नेपाल बैंकको साधारण सभा सम्पन्न, ‘प्रकृया पुगेपछि शेयरधनीलाई प्रतिफल’

काठमाडौँ । नेपाल बैङ्क लिमिटेडको ५९ औं साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले नेपाल बैक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले प्रस्तुत गरेको गत वर्षको कारोवार समीक्षा, राष्ट्रिय तथा अन्तराष्ट्रिय आर्थिक परिवेश, बैंकले हासिल गरेका उपलव्धि र भावी योजना सम्बन्धी प्रस्ताव पारित गरेको छ । , लेखापरीक्षकको प्रतिवेदन सहितको ०७५ असार मसान्तको वासलात, आव ०७४/०७५को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण आव ०७५/०७६का लागि लेखा परीक्षकको नियुक्ति सहितको प्रतिवेदनलाई सर्वसम्मत्तिले पारित गरेको बैंकद्वारा सोमबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ । उक्त साधारण सभामा प्रा.डा.मनोहरकृष्ण श्रेष्ठ, हरि ढकाल, रोजकुमार श्रेष्ठ, जयन्द्रमानसिंह वानिया, शिवप्रसाद पौडेल, गुणराज भट्ट, भक्तिप्रसाद उप्रेती ,चन्द्रनारायण श्रेष्ठ, डम्वरवल्लभ जोशी, अमृतनाथ रेग्मी, उद्धवप्रसाद घिमिरे लगायतका शेयरधनीहरुले डिभिडेण्ड लगायत विभिन्न विषयमा जिज्ञाशा तथा सुझाव दिएका थिए । बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारीले शेयरधनीको पूँजी १० अर्बबाट ३० अर्बमा अभिवृद्धि भएको र कानुनी प्रकृया पुगेपछि शेयरधनीलाई प्रतिफल हस्तान्तरण हुने वताउँदै सभामा आएका सुझाव तथा मार्गनिर्देशनलाई बैंकले गंभीरतापूर्वक आत्मसात गर्ने वताए । सशस्त्र प्रहरी वलको हलचोक स्थित सभाकक्षमा बैंकका शेयरधनीहरु र नियामक निकायका प्रतिनिधिहरुको सहभागितामा नेपाल बैक लिमिटेडका कम्पनी सचिव केशवप्रसाद भण्डारीको सहजिकरणमा साधारण सभा सम्पन्न भएको हो । उक्त साधारण सभामा बैंक संचालक समितिका सदस्यहरु हरिशरण पुडासैनी, दीपेन्द्रविक्रम थापा, डा.उमाकान्त सिलवाल, भरतराज वस्ती, गंगाप्रसाद ज्ञवाली, नायव प्रमुख कार्यकारी अधिकृत दुर्गाराज रेग्मी, सहायक प्रमुख कार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, प्रादेशिक कार्यालय प्रमुखहरु लगायतका वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो ।

कामना सेवाका अध्यक्ष र सञ्चालकद्वारा सीईओको प्रशंसा, ‘खाता प्राइमरी बन्याे, अब बैंक नम्बरवान बन्छ’

काठमाडौं । कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्य तथा सञ्चालक चतुराखर अधिकारीले प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको प्रशंसा गरेका छन् । कामना सेवा विकास बैंकको मोवाईल बैंकिङ (एमबैंकिङ रिलोडेड ५) सेवाको शुभारम्भ कार्यक्रममा उनीहरुले बैंकले क्षमतावान सीईओ पाएको भन्दै उनको नेतृत्वमा बैंक नम्बरवान बैंकको रुपमा स्थापित हुनसक्ने विश्वास व्यक्त गरेका हुन् । सञ्चालक अधिकारीले ज्ञान नभई मुक्ति नपाइने भन्दै आफूहरुले क्षमतावान् सीईओ पाएको र सञ्चालक समिति उनीसँग खुसी रहेको बताए । सञ्चालक अधिकारीले भने- ‘उहाँकै नेतृत्वमा बैंकहले आफ्नो काममा नयाँपन ल्याउनेछ, उत्कृष्ठ बैंक बन्नेछ ।’ त्यस्तै, अध्यक्ष आचार्यले बैंकको उद्देश्य भनेकै विकास बैंकहरुमध्ये उत्कृष्ठ बन्ने रहेको भन्दै त्यसका लागि क्षमतावान सीईओ र उर्जाशील कर्मचारी बैंकले पाएको बताए । ‘हाम्रो लक्ष्य भनेको विकास बैंकहरुमा नम्बरवान बन्ने नै हो, त्यसका लागि हामीले क्षमतावान सीईओ पाएका छौं, तपाईँहरु (कर्मचारीहरु) पनि इनर्जेटिक हुनुहुन्छ, अब हामीले त्यतातिर ध्यान दिनुपर्छ ।’- अध्यक्ष आचार्यले भने । आचार्यले बैंकले पछिल्लो समयमा ल्याएको सुविधाहरुबाट बैंकको कमजोरीको खाडल पुरिएको भन्दै बैंकको ध्यान इनोभेसनतर्फ लाग्नुपर्ने समेत बताए । ‘म सुरुमा कास्की फाइनान्सको डाइरेक्टर थिएँ, त्यसपछि कामना सेवा विकास बैंकको डाइरेक्टर बनेँ, सेवा विकास बैंकसँग मर्ज भएपछि बनेको कामना सेवा विकास बैंकमा पनि डाइरेक्टर हुँदै अध्यक्षसम्म भएँ, तर आफैँ अध्यक्ष भएको बैंकको खातालाई मैले कहिलै प्राइमरी एकाउन्टको रुपमा प्रयोग गर्न पाइँन, अब भने बैंक फुलफेजको सुविधायुक्त बन्यो, मेरो नेतृत्वको बैंकलाई मैले पहिलोपटक प्राइमरी बैंकको रुपमा प्रयोग गर्न पाएँ । पहिले भारत जाँदा अर्कै बैंकको डेबिट कार्ड बोकेर जानुपथ्र्यो, केही महिनाअघि  नेपाल र भारतमा समेत प्रयोग गर्न सकिने भिजा डेबिट कार्ड लञ्च भयो । अहिले मोबाइल बैंकिङको रिलोडेड भर्सन आएको छ । योसँगै बैंक पूर्ण क्षमताको बैंक बन्यो’ उनले भने- ‘तर अब हामी नम्बरवान बन्नुछ, त्यसका लागि नयाँ काम गर्नुपर्ने चुनौती थपिएको छ ।’ टेक्नोलोजीको क्षेत्रमा बैंकले नयाँ आविष्कार गर्नुपर्ने बताउँदै उनले भने- ‘हामीले अहिले लञ्च गरेको सेवा एफवान सफ्टको हो, यही कम्पनीले सबै बैंकहरुलाई उस्तै प्रकारको सेवा दिइरहेको छ, यसले हाम्रो अरुको दाँजोमा त पुग्न सक्छौं, तर त्यसभन्दा अघि बढ्न टेक्नोलोजीमा नयाँ इनोभेसन चाहिन्छ, ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर त्यसतर्फ अघि बढ्नुपर्ने आवश्यकता छ ।’ कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले कामना सेवा विकास बैंकले आधुनिक बैंकिङ सेवा थप्ने क्रममा मोबाइल बैंकिङको रिलोडेड भर्सन ल्याएको जानकारी दिए । उनले बैंकले ल्याएको यो सेवा सुरक्षित र विश्वसनीय रहेको भन्दै यस्ता सेवाहरु एक वर्षसम्मका लागि निःशुल्क प्रदान गरिने समेत बताए । ‘यस्तै मोर्डन प्रोडक्टहरु ल्याउँदै जान्छौं, कस्टमरलाई सर्भिस दिँदै जान्छौं ।’ उनले भने । प्रमुख कार्यकारी अधिकृत बस्नेतले सुरुवात आफैंबाट गर्नुपर्छ भनेझै आफूहरुले आफ्नै क्यान्टिनमा समेत पेमेन्ट गर्न मोबाइल बैंकिङको सेवा सुरु गरेको भन्दै यसले भुक्तानी प्रणालीमा सरलता ल्याउने तथा खुद्रा पैसा मिलाउने झन्झट नहुने समेत बताए । कामना सेवा विकास बैंकले ल्याएको नयाँ मोवाइल बैंकिङको रिलोडेड भर्सनमा फिङ्गरप्रिन्टबाट इबैंकिङ सेवाको लगइन गर्न सकिने तथा क्युआर कोडमार्फत् भुक्तानी गर्न सकिने फिचर छ । मोबाइल, इन्टरनेट, टेलिफोन, बिजुली, खानेपानी लगायतका बिलहरुलाई भुक्तानी बैंकको खाताबाटै गर्न सक्ने व्यवस्था गरिएको उक्त सेवा न्यूनतम कारोबार सीमासम्म नि:शुल्क गरिएको कार्यक्रममा जानकारी दिइयो । सो सेवा प्रयोग गर्दा ग्राहकले भुक्तानीअनुसार विभिन्न छुटहरु पनि पाउने बताइएको छ ।

एनआईसी एशियाको शाखा बिस्तार, गोंगबुमा खोल्यो नयाँ शाखा

काठमाडौँ । एनआईसी एशिया बैंकले काठमाडौं उपत्यका भित्र नयाँ शाखा कार्यालयको आइतबार औपचारिक उद्घाटन गरेको छ । काठमाडौं महानगरपालिका वडा नं २६, गोंगबु स्थित गोंगबु शाखाको सोही वडाका वडा अध्यक्षश्री ख्यामराज तिवारीबाट उद्घाटन गरियो । मुलुकभर २८२ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।