कामना सेवाको तीन नयाँ बचत योजना, १ लाखको उपचार / ७ लाखको दुर्घटना बीमा

काठमाडौँ । कामना सेवा विकास बैंकले तीन नयाँ ‘स्वर्णिम सुरक्षित, बैेंङ्कासुरेन्स र रिकरिङ्ग’जस्ता योजनाहरु सार्वजनिक गरेको छ । योजना अन्र्तगत ग्राहकहरुको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राख्दै एक लाखसम्मको औषधि उपचार बीमा र सातलाख सम्मको दुर्घटना बीमा सहित स्वर्णिम सुरक्षित बचत खाता, एक तोलाचाँदीको सिक्काउपहार सहित बैेंङ्कासुरेन्स बचत खाता र मासिक बचत गर्न सकिने गरी मुद्दति प्रकृतिको अत्याधिक ब्याज सहित रिकरिङ्ग खाता सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । सबैको लागी अझ बढी सहज, सवल, गतिशील र उत्तरदायी बैंक बन्ने उद्देश्यका साथ नयाँ योजना सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकपनि विद्युतीय चेक क्लियरिङ्ग र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच विद्युतीय चेक क्लियरिङ्ग प्रणाली र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका  नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले हस्ताक्षर गरेका छन् । संझौता अनुसार नेपाल इन्फ्रास्ट्रक्चर बैंकका ग्राहकहरुले विद्युतीय माध्यमबाट चेकको राफसाफ गर्ने प्रणाली मार्पmत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा विद्युतीय माध्यम मार्फत चेक राफसाफगर्न सक्ने छन् । अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली मार्फत कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता अन्तरबैंक कारोबारहरु पूर्ण रुपमा संचालन गर्न सक्ने जनाइएको छ ।

सुनसरीको दुहवीमा सिद्धार्थ बैंकको शाखा

काठमाडौँ । सिद्धार्थ बैंकले फागनु २७ गते सुनसरीको दुहवीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथाकर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट बैंकिङ्ग सेवा, मेबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैंकिङ्ग प्रणालीलाई थपप्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा समेत सञ्चालनमा ल्याएको छ ।