कञ्चनपुरको पुनर्वासमा प्रभु बैंकले खोल्यो नयाँ शाखा
काठमाडौँ । प्रभु बैंक लिमिटेडले कञ्चनपुर जिल्लाको पुनर्वास नपा वडा नं. ३ मा शाखा कार्यालय बिस्तार गरेको छ । उक्त शाखाको बुधबार पुनर्वास नपाका नगर प्रमुख जीवनराज थापाले उद्घाटन गरे । शाखा कार्यालय उद्घाटन कार्यक्रममा कञ्चनपुर जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ कञ्चनपुरका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
पोखरामा ज्योति विकासको २ शाखा बिस्तार, ७ स्थानमा नयाँ एटीएम सेवा
काठमाडौँ । ज्योति विकास बैंक लि.ले कास्की जिल्लाको तालचोक र लेकसाईडमा नयाँ शाखा संचालनमा ल्याएको छ । पोखरा महानगरपालिका वडा नं २७ मा रहेको तालचोक शाखा र वडा नं ६ मा रहेको लेकसाईड शाखाको नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोख्रेल तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले एक कार्यक्रमकाबीच बुधबार संयुक्त रुपमा उद्घाटन गरे । त्यसैगरी बंैकले बुधबार नै कास्कीको तालचोक र लेकसाईड, कञ्चनपुरको महेन्द्रनगर, सुनसरीको धरान, ललितपुरको चापागाँउ र काठमाडौंको गोगंबु र महाराजगञ्ज गरी ७ स्थानमा समेत नयाँ एटिएम सञ्चालनमा ल्याएको जनाएको छ ।
सरकारले लियो ‘बिग मर्जर’को बाटो, ठूला बैंक र बीमा कम्पनीलाई मर्जरमा लगिने
काठमाडौं । सरकारले ठूला बैंक तथा वित्तीय संस्था र बीमा एक आपसमा मर्जरमा जाने नीति लिएको छ । आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमा अर्थमन्त्री युवराज खतिवडाले त्यस्तो नीति लिएका हुन् । ‘बैंक तथा वित्तीय संस्थाहरुको मर्जर प्रक्रियालाई निरन्तरता दिइनेछ, ठूला बैंक तथा वित्तीय संस्थाहरु समेत एक आपसमा मर्जमा जान प्रोत्साहन गरिनेछ, यस्तो व्यवस्था बीमा कम्पनीका हकमा समेत लागु हुनेछ’ बजेट बक्तव्यमार्फत् खतिवडाले भने ।