सनराइज बैंक लिमिटेड र शिखर इन्स्योरेन्सबीच बैंकास्योरेन्स संझौता
काठमाडौं । सनराइज बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा सनराइज बैंकका प्रमुखकार्यकारी अधिकृत रत्नराज बज्राचार्य र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले बैंकास्योरेन्स सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । ग्र्राहकहरुले सनराइज बैंकका देशभरिका शाखाबाट शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा निर्जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने छन् । यो सम्झौताले निर्जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुनेमा बैंकले विश्वास लिएको छ ।
विरानगरको तीनपैनीमा प्रभु बैंकको शाखा सञ्चालन
काठमाडौँ । प्रभु बैंक लिमिटेडले मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका वडा नं. २ स्थित तिनपैनीमा मंगलबादेखि तीनपैनी शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ । बैंकको तिनपैनी शाखा कार्यालयको नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका मुख्य व्यवस्थापक विनोदराज आचार्यले एक समारोहका बीच उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका प्रमुख आचार्यले मन्तव्य व्यक्त गर्दै प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगर पालिकाहरुमा बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवम् गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेको प्रंशसनीय कार्य भएको बताए ।
ज्योति र एभरेष्टबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौँ । ज्योति विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सम्झौता भएको छ । सो सम्झौता पत्रमा मंगलबार ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन् । सम्झौताबाट ज्योति विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जिवन बीमालेखहरु उपलब्ध हुनेछन् साथै बिमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।