११२ स्थानीय तहमा शाखा खोल्न बाणिज्य बैंकहरुकाे अस्वीकार
काठमाडौं । ११२ वटा स्थानीय तहमा शाखा विस्तार गर्न बाणिज्य बैंकहरुले अस्वीकार गरेका छन् । सरकारले ७५३ वटै स्थानीय तहमा कम्तिमा एउटा बाणिज्य बैंकको शाखा खोल्ने निर्णय गरेको थियो । सरकारको निर्णय अनुसार सबै स्थानीय तहमा कम्तिमा एउटा बाणिज्य बैंकको शाखा विस्तार गर्न राष्ट्र बैंकले बाणिज्य बैंकहरुसँग प्रस्ताव मागेको थियो । ‘हामीले कुन बैंकले कहाँ शाखा खोल्ने भनेर प्रस्ताव माग्दा नै ११२ स्थानीय तहमा जान कुनै बैंक पनि तयार भएनन्, प्रतिवद्धता व्यक्त गरिएकाहरुमा पनि भर्खर ४५ तहमा मात्रै नयाँ शाखा विस्तार भएको छ’, नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले विकासन्युजसँग भने । उनका अनुसार बाणिज्य बैंकहरुले शाखा विस्तार गर्ने भने प्रतिवद्धता व्यक्त गरेका तहमा शाखा खोल्न प्रेरित गरिँदैछ भने जान तयार नभएका तहहरुमा कसरी शाखा पुर्याउने भन्नेबारे पनि अध्ययन भैरहेको छ । यी हुन बाणिज्य बैंकले शाखा खोल्न अस्विकार गरेका स्थानीय तह ताप्लेजुङ सिदिङवा गाउँपालिका, मेरिदेङ गाउँपालिका, मिक्वाखोला गाउँपालिका, याङवरक गाउँपालिका, सिरिजंगा गाउँपालिका, ईलाम माङसेवुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, संखुवासभा भोटखोला गाउँपालिका, सिलिचोङ गाउँपालिका सोलुखुम्बु माहाकुलुङ गाउँपालिका, लिखुपिके गाउँपालिका खोटाङ ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, दिपु्रङ गाउँपालिका र बराहपोखरी गाउँपालिका ओखलढुंगा चिसंखुगढी गाउँपालिका उदयपुर ताप्ली गाउँपालिका, सुनकोशी गाउँपालिका सप्तरी तिरहुत गाउँपालिका, बलान बिहुल गाउँपालिका, बेल्ही चपना गाउँपालिका, महादेवा गाउँपालिका दोलखा शैलुङ गाउँपालिका रामेछाप सुनापति गाउँपालिका सिन्धुली घ्याङलेख गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका धनुषा कमलासिद्धिदात्री गाउँपालिका सर्लाही पर्सा गाउँपालिका, बसबरिया गाउँपालिका, चन्द्रनगर गाउँपालिका, धनकौल गाउँपालिका, धादिङ खनियाबास गाउँपालिका, गंगाजमुना गाउँपालिका, रुबीभ्याली गाउँपालिका, नुवाकोट तारकेश्वर गाउँपालिका, मेघाङ गाउँपालिका काभ्रे खानीखोली गाउँपालिका, तेमाल गाउँपालिका, महाभारत गाउँपालिका सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका, लिंसखु गाउँपालिका मकवानपुर राक्सीराङ गाउँपालिका रौतहट राजदेवी नगरपालिका, देवाही गोनाही गाउँपालिका, परोहा गाउँपालिका, राजपुर गाउँपालिका बारा देवताल गाउँपालिका, बारागढी गाउँपालिका, सुवर्ण गाउँपालिका पर्सा कलिकामाई गाउँपालिका, जगरनाथपुर गाउँपालिका, गुल्मी मालिका गाउँपालिका नवलपरासी बुङदीकाली गाउँपालिका, बुलिङटार गाउँपालिका म्याग्दी अन्नपुर्ण गाउँपालिका, मंगला गाउँपालिका, रुकुम पुथा उत्तरगया गाउँपालिका, भूमे गाउँपालिका, बाफिकोट गाउँपालिका रोल्पा दुई खोली गाउँपालिका, लुङग्री गाउँपालिका, सुकीदह गाउँपालिका, सुनछहरी गाउँपालिका प्युठान नौबिहानी गाउँपालिका, झिमरुक गाउँपालिका, ऐरावति गाउँपालिका, सल्यान ब्नगाड कुपिण्डे नगरपालिका, कालिमाटी गाउँपालिका, ढोरचौर गाउँपालिका, कुमाखमालिका गाउँपालिका, दार्मा गाउँपालिका डोल्पा डोल्पो वुद्ध गाउँपालिका, मुड्केचल्ला गाउँपालिका, काइके गाउँपालिका, छार्का ताङसोङ गाउँपालिका मुगु मुगुमर्कामाराङग गाउँपालिका, सोरु गाउँपालिका जुम्ला हिमा गाउँपालिका, पातारासी गाउँपालिका कालिकोट पचाल झरना गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, नरहरीनाथ गाउँपालिका, कालिका गाउँपालिका, महावै गाउँपालिका, पलाता गाउँपालिका हुम्ला नाम्खा गाउँपालिका, चंखेली गाउँपालिका, अदानचुली गाउँपालिका, ताँजाकोट गाउँपालिका, जाजरकोट कुसे गाउँपालिका, जुनीचाँदे गाउँपालिका, बारेकोट गाउँपालिका, शिवालय गाउँपालिका दैलेख महाबु गाउँपालिका, ठाँटीकाँध गाउँपालिका बाजुरा गौमुल गाउँपालिका, पाण्डव गुफा गाउँपालिका, स्वामी कार्तिक गाउँपालिका, छेडेदह गाउँपालिका, हिमाली गाउँपालिका अछाम बान्नीगढी जयगढ गाउँपालिका, रामारोशन गाउँपालिका, ढकारी गाउँपालिका, तुर्माखाँद गाउँपालिका बझाङ थलारा गाउँपालिका, सुर्मा गाउँपालिका, छबिसपाथिभेरा गाउँपालिका, दुर्गाथली गाउँपालिका, काँडा गाउँपालिका डोटी सायल गाउँपालिका, आदर्श गाउँपालिका कैलाली मोहन्याल गाउँपालिका दार्चुला अपिहिमाल गाउँपालिका बैतडी पञ्चेश्वर गाउँपालिका
प्रभु बैंकको २ अर्ब ३५ करोडको हकप्रद माघ ७ गतेदेखि निष्कासन हुने
काठमाडौं । प्रभु बैंकको हकप्रद सेयर आउदो माघ ७ गतेदेखि बिक्री खुला हुने भएको छ । बैंकले चुक्तापुँजी बढाउन ४० प्रतिशत अर्थात २ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बराबरको २ करोड ३५ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सेयर निष्कासन फागुन १३ गते बन्द हुने बैंकले जनाएको छ । सेयर निष्कासनपछि बैंकको चुक्तापुँजी ८ अर्ब २३ करोड ४९ लाख रुपैयाँ पुग्ने छ । हाल बैंकको पुँजी ५ अर्ब ५ अर्ब ८८ करोड १४ लाख रुपैयाँ छ ।
बैंकले मागे १९ अर्ब राष्ट्र बैंकले दियो ५ अर्ब
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासंग लगानी गर्न थप पुँजी नभएपछि ५ अर्बको विकास ऋणपत्र निष्कासन गरेकोमा १९ अर्ब रुपैयाँ माग भएको छ । राष्ट्र बैंकले आइतबारका लागि बैंकसंग भएको विकास ऋणपत्र धितोमा राखेर ५ अर्ब रुपैयाँ पठाउने तयारी गरेकोमा २१ वाणिज्य बैंकले १९ अर्ब रुपैयाँ मागेका थिए । राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ आइतबार बैंकलाई दिएको छ । ५ अर्ब रुपैयाँ भन्दा बढी दिन नमिल्ने राष्ट्र बैंकले जनाएको छ । आइतबारसम्म बैंकिङ प्रणालीमा ३३ अर्ब रुपैयाँ रहेको छ । केही बैंकमा लगानीयोग्य पुँजीको समस्या देखिएपछि तत्कालका लागि राष्ट्र बैंकले ऋणपत्र जारी गरेको हो । रकम माग्नेमा सेन्चुरी कर्मशियल बैंक, मेगा बैंक, एनसीसी बैंक, जनता बैंक, माछापुच्छ्, सानिमा, एनएमबी, नविल, एभरेष्टलगायत २१ बैंक रहेको राष्ट्र बैंकले जनाएका छ ।