सांग्रिलाको सन्ध्याकालीन तथा होलिडे काउण्टर थप, कहाँ कहाँ ?
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न शाखा कार्यालयहरुबाट सन्ध्याकालीन काउण्टर तथा होलिडे काउण्टर सञ्चालन गर्दै आएकोमा देशभरका विभिन्न शाखा कार्यालयहरुमा काउण्टर थप गरेको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले थप १३ वटा शाखा कार्यलयबाट सन्ध्याकालीन काउण्टर तथा होलीडे काउण्टरहरु सञ्चालनमा ल्याएको हो । थप गरिएका सन्ध्याकालीन तथा होलीडे काउण्टरहरु मध्ये काठमाण्डौ उपत्यका भित्र ४ ओटा रहेका छन् । थप गरिएका सन्ध्याकालीन तथा होलीडे काउन्टर सहित देशभरमा जम्मा १७ वटा शाखाहरुबाट सन्ध्यकालीन काउण्टर तथा जम्मा २१ ओटा शाखाहरुबाट होलिडे काउण्टर सञ्चालन गरी बैंकिङ सेवा प्रदान गरिएको जनाएको छ । व्यहोरा सहर्ष जानकारी गराउँदछौं । सार्वजनिक बिदाको समयमा पनि बैंकिङ सेवा प्रदान गर्न शुरु गरिएको बैंकको होलिडे काउण्टर सेवा अन्तर्गत काठमाडौँ तथा पोखरा उपत्यका एवम् बाँके र कैलाली क्षेत्रमा विभिन्न शाखाहरुबाट बिहान १० बजेदेखि ३ बजेसम्म बैंकिङ सेवा खुल्ला रहेको जनाएको छ ।
राष्ट्र बैंकले सिकायो नक्कली/सक्कली नोट चिन्ने उपाय
काठमाडौं । बजारमा नक्कली नोट छ्यापछ्याप्ती बढ्न थालेपछि राष्ट्र बैंकले सर्वसाधारणलाई नोट पहिचान गर्ने उपाय सिकाएको हो । बैंकले सोमबार एक सय, पाँच सय र एक हजारदरका सक्कली नोटहरूमा कहाँ कस्ता विशेषता हुन्छन् र नोटलाई कसरी सक्कली र नक्कली छुट्याउन सकिन्छ भनी सुझाएको छ । सक्कली नोटमा विशेष सुरक्षा अपनाइएको हुनाले यस्ता नोट सहजै छुट्याउन सकिने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए । ‘आम सर्वसाधारणले सक्कली नोट सहजै पहिचान गर्न सकुन् भनेर सक्कली नोटका विशेषताहरूका वारेमा जानकारी गराइएको हो,’ उनले भने ‘एक हजारदरका नोट दृष्टिविहिनले पनि सहजै छामेर पहिचान गर्न सक्छन् ।’
बल्खु र लमहीमा प्रभु बैंकले खोल्यो नयाँ शाखा
काठमाडौँ । प्रभु बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं. १४ बल्खुस्थित बल्खु शाखा र दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ०५ मा लमही शाखा उद्घाटन गरेको छ । सोमबार एकै साथ २ वटा नयाँ शाखा कार्यालयलहरु सञ्चालनमा ल्याएको हो । काठमाण्डौ बल्खुस्थित बल्खु शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले एक समारोहकाबीच उद्घाटन गरेका हुन् । त्यसैगरी, दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ०५ स्थित लमही शाखाको लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले उद्घाटन गरेका हुन् ।