ग्लोबल आइएमई बैंक र ओम हस्पिटलबीच उपचार सेवामा छुट दिने सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक लि. र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिने सम्झौता भएकाे छ । बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका रेमिट्यान्स, कार्ड वितरण तथा बजार प्रर्वद्धन, मिडिया तथा ब्राडिङ्ग विभाग प्रमुख रविन्द्र ढकाल र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन् । कार्यक्रममा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का अध्यक्ष भोला रिजालको विशेष उपस्थिति रहेको थियो । उक्त सम्झौता पश्चात ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक र ग्राहकका परिवारले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा विशेष छुट पाउने छन् । बैंकले ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ । हाल बैंकले १२९ शाखा, १३२ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर, ९३ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
नेपाल बैंकको सेयर एफपीओको मूल्य नजिक, सोमबार २८४ रुपैयाँ
काठमाडौं । नेपाल बैंकको सेयर मूल्य थप निष्कासन (एफपीओ) नजिक आएको छ । सोमबार बैंकको सेयर मूल्य घटेर प्रतिकित्ता २८४ रुपैयाँमा झरेको छ । बैंकले बिक्री खुला गरेको एफपीओको मूल्य २८० रुपैयाँ छ । एफपीओ भन्दा सेयरको मूल्य ४ रुपैयाँ मात्र बढी छ । एफपीओ ल्याउने भएपछि बैंकको सेयर मूल्य निरन्तर गिरावट आएको छ । यही अवस्था जारी रहे मंगलबारदेखि एफपीओको भन्दा सेयरको मूल्य कम हुने देखिएको छ । बैंकको एफपीओलाई लगानीकर्ताले पत्याएको छैनन् । खुलेको २ दिनमा बैंकको १४ करोड रुपैयाँ बराबरको मात्र एफपीओ बिक्री भएको छ । बैंकको गत बैंशाख ९ गते प्रतिकित्ता ३६८ रुपैयाँमा कारोबार भइरहेको थियो । त्यसपछिको अवधिमा बैंकको सेयर मूल्य ८४ रुपैयाँ घटेको छ । बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गरेको छ ।
नागवेली लघुवित्तको हकप्रद सेयर साउन ४ देखि असार २० गतेसम्मका सेयरधनीले आवेदन दिन पाउने
काठमाडौं । नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ४ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । संस्थाले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेको हो । संस्थाले ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ बराबरको ७ लाख ६६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन भदौ ७ गते बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । असार २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद सेयर भर्न पाउने भएका छन् । हकप्रद बाँडफाँडपछि संस्थाको चुक्तापुँजी दोब्बर बढेर १५ करोड ३२ लाख ९२ हजार रुपैयाँ पुग्ने छ ।