बैंकमा सुन राख्दा ब्याज पाइने, ब्याजदर र प्रक्रियाबारे माेडालिटी बन्दै

<p>काठमाडौं । अब बैंकमा सुनचाँदीलगायतका बहुमूल्य धातु निक्षेपको रुपमा राखेमा ब्याज पाइने भएको छ । बजारमा लगानी योग्य पुँजी अभाव भएका बेला सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले यस्ता बहुमूल्य धातुलाई निक्षेपको रुपमा जम्मा गर्ने व्यवस्था गर्न लागेको हो । मौद्रिक उपकरणका रुपमा प्रयोग गरिने यस्ता डेरिभेटिभ वस्तुको उपयोग गर्न लागिएको हो । बैंक तथा [&hellip;]</p>

काठमाडौं । अब बैंकमा सुनचाँदीलगायतका बहुमूल्य धातु निक्षेपको रुपमा राखेमा ब्याज पाइने भएको छ । बजारमा लगानी योग्य पुँजी अभाव भएका बेला सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले यस्ता बहुमूल्य धातुलाई निक्षेपको रुपमा जम्मा गर्ने व्यवस्था गर्न लागेको हो । मौद्रिक उपकरणका रुपमा प्रयोग गरिने यस्ता डेरिभेटिभ वस्तुको उपयोग गर्न लागिएको हो ।

बैंक तथा वित्तीय संस्थाले यस्ता बहुमूल्य धातु निक्षेपको रुपमा स्वीकार गर्दा ‘हेयर कट’ (मूल्य समायोजन) गरी कमोडिटी डेरिभेटिभलाई निक्षेप डेरिभेटिभमा गर्ने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।

‘यस विषयमा मोडालिटी बन्दैछ, उनले भने ‘सुनचाँदीजस्ता बहुमूल्य धातुलाई मौद्रिक उपकरणका रुपमा प्रयोग गर्ने सरकारी तयारी हो । यस्ता धातु कमोडिटी वस्तु भएपनि यसको खासै उपयोग हुन नसक्दा बैंंकमा शुल्क तिरेर सुरक्षित गर्नु पर्ने अवस्था थियो । अबको यो नयाँ व्यवस्थाले शुल्क तिर्नुको सट्टा ब्याज आउने भएको छ ।

Share News