जलविद्युत कम्पनीको आईपीओ आउदै, संचय कोषले संचयकर्तालाई डीम्याट खाता खोल्न भन्यो
काठमाडौं । कर्मचारी संचय कोषले साधारण सेयर (आईपीओ) भर्न संचयकर्तालाई हितग्राही खाता (डीम्याट एकाउन्ट) खोल्न भनेको छ । कोषले ऋण लगानी गरेका जलविद्युत आयोजना सम्बद्ध कम्पनीहरुले धमाधम आईपीओ निष्कासन गर्न लागेपछि संचयकर्तालाई डीम्याट खाता खोल्न भनेको हो । कोषले ऋण लगानी गरेको १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी, ५८ मेगावाटको सान्जेन जलविद्युत आयोजना र ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाले आइपीओ निष्कासनको तयारी गरेका छन् । यी मध्ये रसुवागढी र सान्जेनको आईपीओ तत्काल आउन लागेको छ । कोषले ऋण लगानी गरेको आयोजनामा संचयकर्तालाई पनि निश्चित प्रतिशत सेयरको व्यवस्था भएकाले डीम्याट खाता खोल्न भनेको हो । पछिल्लो समयमा कोषले जलविद्युतमा लगानी बढाएो छ ।
गोर्खाज फाइनान्सको साधारणसभा पुस २५ मा, लगानीकर्ताको रित्तो हात
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको २३ औं वार्षिक साधारणसभा पुस २५ गते हुने भएको छ । साधारणसभाको छलफलको विषयमा लगानीकर्तालाई लाभांशको दिने प्रस्ताव उल्लेख गरिएको छैन् । गत वर्ष गरेको नाफाबाट १ प्रतिशत नाफा संस्थाको सामाजिक उतरदाइत्व वहन गर्ने खर्च गर्ने प्रस्ताव बाहेक लाभांशको उल्लेख नभएकाले लगानीकर्ताले लाभांश नपाउने भएका छन् ।
बैंकबीच निक्षेपको ब्याजदर नबढाउने सहमति
काठमाडौं । मुद्दती निक्षेपको ब्याजदर बढाउनक बैंकले अब अस्वस्थ प्रतिस्पर्धा नगर्ने भएका छन् । नेपाल बैंकर्स संघको आइतबार बसेको बैठकले ब्याजदर बढ्दा कर्जा पनि धेरै महंगो हुने भन्दै तत्काल निक्षेपको ब्याजदर नबढाउने सहमति भएको हो ।नेपालम २८ वाणिज्य बैंक छन् । प्राय सबै बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सम्मिलित बैठकमा ब्याजदर नबढाउने सहमति भएको बैंकर्स संघका कार्यवहाक अध्यक्ष ज्ञानेन्द्र ढुङानाले बताए । “ ब्याजदर यति उतिमा राख्ने सहमति भएको हैन” उनले भने “अब जति बढ्यो त्यो भन्दा माथि नजाने सहमति भएका छ ।”ब्याजदरमा स्थिाइत्व दिन यस्तो सहमति आवश्यक भएको उनको भनाई छ । बजारमा लगानीयोग्य पुँजी नभएपछि बैंकले धमाधम मुद्दती निक्षेपको ब्याज दर बढाएका थिए । बैंकले १२.२५ प्रतिशत दिने सार्वजनिक गरेका थिए । केही बैंकले १३ प्रतिशतमा निक्षेप उठाएका थिए ।गत वर्षपनि लगानीयोग्य पुँजीको अभाव भएपछि बैंकहरुले निक्षेपको ब्याज नबढाउने आन्तरिक सहमति गरेका थिए । हाल बैंकिङ प्रणालीमा ३२ अर्ब रुपैयाँ अधिक तरलता छ । ग्लोबल आईएमई बैंक, सिभिल बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले मुद्दती निक्षेप रोक्नलाई भन्दै ब्याजदर बढाएका छन् । यस्तै अन्य बैंकले पनि मुद्दती निक्षेपको ब्याजदर न्युनतम १० प्रतिशत पुर्याएका छन् ।