जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा एनआईसी एशिया बैंक विजयी
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड चितवनको सौरहामा सम्पन्न जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा विजयी भएको छ । फागुन ३० गतेदेखि चैत २ गतेसम्म प्रतियोगिता भएको थियो । पालोमा इन्टरनेसनल इभेन्ट्स एण्ड स्पोर्टस म्यानेज्मेण्ट प्रालिले आयोजना गरेको सो टुर्नामेण्टमा विभिन्न क्षेत्रका कर्पोरेट टिमहरुको सहभागिता रहेको थियो । बैंकले यस अगाडि समेत विभिन्न संघसंस्थाहरुले आयोजना गरेको प्रतियोगिताहरुमा सहभागिता जनाउँदै खेलकुद क्षेत्रमा समेत आफ्नो वर्चस्व स्थापित गर्दै आएको जनाएको छ ।
सानिमा भन्दा माछापुच्छ्रे बैंक राम्रो ! प्रतिकित्ता १८० मा २७ लाख कित्ता सेयर बेच्दै डा. विरेन्द्र महत्ताे
काठमाडौं । विहीबार सानिमा बैंकको साधारण सेयर प्रतिकित्ता २९६ रुपैयाँमा किनबेच भयो । सोहि दिन माछापुच्छ्रे बैंकको सेयर प्रतिकित्ता करिव २१८ रुपैयाँमा किनबेच भयो । सर्बसाधारण लगानीकर्ताको नजरमा माछापुच्छ्रे बैंक भन्दा सानिमा बैंक राम्रो छ । तर एक जना प्रमोटरले सानिमा बैंक त्यागेर माछापुच्छ्रे बैंक रोजेका छन् । उनले सानिमा बैंकको २७ लाख १८ हजार ८३५ कित्ता सेयर लिलामीमा राखेका छन् । उक्त सेयर प्रतिकित्ता १८० रुपैयाँ मूल्य राखेर बढाबढ मूल्यमा बिक्री गर्न लागिएको छ । उक्त सेयर बिक्रीबाट महत्तोले कम्तिमा ४८ करोड ९३ लाख ९० हजार ३०० रुपैयाँ कमाउने छन् । बढाबढ मूल्यमा बिक्री गर्न लागिएकोले ५० करोडभन्दा बढी पाउने सम्भावना छ । सेयर बिक्रीबाट आउने रकम कहाँ लगानी गर्ने भन्ने योजना नबनेको डा विरेन्द्र महत्तोले बताए । ‘ठूलो रकम होइन । कहाँ लगानी गर्ने भनेर योजना बनाएको पनि छैन’ विकासन्युजसँग कुरा गर्दै उनले भने–‘बैंकको ऋण पनि छ । तिरोतारो मै सकिन्छ होला ।’ बाध्यताको आधारमा नभई नैतिकताको आधारमा सानिमा विकास बैंकको सेयर बेच्न लागेको उनले प्रष्ट पारे । ‘म माछापुच्छ्रे बैंकमा अध्यक्ष छु । बेलाबेलामा नैतिक प्रश्न उठ्यो । त्यसैले नैतिकताको आधारमा सानिमा बैंकको सेयर बेच्न लागेको हुँ । अरु कुनै बाध्यता थिएन’–उनले भने । सानिमा त्यागेर माछापुच्छ्रे बैंक रोज्नुको कारण को हो ? विकासन्युजको प्रश्नमा उनले भने–‘सानिमा बैंकमा प्रमोटर सेयरधनी मात्र हुँ । माछापुच्छ्रे बैंकमा अध्यक्ष छु । अध्यक्ष रहेको संस्थाप्रति बढी जिम्मेवारी भएकोले माछापुच्छ्रे रोजेको हुँ । यस बैंकलाई राम्राे बनाउन केन्द्रीत हुन्छु । ’
ललितपुरको कुमारीपाटीमा गरिमा विकास बैंकको नयाँ शाखा
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले विहीबार कुमारीपाटी ललितपुर शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले गरेका हुन् । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७२ शाखा र १७ वटा एटीएम संचालनमा छन । विकास बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको मिलनचोक, दाङ्गको तुल्सीपुर र कास्कीको हेम्जामा समेत शाखा कार्यालय जनाएको छ ।