयाँको डिबेन्चर पुस १३ गतेदेखि बिक्री खुल्ला गरेको थियो । डिबेन्चरधनीले सोही मितिबाट अर्धवार्षिक रुपमा ९ प्रतिशत व्याज प्राप्त गर्नेछन् । वार्षिक ९ प्रतिशत ब्याजदर रहेको डिबेन्चर ७ वर्षमा परिपक्व हुनेछ । डिबेन्चरको कारोबार गर्न नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिने बैकले जनाएको छ । सुचिकृत भएपछि डिबेन्चरको दोस्रो बजारमा कारोवार गर्न सकिने छ ।

वार्षिक २८ प्रतिशत खुदनाफा बढाउने लुम्बिनी विकास बैैंकको योजना, ३ वर्षमा ८६ करोड ६८ लाख पुग्ने

काठमाडौं । लुम्बिनी विकास बैैंकले वार्षिक २८ प्रतिशतले खुदनाफा बढाउने लक्ष्य लिएको छ । बैंकले आगामी ३ वर्षमा खुदनाफा बढाएर लगानीकर्तालाई बढी प्रतिफल दिने योजना बनाएको हो । आगामी आर्थिक वर्ष ०७६/०७७ मा खुदनाफा हालको भन्दा ८४ प्रतिशत बढाएर ८६ करोड ६८ लाख रुपैयाँ पुर्याउने बैंकको योजना छ । बैंकले गत आवमा १६ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले चालु आवमा खुदनाफा बढाएर ५२ करोड ५० लाख, आगामी आवमा ६३ करोड ५४ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । लुम्बिनीले हकप्रद सेयर निष्कासनका लागि सार्वजनिक गरेको सुचनामा बैंकले ३ वर्षका वित्तीय विवरण यस्तो प्रक्षेपण गरेको हो ।   नाफामा भएको वृद्धिसंगै बैंकले आउदो ३ वर्षमा प्रतिसेयर आम्दानी (ईपीएस) बढाएर ३४ रुपैयाँ पुर्याउने लक्ष्य तय गरेको छ । गत आवमा २३ रुपैयाँ रहेको ईपीएसलाई आगामी ०७६/०७७ मा बढाएर ३४ रुपैयाँ पुर्याउने भएको हो । सार्वजनिक गरेको वित्तीय विवरणमा बैंकको वर्षेनी ईपीएस बढ्दै जाने देखाएको छ । चालु आवमा बैंकको इीपीए २०, ०७५/०७६ मा २५ रुपैयाँ पुर्याउने लक्ष्य छ । आउदो ३ वर्षमा बैंकले निक्षेप दोब्बर बढाएर ३५ अर्ब ५७ करोड रुपैयाँ पुर्याउने भएको छ । गत आवमा बैंकको निक्षेप परिचालन १७ अर्ब ९२ करोड रुपैयाँ थियो । चालु आवमा निक्षेप बढेर २२ अर्ब ७६ करोड ८१ लाख र आगामी आवमा २८ अर्ब ८६ करोड रुपैयाँ पुग्ने प्रक्षेपण बैंकको छ । ३ वर्षमा चुक्तापुँजी २ अर्ब ५७ करोड रुपैयाँ पुग्ने छ । जगेडा कोषको आकार बढेर ९५ करोड ६७ लाख रुपैयाँ पुग्ने बैंकको अनुमान छ । भिवोर विकास बैंक र लुम्बिनी लिजिङ एन्ड फाइनान्स लिमिटेड एकआपसमा गाभिएर लुम्बिनीका नाममका हालै मात्र कारोबार भएको हो । बैंकले चुक्तापुँजी बढाउन १० बराबर १ अनुपातमा २० करोड ८ लाख रुपैयाँ बराबरको २० लाख ८ हजार कित्ता हकप्रद निष्कासन गर्ने लागेको छ । हकप्रद सेयर बिक्री खुला माघ १० गतेदेखि हुने छ । फागुन १६ गते हकप्रद सेयर निष्कासन बन्द हुनेछ । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर २ अर्ब २० करोड ९७ लाख रुपैयाँ पुग्ने छ । हाल बैंकको चुक्तापुँजी २ अर्ब रुपैयाँ छ । राष्ट्रिय स्तरको विकास बैंक हुन साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनु पर्ने छ ।

बजारमा पैसा फालाफाल, ४ वटा बैंकले बुझाए ३ अर्ब ९० करोड

काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता भएका ४ वटा वाणिज्य बैंकबाट २ अर्ब रुपैयाँ उठाएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको भन्दै राष्ट्र बैंकले आज सोमबार २ अर्ब रुपैयाँ बजारबाट उठाउनका लागि प्रतिस्पर्धा आब्हान गर्दा ४ वटा बैंकले ३ अर्ब ९० करोड रुपैयाँ दिने प्रस्ताव गरेका थिए । मागेको २ अर्ब रुपैयाँ मात्र तरलता प्रशोचन भएको केन्द्रीय बैंकले जनाएको छ । आज पनि ५१ अर्ब रुपैयाँ हारहारीमा अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले ३ प्रतितशत ब्याज दिने गरी १४ दिनका लागि २ अर्ब रुपैयाँ प्रशोचन गरेको हो । २ अर्ब रुपैयाँ माघ ८ गते फिर्ता हुने छ । अघिल्लो साता लगानीयोग्य पुँजी नभएको भन्दै बैंक तथा वित्तीय संस्थाले हारगुहार गरेपछि राष्ट्र बैंकले ४ पटक गरेर २७ अर्ब ६३ करोड रुपैयाँ बजारमा पठाएको थियो । आइतबार बैंकहरुले ब्याजदर करिडोरको सीमा नाघेर ३ प्रतिशत भन्दा तल ब्याजदर प्रस्ताव गरेपछि केन्द्रीय बैंकले आजदेखि बजारबाट पैसा तान्न लागेको हो ।