प्रभु बैंकले टीकापुरमा शुरु गर्यो कारोबार, शाखा संख्या १८४ पुर्यायो
काठमाडौँ । प्रभु बैंक लिमिटेडले शुक्रबार कैलाली जिल्ला टीकापुर नपा वडा नं.१ मा टीकापुर शाखा कार्यालय बिस्तार गरी कारोबार शुरु गरेको छ । उक्त शाखाको टीकापुर नपाका नगर प्रमुख टपेन्द्रबहादुर रावलले उद्घाटन गरे । शाखा कार्यालय उद्घाटन कार्यक्रममा कैलाली जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ कैलालीका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायतको रहेको थियो । टीकापुर शाखा समेत गरी बैंकले हालसम्म १८४ वटा शाखा, १४६ वटा एटीएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको जनाएको छ ।
सुनसरी र झापामा माछापुछ्रेको ४ नयाँ शाखा
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले प्रदेश नंं १ को सुनसरी र झापा जिल्लामा थप ४ शाखा कार्यालय शुरु गरेको छ । जेठ २८ गतेसुनसरी जिल्लाको इनरुवा नगरपालीकास्थित इनरुवा र सोही जिल्ला कै बराहाक्षेत्र नगरपालिकास्थित चक्रघट्टीमा शाखा बिस्तार भएको हो । त्यसैगरी जेठ २० गते झापा जिल्लाको भद्रपुर नगरपालिका १०, स्थितचन्द्रगढी (चाराली रोड) र मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा शाखा कार्यालयबाट सेवा शुरु गरिएको हो । सुनसरी जिल्लाको इनरुवास्थित शाखा कार्यालयको इनरुवा नगरपालिकाका मेयर राजन मेहता तथा चक्रघट्टी शाखा कार्यालयको बराहाक्षेत्र नगरपालिकाका मेयर निलम खनालले उद्घाटन गरेका हुन् । त्यसैगरी झापा जिल्लाको चन्द्रगढी शाखा कार्यालयको भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठ तथा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले संयुक्तरुपमा उद्घाटन गरे । काँकरभिट्टा शाखा कार्यालयको मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्यले उद्घाटन गरेको जनाइएको छ ।
झापामा एकै दिन कामना सेवाका दुई शाखाबाट कारोबार शुरु
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश नं. १ को झापा जिल्लाको कमल गाउँपालिका ५, पाडाजुङ्गी र बुद्धशान्ति गाउँपालिका १, बुधवारेमा विहीबार ८८औं र ८९औ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ । बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुरु गरिएको हो । सोही क्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी शाखा समेत गरी प्रदेश नं. १ मा ९ शाखा पुगेको र थप शाखाहरुपनि शीघ्र सञ्चालनमा आउने बताए ।