देवः विकास बैंक र एभरेष्टबीच बैंकास्योरेन्स संझौता

काठमाडौँ । देवः विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सेवा प्रदान सम्बन्धि सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठ र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले बिहीबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताबाट बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बीमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्ने छन् । सो सेवा सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

सनराइज बैंक लिमिटेडको टाँडी शाखा कार्यालय स्थानान्तरण

काठमाडौँ । सनराइज बैंक लिमिटेडले चितवन जिल्लाको रत्ननगर न.पा. वडा नं २ स्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिब ५० मि. को दुरीमा स्थान्तरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यद्वारा स्थानान्तरण गरिएको शाखाको संयुक्त रूपमा उद्घाटन गरियो । उक्त उद्घाटन समारोहमा बैंकका नायव महाप्रबन्धक अपछकुमार यादव लगायत स्थानीय खबासिहरुको उपस्थिती रहेको थियो ।

सिराहामा एकैदिन कामना सेवाका दुई शाखा सञ्चालन

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश नं. २ अन्तरगत सिराहा जिल्लाको लहान नगरपालिका, वडा नं ०६, लहान र गोलबजार नगरपालिका, वडा नं. ०४, गोलबजारमा बुधबार ७१औँ र ७२ औँ शाखा कार्यालय स्थापना गरेको छ । बैंकका संचालक भीमप्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा कारोबार शुभारम्भ भएको थियो । सोही क्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी शाखा समेत गरी प्रदेश नं. २ मा पाँच शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताए ।