धनुषामा एनआईसी एशियाको नयाँ शाखा बिस्तार
काठमाडौँ । एनआईसी एशिया बैंकले जनकपुर उपमहानगरपालिकामा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नं. ८, पिडारी चोकस्थित पिडारी चोक शाखाको प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतज्यूबाट आइतबार एक समारोहका बीच उद्घाटन गरे । मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
धनुषाको महेन्द्रनगरमा कृषि विकास बैंकको शाखा बिस्तार
काठमाडौँ । धनुषा जिल्ला शिरेश्वर नगरपालिकाको सखुवा महेन्द्रनगरमा कृषि विकास बैंक लि.को शाखा कार्यालय बिस्तार भएको छ । जेठ ३ गतेका दिन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एक समारोहका बीच शाखा उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमका विशिष्ठ कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कृषि विकास बैंक लि.ले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको एटिएम कार्ड, भिसा कार्ड, आईपिएस, मोवाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, आस्वा सुविधा, डिम्याट सुविधाको बारेमा जानकारी गराए । उदघाटन कार्यक्रमका अध्यक्ष तथा कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय जनकपुरका निर्देशक हरिश्चन्द्र यादवले बैंकले अबका दिनमा महेन्द्रनगर वासीलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा, प्रकाश पारे । कार्यक्रममा कृषि विकास बैंक लि.का कामु विभागीय प्रमुख बासु अधिकारी, क्षेत्रीय कार्यालय जनकपुरका कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।
मेगा बैंकमा कर्मचारी बचत खाता खाेलेकाले दिवंगत सेनाका परिवारले पाए रू ५ लाख
काठमाडौँ । ताप्लेजुङमा हवाई दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बीमा बापत पाँच लाख रुपैँया प्रदान गरेको छ । मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले नेपाली सेनाका लेफ्टीनेन्ट कर्णेल प्रकाश थापाको उपस्थितिमा स्वर्गीय घिमिरेकी पत्नी शिलु विष्टलाई पाँच लाख रुपैँयाको चेक हस्तारन्तरण गरिन् । मेगा बैंकमा ‘मेगा कर्मचारी बचत खाता’ खोलेका दिंवगत जमदार घिमिरेलाई मेगा बैंकले सोही खाताको बीमा बापत पाँच लाख रुपैँया हस्तारन्तरण गरेको हो । तत्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीका अंगरक्षक रहेका जमदार घिमिरेको गत फागुन २२ गते ताप्लेजुङको फुङलिङ – १०, तारेभीरमा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । मेगा बैंकबाट रकम बुझेपछि स्वर्गीय घिमिरेकी पत्नी शिलुले ग्राहक वर्गको सुरक्षाका साथै अभिभावकत्व ग्रहण गरिदिएको भन्दै मेगा बैंकलाई धन्यवाद दिइन्। न्यूनतम एक सय रुपैँया मौज्दातमा खोल्न सकिने ‘मेगा कर्मचारी बचत खाता’मा बैंकले हरेक खातावालाको ५ लाख रुपैँयाको दुर्घटना बिमा गरिदिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन् । सिइओ खुञ्जेलीका अनुसार, ग्राहक र उनीहरुका परिवारलाई भरपरी आउने यस्ता घटनामा सुरक्षा मिलोस् भनेर बैंकले अहिले ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ योजना ल्याएको छ । जसमा एक लाख रुपैँयाको मेडिकल इन्स्योरेन्स र ७ लाख रुपैँयाको दुर्घटना बीमा गरिएको उनले जानकारी गराइन् ।