असार ६ देखि १२ गतेसम्म देवः विकास बैंकको बुक क्लोज हुने

काठमाडौँ । असार ६ गतेदेखि १२ गतेसम्म देवः विकास बैंक लिमिटेडको शेयरधनी दर्ता किताबमा दाखिला खारेज बन्द(बुक क्लोज) हुने भएको छ । जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले बाह्रौँ साधारण सभा गर्ने तथा बोनश शेयर वितरण प्रयोजनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमा असार ५ गतेसम्म शेयर कारोबार भई प्रचलित नियमानुसारको समयावधि भित्र बैंकको शेयर रजिष्ट्रार एनआईबीएल एस क्पापिटल लिमा शेयर धनी किताब दाखिल खारेज नामसारी भएका शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउने र बोनश शेयर प्राप्त गर्न योग्य हुने कम्पनी सचिव सागर ताम्राकारले जनाएका छन् ।

विराटनगर र धरानमा एनआईसी एशियाको नयाँ शाखा बिस्तार

काठमाडौँ । एनआईसी एशिया बैंकले विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा दुई नयाँ शाखा कार्यालय सोमबार उद्घाटन गरेको छ । मोरङ जिल्ला, विराटनगर महानगरपालिका वडा नं. १५, रानी मिल्स एरियास्थित रानी मिल्स एरिया शाखाको बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले एक समारोहका बीच उद्घाटन गरे । यसैगरी, सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा नं. १८ बुद्ध चोकस्थित बुद्ध चोक शाखाको बैंकका सञ्चालक विनोदकुमार प्याकुरेलले उद्घाटन गरेका हुन् ।

कञ्चनपुरको झलारीमा प्रभु बैंकको शाखा बिस्तार

काठमाडौँ । प्रभु बैंक लि. ले कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा नं. १०, झलारीमा सोमदेखि शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।बैंकको झलारी शाखा कार्यालयको शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरले एक समारोहका बीच उद्घाटन गरेका हुन् । शाखा कार्यालय उद्घाटन कार्यक्रममा कञ्चनपुर जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ कञ्चनपुरका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।